
कोहलपुर, २६ पौष – बाँकेको कोहलपुर १४ हवल्दारपुरमा खुल्ला भलिबल प्रतियोगितामा पहिलो चरणको खेलमा चार टिमले विजय सुरुवात गरेका छन् ।
आईतबार भएको भलिबल प्रतियोगिताको दोस्रो दिनमा आठ वटा टिम विच प्रतिस्प्र्धा भएको थियो । आइतबार भएको प्रतियोगितामा अखिल ट्रेड यूनियन महासंघ नेपाल (ए), च्याम्पियन स्पोर्ट क्लब, ट्रेड यूनियन महासंघ र महेन्द्र बहुमुखी क्याम्पस गरी चार वटा टिमले पहिलो चरणको खेलमा विजयको सुरुवात गरेका छन् ।
खेलमा अखिल ट्रेड यूनियन महासंघ नेपाल (ए) भर्सेस सुर्खेत चोल्पा, ढकेरी यूवा क्लब भर्सेस च्याम्पियन स्पोर्ट क्लब, ट्रेड यूनियन महासंघ भर्सेस च्यम्पियन स्पोर्ट क्लब(बि) र महेन्द्र बहुमुखी क्याम्पस भर्सेस बर्दिया युथ क्लब विच प्रतिस्पर्धा भएको थियो ।
दोस्रो दिनको पहिलो खेलमा अखिल ट्रेड यूनियन महासंघ नेपाल (ए)ले वेस्ट अफ थ्रि खेल्दै खेलको विजय सुरुवात गरेको थियो । अखिल ट्रेड यूनियन महासंघ नेपाल (ए) र सुर्खेत चोल्पा विच प्रतिस्पर्धा भएको थियो । सो खेलमा अखिल ट्रेड यूनियन महासंघ नेपाल (ए)ले सुर्खेत चोल्पालाई (२६–२८, २५–१७, २५–२१) मा पराजित गर्दै विजय सुरुवात गरेको आयोजकले जनाएको छ ।
दोस्रो खेलमा च्याम्पियन स्पोर्ट क्लब र ढकेरी यूवा क्लब विच प्रतिस्पर्धा भएको थियो । जसमा च्याम्पियन स्पोर्ट क्लबले ढकेरी यूवा क्लबलाई (२१–२५, २०–२५) मा पराजित गर्दै विजय सुरुवात गरेको छ । तेस्रो खेलमा ट्रेड यूनियन महासंघ र च्यम्पियन स्पोर्ट क्लब(बि) विच प्रतिस्पर्धा भएको थियो ।

ट्रेड यूनियन महासंघले च्यम्पियन स्पोर्ट क्लब(बि)लाई (२५–२२, २५–१०) मा पराजित गर्दै विजयको सुरुवात गरेको छ । चौथो खेलमा महेन्द्र बहुमुखी क्याम्पस र बर्दिया युथ क्लब विच प्रतिस्पर्धा भएको थियो । जसमा महेन्द्र बहुमुखी क्याम्पसले बर्दिया युथ क्लबलाई (२५–१४,२५–१५) मा पराजित गर्दै विजय सुरुवात गरेको छ ।
शनिबार भलिबल प्रतियोगिताको पहिलो दिनमा दुई वटा टिम विजय सुरुवात गरेको थियो । सो खेलमा त्रिभुवन माध्यामिक विद्यालय हाइस्कुल र ब्राइटलाइट एकेडेमी कौशिलानगर टिमले समेत विजय सुरुवात गरेका थिए । प्रतियोगितामा प्रथम हुनेलाई नगद ५० हजार र द्धितीय हुनेलाई २५ हजार पुरस्कार सहित प्रमाण पत्र र ट्रफि सहित पुरस्कारको व्यवस्था गरिएको च्याम्पियन स्पोर्ट क्लबका अध्यक्ष निर्मल विष्टले जानकारी दिए ।
प्रतियोगिताको लागि कोहलपुर नगरपालिका ९ र १४ को वडा कार्यालयहरुले संयूक्त रुपमा सहयोग गरेका छन् भने प्राविधिक सहयोग भने जि–फोटिन युथ एण्ड स्पोर्ट क्लबले गरेको हो ।

