Monday, May 4सत्यम खबर
Shadow

सातौं डाँफे कपको बिजेता जय किशन

खजुरा, २६ पौष – बाँके जिल्लाको खजुरा ४ मा न्यु डाँफे स्पोर्ट्स क्लब द्वारा आयोजना गरिएको “सातौं डाँफे कप” शनिबार सम्पन्न भएको छ ।
उक्त कपका लागी बाँके जिल्ला भित्रका कुल १४ समूहले सहभागिता जनाएका थिए जसमध्ये फाईनलमा जय किसन युवा क्लब सैनिक र चन्द्रज्योती स्पोर्ट्स क्लब एल. गाउँ बिच भएको अन्तिम प्रतिस्पर्धामा जय किशन युवा क्लब का दिपक राज सिंहले खेल शुरु भएको ५ मिनेटमा १ गोल ११ मिनेटमा दोस्रो गोल १९ मिनेटमा तेस्रो गोल ३८ मिनेटमा चौथो गोल गरि आफ्नो टिमलाई अग्रता दिलाएका थिए भने सोहि क्लबका अर्का खेलाडी निरज चौधरी ले २७ मिनेटमा १ गोल ३७ मिनेटमा दोस्रो गोल प्रहार गरेर कुल ६–० ले चन्द्रज्योती स्पोर्ट्स क्लब लाई पछि पार्दै जय किशन युवा क्लब सैनिकले प्रथम स्थान हासिल गरेर शिल्ड मेडल प्रमाणपत्र सहित नगत ७० हजार सहित सातौं डाँफे कप को बिजेता बनेको छ । भने चन्द्रज्योती स्पोर्ट्स क्लबले प्रमाणपत्र मेडल सहित ४० हजार नगत सहित उपबिजेता बनेको न्यु डाँफे स्पोर्ट्स क्लब का वरिष्ठ उपाध्यक्ष टोपेन्द्र खत्री ले जानकारी दिनुभयो ।


उक्त सातौं डाँफे कपको उत्कृष्ट गोल रक्षकको उपाधी रेसिंग साहारा क्लब का गोल रक्षक मुकेश घर्ती मगर ले मेडल प्रमाणपत्र सहित नगत रु १ हजार प्राप्त गरेका छन् त्यसैगरी उत्कृष्ट खेलाडीको उपाधी न्यु डाँफे स्पोर्ट्स क्लबका खेलाडी सन्देश योगीले मेडल प्रमाणपत्र सहित नगत रु १ हजार प्राप्त गर्न सफल भए त्यसैगरी सर्बाधिक गोल कर्ताको उपाधी बिजेता जय किशन युवा क्लब सैनिकका खेलाडी दिप्क राज सिंहले कुल ६ गोल गरि सर्बाधिक गोलकर्ताको उपाधी स्वरुप मेडल प्रमाणपत्र नगत रु १ हजार प्राप्त गरेका हुन ।
सातौं डाँफे कप को समापन कार्यक्रममा प्रमुख अतिथि खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपती बिशिस्ट अतिथी खजुरा गाउँपालिका उप प्रमुख एकमाया बि क, बिशिस्ट अतिथी मध्य पश्चिमान्चल बिकाश खेलकुद समितिका नि.बर्तमान अध्यक्ष भिम ओलि अतिथी रेडक्रश उपशाखा वागेश्वरी का सभापति जिबनाथ सापकोटा खजुरा गाउँपालिका ६ का अध्यक्ष सबिर जोलाह लगाएत फुटबल सफल पार्न सहयोग गर्ने सहयोगि दाताहरु संचारकर्मी सुरक्षाकर्मी खेलाडी दर्शन लगाएत करिब फाईलन खेलका सयौंको संख्यामा स्थानीय दर्शकहरुको उपस्थिति रहेकोे आयोजक क्लबका सचीव मदन रत्न के सि ले बताउनुभयो ।
प्रमुख अतिथी किस्मतकुमार कक्षपतिले स्थानीय स्तरमा खेलाडी उत्पादन तथा प्रोत्साहन गर्ने उद्देश्यका साथ स्थानीय युवाहरूलाई खेलकुद क्षेत्रमा रुची भएका युवा भरपुर फाईदा लिउन भन्ने ध्ययका साथ खेल आयोजना गरेको क्लब र त्यसका पदाधिकारी लगायत सम्पुर्णलाई धन्यवाद ज्ञापन गर्दै यस्ताखाले कार्यक्रमलाई आगामी दिनहरुमा निरन्तरता दिने प्रतिबद्धता समेत जाहेर गर्नुभएको थियो । खजुरा गाउँपालिका ४ का वडा अध्यक्ष एवं न्यु डाँफे स्पोर्ट्स क्लबका अध्यक्ष तिलकबिर सुनारले कार्यक्रम समापन गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *