Tuesday, July 14सत्यम खबर
Shadow

आस्था

नेपाल–भारत सीमानाकामा मनाइयो भारतको स्वतन्त्रता दिवस

नेपाल–भारत सीमानाकामा मनाइयो भारतको स्वतन्त्रता दिवस

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
जनकपुरधाम, १ भाद्र – छिमेकी मित्रराष्ट्र भारतको ७८औं स्वतन्त्रता दिवसको सीमानाकामा पनि मनाइएको छ । स्वतन्त्रता दिवसको अवसरमा धनुषाको जटही सीमा नाकास्थित सशस्त्र सीमा बल जटही पिपरौन चेक पोस्टमा झण्डा फहराएर स्वतन्त्रता दिवस मनाइएको हो । सीमा सुरक्षा बलको ४८ वि बाहिनी पिपरौन कार्यालय, अस्पताल, प्रहरी चौकी, हाईस्कुल, बैंक, हुलाक कार्यालय, इन्स्पेक्टरको कार्यालयलगायत सरकारी तथा गैरसरकारी कार्यालयमा झण्डा फहराई स्वतन्त्रता दिवस मनाइएको हो । सीमा सुरक्षा बलको ४८ वि बाहिनी पिपरौन कार्यालयका प्रमुख सुनिल दत्तको अध्यक्षतामा भएको झण्डोत्सव कार्यक्रममा नेपाल–भारत खुला सीमा सम्वाद समूहका अध्यक्ष तथा राष्ट्रिय मुक्ति क्रान्ति अभियानका नेता डा.राजीव झा र बाहिनीका प्रमुख इन्सपेक्टर दत्तले संयुक्तरूपमा नेपाल–भारतको सीमा जटहीमा भारतको झण्डा फहराइएको थियो । उक्त कार्यक्रममा नेपालको तर्फबाट नेपा...
वडा–वडामा छिर्दै कांग्रेस बाँके, भदौ २४ देखि ६ महिने अभियान

वडा–वडामा छिर्दै कांग्रेस बाँके, भदौ २४ देखि ६ महिने अभियान

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३१ साउन – नेपाली कांग्रेस बाँके वडा–वडामा छिर्दैछ । सभापति नारायण प्रसाद गौडेलको अध्यक्षतामा आज बसेको जिल्ला कार्यसमिति बैठकले आगामी भदौ २४ गतेदेखि ६ महिने अभियान सञ्चालन गर्ने गरी वडा वडामा छिर्ने निर्णय गरेको हो । भदौ २४ गतेदेखि फागुन मसान्तसम्म ८१ वटै वडामा दोस्रो जिल्ला सम्मेलनबाट पारित “जेष्ठ नागरिक, महिला र युवाको योगदानः पार्टी संगठन सुदृढीकरणमा बाँके कांग्रेसको अभियान” सञ्चालन गर्ने निर्णय गरिएको प्रबक्ता डिल्ली गिरीले जानकारी दिए । जिल्लामा रहेका ८१ वटा वडाहरुको सांगठनिक अवस्थाको बारेमा जानकारी लिँदै वडा तथा टोलस्तरमा रहेका नेपाली कांग्रेसका अगुवा जेष्ठ नागरिक, महिला र युवाहरुको पहिचान गरी पार्टीप्रतिको भूमिका, सक्रियताको अवस्था विश्लेषण गर्दै उनीहरुलाई पार्टी संगठन सुदृढीकरणमा एकताबद्ध बनाउँदै लैजाने, स्थानीय तहबाट सेवा प्रवाहको अवस्था, विकास निर्माण, समुदायस्तर...
तीन महिनाभित्र विकासको लहर ल्याउने गरी योजना बनाउन प्रधानमन्त्री ओलीको निर्देशन

तीन महिनाभित्र विकासको लहर ल्याउने गरी योजना बनाउन प्रधानमन्त्री ओलीको निर्देशन

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, ३१ साउन – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी तीन महिनाभित्र तीब्र विकासको लहर ल्याउने र नयाँ कीर्तिमान राख्ने गरी ठोस योजना ल्याउन निर्देशन दिएका छन् । तीन महिनाभित्र विकासको लहर ल्याउने गरी योजना बनाउन प्रधानमन्त्री ओलीको निर्देशन नेपाल सरकारका मन्त्रालयहरुको वार्षिक प्रगति समीक्षा, चालु आर्थिक वर्षका बजेट र कार्यक्रम कार्यान्वयन योजनाका साथै वर्तमान सरकारको १०० दिनभित्र गरिने मुख्य कामबारे बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको प्रस्तुतिपछि सम्बोधन गर्दै उनले देश र जनताका लागि गर्नै पर्ने र गर्न खोजिएका कामका सम्बन्धमा अझ व्यवस्थित र ठोस् तयारी गर्न निर्देशन दिए । उनले बजेट कम भएको स्थितिमा सुशासन कायमसहित फटाफट काम गरेर शत्‌प्रतिशत विकास खर्च गर्ने हो भने अर्थतन्त्र चलायमान हुने स्पष्ट पारे । 'हामी जागिर खाइरहेका छैनौँ । हामी देश र...
भारतीय रोजगारीमा नेपालीलाई ‘श्रम आप्रवासन प्रणाली’मा समेट्न प्रस्ताव

भारतीय रोजगारीमा नेपालीलाई ‘श्रम आप्रवासन प्रणाली’मा समेट्न प्रस्ताव

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, ३१ साउन – वैदेशिक रोजगारीको मान्यता नपाएको भारतीय रोजगारीमा रहेको नेपाली श्रमिकलाई श्रम आप्रवासनको प्रणालीभित्र ल्याउनुपर्ने विषय प्रस्तावित श्रम आप्रवासन नीति–२०८१ को मस्यौदामा परेको छ । गणेश गुरुङको नेतृत्वमा गठित कार्यदलद्वारा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई बुझाइएको प्रस्तावित मस्यौदा ‘भारतमा काम गर्न जाने/फर्कने नेपाली श्रमिकलाई श्रम आप्रवासन प्रणालीमा समेट्ने स्थानीय तहस्थित रोजगार सेवा केन्द्रमार्फत तथ्यांक राख्ने र क्रमशः परिचयपत्र उपलब्ध गराउँदै लगिने’ उल्लेख छ ।   यो मस्यौदाले ‘विद्यमान वैदेशिक रोजगार कल्याणकारी कोषजस्तै उपयुक्त मोडेल निर्माण गरी भारत जाने नेपाली श्रमिकलाई क्रमशः आवद्ध गराउँदै लगिने’ प्रस्ताव गरेको छ । राष्ट्रिय जनगणना–२०७८ अनुसार २१ लाख ९० हजार ५ सय ९२ जना देशबाहिर (८२ प्रतिशत पुरुष र १८ प्रतिशत महिला) गएका ...
मंगल ग्रहको जमिनमुनी भेटियो पानीको ताल

मंगल ग्रहको जमिनमुनी भेटियो पानीको ताल

आस्था, मौसम, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ३१ साउन – नासा मिसनबाट प्राप्त डाटाले मंगल ग्रहको सतह मुनि गहिरो पानीको भूमिगत भण्डारको प्रमाण फेला परेको छ । नयाँ अनुसन्धान पछि नासाका वैज्ञानिकहरूको टोलीले ग्रहको सतहमा महासागर रहेको अनुमान गरिएको छ । मंगल ग्रहको क्रस्टको बीचमा रहेको चट्टानको सानो दरार र छिद्र अध्ययन गर्दा पर्याप्त पानी रहेको अनुमान गरिएको छ। मंगलग्रहको जमिनमुनिको पानी भण्डार १ माइल (१.६ किलोमिटर) क्षेत्रफलको अध्ययनले देखाएको छ। सो तथ्यांक नासाको इनसाइट ल्यान्डरबाट आएको हो, जसले २०१८ देखि २०२२ सम्म मंगल ग्रहको भित्री भाग अध्ययन गर्न सिस्मोमिटर प्रयोग गरेको थियो । ‘मंगल ग्रहको अन्वेषण गर्ने भविष्यका अन्तरिक्ष यात्रीहरूले पानीमा पहुँच गर्ने प्रयास गरेमा धेरै चुनौतीहरूको सामना गर्नेछ किनभने यो सतह मुनि ७ र १२ माइल ‍(११.५ र २० किलोमिटर) को बीचमा अवस्थित रहेको नेशनल जर्नल प्रोसिडिङ्समा सोमबार प्रकाशित अध्य...
बंगलादेशका हिन्दूमाथिको आक्रमणप्रति मोदीले जनाए गम्भीर चिन्ता

बंगलादेशका हिन्दूमाथिको आक्रमणप्रति मोदीले जनाए गम्भीर चिन्ता

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, ३१ साउन – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशको ७८ औँ स्वतन्त्रता दिवसका अवसरमा बिहीबार नयाँ दिल्लीस्थित लालकिल्लाबाट देशलाई सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा मोदीले देशका विभिन्न मुद्दामा आफ्नो धारणा राखे। उनले आफ्नो सम्बोधनमा छिमेकी बंगलादेशमा देखिएको राजनीतिक उथलपुथल र त्यहाँका हिन्दूहरूको सुरक्षाबारे पनि गम्भीर चिन्ता जनाएका छन् । मोदीले आफ्नो सम्बोधनमा बंगलादेशमा सत्ता परिवर्तनपछि हिन्दूहरूमाथि भइरहेको हमलाको मुद्दा पनि उठाएका छन् । उनले बंगलादेशमा हिन्दूहरूको सुरक्षा सुनिश्चित हुनुपर्ने बताए । मोदीले आफूहरू छिमेकी देशमा सुख र शान्ति होस् भन्ने पक्षमा रहेको जिकिर गरे। उनले बंगलादेशमा अहिले भइरहेको हत्या-हिंसाको अवस्थालाई चिन्ताजनक भनेका छन् । ‘बंगलादेशमा अहिले जे भइरहेको छ, त्यसलाई लिएर छिमेकी देश भएका हिसाबले हाम्रो चिन्ता स्वभाविक हो । म बंगलादे...
उत्तर कोरियाले पाँच वर्षपछि पर्यटनका लागि सीमा खुला गर्ने

उत्तर कोरियाले पाँच वर्षपछि पर्यटनका लागि सीमा खुला गर्ने

आर्थिक, आस्था, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ३१ साउन – उत्तर कोरिया विदेशी पर्यटकका लागि आफ्नो देशको सीमा खोल्न गइरहेको छ । सन् २०२० को सुरुवातमा कोभिड–१९ को महामारीका बेला उत्तर कोरियाले देशको सीमा सिल गरेको थियो । झण्डै चार वर्षपछि उत्तर कोरियाले आफ्नो एक सहर पर्यटकका लागि खोल्ने निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । चीनका ‘टूर अपरेटर’हरूले पर्यटकका लागि छिट्टै उत्तर कोरियाले पहाडी सहर सामजियोन प्रवेशमा अनुमति दिन सक्ने बताएका छन् । उत्तर कोरियाको पहाडी सहर सामजियोन पर्यटकहरूका लागि विशेष आकर्षण केन्द्र मानिन्छ । खबरहब...
भारतीय खेलाडी फोगाटको अपिलमा अदालतकाे अस्विकार, नपाउने नै भईन ओलम्पिक पदक

भारतीय खेलाडी फोगाटको अपिलमा अदालतकाे अस्विकार, नपाउने नै भईन ओलम्पिक पदक

आस्था, खेल, प्रदेश ५, समाचार
काठमाण्डौ, ३१ साउन – विनेश फोगाटले पेरिस ओलम्पिकमा रजत पदक नपाउने भएकी छिन । विश्व खेलकुदको मध्यस्थता अदालतले बुधबार अगस्टमा उनको अपील अस्वीकार गरेको जनाएको छ । फोगाट फाइनलअघि नै तौलका कारण अयोग्य घोषित भएको घोषणा गरिदिए पछि उनले खेलकुद अदालतमा याचिका दायर गरेकी थिइन । तर, उनको मुद्धाको सुनवाई १६ अगस्तमा फैसला हुने भनिए पनि उनको अपिल अगस्ट १४ गते नै खारेज गरिएको हो । यो निर्णयपछि भारतीय ओलम्पिक कमिटीकी अध्यक्ष पीटी उषाले असन्तुष्टि जनाएकी छन् । विनेशले महिला ५० केजी तौल समूहमा लगातार ३ खेल जितेर फाइनलमा स्थान बनाएकी थिइन् । फाइनल अगस्ट ८ मा हुने तय भएपनि खेलअघि नै ओलम्पिक कमिटीले विनेशको तौल १०० ग्राम ५० केजीभन्दा बढी भएकाले उनलाई अयोग्य घोषित गरे पछि उनी अदालत पुगेकी थिइन । नेपाल पाना...
हसिनाविरुद्ध बंगलादेशमा ९ बर्ष पुरानो अपहरण मुद्दा दर्ता

हसिनाविरुद्ध बंगलादेशमा ९ बर्ष पुरानो अपहरण मुद्दा दर्ता

अपराध, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ३१ साउन – बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध ९ वर्ष पुरानो अपहरणको मुद्दा दर्ता भएको छ । उजुरीकर्ता सोहेल राणा सर्वोच्च अदालतका वकिल हुन् । २०१५ जुन ६ को राति साथीसँग हिँडिरहेको अवस्था थियो । त्यसपछि र्‍यापिड एक्सन बटालियनका केही सिपाहीहरूले उनलाई अपहरण गरेका थिए। उनीहरुलाई कुटपिट गरी बिजुलीको झटका दिइयो । उनी ३८ दिनपछि १३ अगस्टमा रिहा भएका थिए । सोही बिषयलाई लिएर अहिले हसिना बिरुद्ध मुद्धा हालेका हुन् । नेपाल पाना...
चीनले तिब्बती भाषालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएपछी विरोध प्रर्दशन हुने

चीनले तिब्बती भाषालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएपछी विरोध प्रर्दशन हुने

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, ३१ साउन – लोकप्रिय चिनियाँ सोशल मिडिया प्लेटफर्मले आफ्नो भाषामा प्रतिबन्ध लगाएपछि तिब्बतीहरूले अर्को झट्का पाएका छन् । जसले व्यापक विरोध र निर्णयलाई कानुनी चुनौतीको लागि आह्वान गरेको छ। सामाजिक सञ्जाल एप टिकटकको चिनियाँ समकक्ष डुयिनले लगाएको प्रतिबन्धलाई बेइजिङले तिब्बती भाषालाई मुख्य भूमिमा बोलिने मन्डारिनसँग बदल्ने कडा प्रयासको एक हिस्साको रूपमा हेरिएको छ। तिब्बती नेटिजन युगा गाले डुइन प्रतिबन्धको पछाडि बेइजिङ सरकारको हात रहेको आरोप लगाए। Douyin कम्पनीले हाम्रो भाषामा प्रतिबन्ध लगाउनुको कारण के हो? सबै जातजाति समान हुनुपर्छ भन्ने होइन र ? त्यसो भए किन हाम्रो तिब्बती भाषाको प्रयोगमा प्रतिबन्ध लगाइएको छ ?” उहाँले भन्नुभयो। मानिसहरूले प्रतिबन्धको औचित्यमाथि प्रश्न उठाइरहेका छन्। "म मूल तिब्बती भाषी हुँ र पूर्ण चिनियाँ बोल्न सक्दिन। मलाई किन मेरो मातृभाषामा पोस्ट गर्न अनु...