Sunday, November 24सत्यम खबर
Shadow

त्रिभुवन र ब्राइटलाइटको विजयी सुरुवात

कोहलपुर, २६ पौष – बाँकेको कोहलपुर १४ हवल्दारपुरमा खुल्ला भलिबल प्रतियोगितामा सुरु भएको छ । शनिबार ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ कोहलपुर नगरपालिका प्रमुख लुटबहादुर रावतले प्रतियोगिताको उद्घाटन गरेका थिए । उद्घाटनको क्रममा बोल्दै रावतले खेलकुद क्षेत्रमा कोहलपुरलाई देशभरी चिनाउनुपर्नेमा जोड दिएका थिए ।


विगतमा पनि कोहलपुरले खेलकुद क्षेत्रमा निकै राम्रो नतिजा ल्याएको छ, अहिले पनि राष्ट्रिय तहमा पनि राम्रो गर्ने लक्ष्यका साथ प्रतियोगिता बनाउन समेत नगर प्रमुख रावतले आग्रह गरेका थिए । भलिबल प्रतियोगिता कोहलपुर नगरपालिकामा रहेको निजी विद्यालयहरुले पनि वार्षिक रुपमा प्रतियोगिता गर्ने गरेका हुन्छन् । तर सामुदायिक विद्यालयका बालबालिकाहरु भने प्रतियोगितामा त्यति चासो नदिएको जस्तो ठानेको उनको भनाई थियो ।
यस्तै च्याम्पियन स्पोर्ट क्लबका अध्यक्ष निर्मल विष्टले बाँकेमा पहिलो पटक खुल्ला पुरुष प्रतियोगिता गरेको बताए । तर पनि पहिलो पटक भएपनि आफुले सोचेकोभन्दा पनि बढि टिमको सहभागिता भएको देख्दा निकै खुसी लागेको विष्टले बताए ।


उनका अनुसार प्रतियोगितामा प्रथम हुनेलाई नगद ५० हजार र द्धितीय हुनेलाई २५ हजार पुरस्कार सहित प्रमाण पत्र र ट्रफि सहित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको लागि कोहलपुर नगरपालिका ९ र १४ को वडा कार्यालयहरुले संयूक्त रुपमा सहयोग गरेका छन् भने प्राविधिक सहयोग भने जि–फोटिन युथ एण्ड स्पोर्ट क्लबले गरेको हो ।
भलिबल प्रतियोगिताको पहिलो दिनमा दुई वटा टिम विच प्रतिस्प्र्धा भएको
थियो । पहिलो खेलमा त्रिभुवन माध्यामिक विद्यालय हाइस्कुल र हिमालय सामुदायिक क्लब खजुरा रहेका थिए । खेलमा त्रिभुवन माध्यामिक विद्यालयले हिमालय सामुदायिक क्लब खजुरालाई २६÷२४, २५÷२३ मा पराजित गर्दै विजय सुरुवात गरेको आयोजकले जानकारी दिएको छ । दोस्रो खेलमा ब्राइटलाइट एकेडेमी र वडा नं. ७ लखना विच प्रतिस्पर्धा भएको थियो ।
जसमा ब्राइटलाइट एकेडेमी कौशिलानगरले वडा नं. ७ लखनालाई २५÷१५, २५÷१४ मा पराजित गर्दै विजय सुरुवात गरेको छ । भोली ८ वटा टिमको प्रतिस्पर्धा हुने प्रतियोगिताका संयोजक सुधन कुमार गुरुङ्गले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *