लोकतान्त्रिक खेलकुद संघको पुनर्गठन
पोखरा, २२ माघ - काँग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद संघलाई पुनर्गठन गरिएको छ । बुधबार गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजित संघको केन्द्रीय बैठक र घोषणासभा कार्यक्रमबाट संघलाई पुनर्गठन गरिएको हो ।
पुनर्गठित कार्यसमितिमा अध्यक्षमा पुरानै अध्यक्ष देवेन्द्र शेरचन कायम रहेका छन् भने उपाध्यक्षमा यस अघिका केन्द्रीय सदस्य बृजेन्द्रबहादुर हमाल चयन भएका छन् ।
त्यसैगरि यस अघिका सचिव सुवोध प्रधानलाई महासचिव बनाईएको छ भने सचिवमा बीरबहादुर खड्का, बखतबहादुर शाही र मनिष जोसी चयन भएका छन् । कोषाध्यक्षमा दशरथ रिसाललाई चयन गरिएको छ ।
त्यसैगरि संघको ७ वटै प्रदेशका लागि प्रदेश संयोजक समेत तोकिएका छन् । जस अनुसार प्रदेश १ संयोजकमा बसन्तराज अर्याल, प्रदेश २ मा बैजनाथ यादव, बाग्मती प्रदेशमा दिपक गुरुङ, गण्डकी प्रदेशमा हरिश्वर पोखरेल, लुम्बिनी प्रदेशमा नरेन्द्र थापा, कर्णाली प्रदेशमा हरिबहादुर विष्ट...