Tuesday, July 14सत्यम खबर
Shadow

आस्था

परराष्ट्रमन्त्री राणाले भारतीय प्रधानमन्त्री मोदीसँग आज भेटवार्ता गर्ने

परराष्ट्रमन्त्री राणाले भारतीय प्रधानमन्त्री मोदीसँग आज भेटवार्ता गर्ने

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ३ भाद्र – भारतको औपचारिक भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने तय भएको छ । राणाले आज साँझ साँढे ७ बजे भारतीय प्रधानमन्त्री मोदीसँग नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा भेटवार्ता हुने समय तय भएको परराष्ट्र स्रोतले जानकारी दिएको छ । राणा भारतको पाँच दिने औपचारिक भ्रमणका लागि आजै नयाँ दिल्ली पुगेकी हुन् ।...
आज जनै पूर्णिमा: कस्तो छ शास्त्रीय मान्यता ?

आज जनै पूर्णिमा: कस्तो छ शास्त्रीय मान्यता ?

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, ३ भाद्र – प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ । यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितहरुले ‘येन बद्...
सर्वेक्षणमा ट्रम्पलाई पछि पार्दै ह्यारिस अगाडी

सर्वेक्षणमा ट्रम्पलाई पछि पार्दै ह्यारिस अगाडी

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ३ भाद्र – अमेरिकी राष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिसले पछिल्लो पोलमा ट्रम्पलाई पछाडी पारेकी छन् । सीबीएस न्यूजले गरेको राष्ट्रव्यापी पोलमा डेमोक्रेटिक उम्मेदवार ह्यारिसको पक्षमा ५१ प्रतिशत मत देखिएको छ भने रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको पक्षमा ४८ प्रतिशत मत देखिएको छ । सोमबारदेखि शुरु हुन लागेको डेमोक्रेट पार्टीको नेशनल कन्भेन्सन अघि सार्बजनिक भएको यो पोलको नतिजाले डेमोक्रेटहरुलाई उत्साहित बनाएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । यस पोलमा ८३ प्रतिशतले अर्थतन्त्रलाई मुख्य आधार बनाएर भोट दिने बनाएका छन् भने ७६ प्रतिशतले महंगी आगामी चुनावको सबै भन्दा ठुलो एजेण्डा भएको बताएका छन् । त्यस्तै ६२ प्रतिशतले अपराध र ५८ प्रतिशतले बन्दुक नीतिमा आधारित भएर मत दिने बताएका छन् । त्यस्तै ५६ प्रतिशतले सीमा सुरक्षाको विषय र ५१ प्रतिशतले गर्भपतनको मुद्धालाई आधार बनाएर मत दिने ...
गिलगिट बाल्टिस्तानमाथि पाकिस्तानको दाबीलाई मान्यता दिन तालिवानद्वारा अस्वीकार

गिलगिट बाल्टिस्तानमाथि पाकिस्तानको दाबीलाई मान्यता दिन तालिवानद्वारा अस्वीकार

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ३ भाद्र – अफगानिस्तान तालिबानले हालै पाकिस्तानको गिलगिट बाल्टिस्तान सन् १९४७ मा गैरकानूनी रूपमा कब्जा गरेको भूभागमा पाकिस्तानको नियन्त्रण र दावीलाई अस्वीकार गरेको रिपोर्ट गरेको छ। मिडिया रिपोर्टहरूले सुझाव दिन्छ कि हालै बदख्शानको वाखान, जेबक, कुरान र मोन्जन जिल्लाहरूमा सीमाहरू चिन्ह लगाउने क्रममा, पाकिस्तानसँगको रेखा, र जम्मू र कश्मीर (J&K) र ताजिकिस्तानसँगको आधिकारिक सीमाहरू सहित, तालिबानले पाकिस्तानले कब्जा गरेको जम्मू र कश्मीर (PoJK) को एक भाग गिलगिट बाल्टिस्तानमा पाकिस्तानको दाबीलाई मान्यता दिन अस्वीकार गर्यो। जी न्युज ले २२ जुलाईमा तालिबानले ‘पाकिस्तानले कब्जा गरेको क्षेत्र’ भन्ने शब्द प्रयोग गरेको छैन भनी रिपोर्ट गरेको छ कि अफगानिस्तानले PoJK मा पाकिस्तानको दाबीलाई स्पष्ट रूपमा बेवास्ता गरेको छ। तालिबानले मध्य एसियाका सबै देशहरूसँगको आफ्नो सीमा परिमार्जन गर्ने योजना...
शेख हसिनाविरूद्ध बंगलादेशमा १६ वटा मुद्दा

शेख हसिनाविरूद्ध बंगलादेशमा १६ वटा मुद्दा

अपराध, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, ३ भाद्र – बंगलादेशका पूर्वप्रधानमन्त्री शेख हसिनाविरूद्ध विभिन्न कसुरको आरोप लगाउँदै १६ वटा मुद्दा दायर भएको छ। सोमबार मात्रै हसिनासहित अवामी लिग पार्टीका ६१ जना नेता कार्यकर्ताविरूद्ध नारायणगन्जमा हत्याको मुद्दा दर्ता भएको बंगलादेशी अखबार द डेली स्टारले जनाएको छ। आरक्षण सुधारको माग गर्दै विद्यार्थीहरुले चलाएको आन्दोलनकैबीच जुलाई २१ मा मोहम्मद मिलनको गोली प्रहार गरी हत्या भएको थियो। त्यसदिन प्रदर्शनरत विद्यार्थी र अवामी लिग पार्टीका कार्यकर्ताबीच झडप भएको थियो। उनी विद्यार्थी आन्दोलनमा पनि सहभागी थिएनन् न अवामी लिगका कार्यकर्ता नै थिए। त्यसदिन माछा फार्मबाट फर्किँदै गर्दा उनीमाथि सुरक्षाकर्मीले गोली चलाएका थिए। सुरक्षाकर्मीले चलाएको गोली छातीमा लाग्दा उनको घटनास्थलमै मृत्यु भएको थियो। मिलोनकी श्रीमती र उनका परिवारले सोमबार हसिना र ६१ जनालाई विपक्षी बनाएर मुद्दा द...
हिन्दु स्वयंसेवक संघद्वारा गुरु पूजन उत्सव सम्पन्न

हिन्दु स्वयंसेवक संघद्वारा गुरु पूजन उत्सव सम्पन्न

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३ भाद्र – बाँकेको नेपालगन्जमा श्री गुरु पूजन उत्सव हिन्दू स्वयंसेवक संघ नेपाल बाँकेद्वारा सम्पन्न भएको छ । हिन्दू स्वयंसेवक संघ नेपाल नेपालगन्ज बाँकेका जिल्ला संघ चालक फूलचन्द तिवारीको अध्यक्षतामा, पूर्व मन्त्री सर्वदेव ओझा, मधेशी आयोग सदस्य तथा समाजसेवी बिजय गुप्ता, वरिष्ठ अधिवक्ता तथा समाजसेवी गिरिवरप्रसाद अग्रवाल, नेपाल जडीबुटी व्यवसायी संघ नेपालगन्जका अध्यक्ष टंकप्रसाद शर्मा, प्रमुख वक्ता, राष्ट्रिय संगठन सचिव बासुदेव मिश्रले आ–आफना बिचार राखेका थिए । कार्यक्रमका संघका कर्णली, लुम्बिनी प्रदेशका संभाग प्रचारक बिकुल दाहालद्वारा सञ्चालित कार्यक्रममा आद्य सरसंचालक डा. केशव वलीराम हेडगेवर, परम पूज्यनीय सदाशिवराज गोलगेवार (श्री गुरुजी) को तस्वीरमा दीप प्रज्वलित गरी कार्यक्रमको उद्घाटन गरिएको थियो । हिन्दू स्वयंसेवक संघ नेपाल नेपालगन्जका ध्वजा रोहण, प्रार्थना सन्तोष ...
महिला पुरुष गरी १ सय ३२ जनाले गरे रक्तदान

महिला पुरुष गरी १ सय ३२ जनाले गरे रक्तदान

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २ भाद्र – बाँकेको नेपालगन्जमा नेपाल विद्युत प्राद्यीकरण वितरण केन्द्र नेपालगन्जको प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा महिला पुरुष गरी १ सय ३२ जनाले उत्साहजनक रुपमा शनिवार रक्तदान गरेका छन् । “स्वच्छ प्रशासन, सक्षम व्यवस्थापन आजको आवश्यकता : संस्थागत सुधार, कर्मचारी हकहित हाम्रो प्रतिवद्धता” नाराका साथ नेपाल विद्युत प्राद्यीकरणको ३९ औं वार्षिकोत्सवको अवसरमा नेपाल विद्युत प्राद्यीकरण कर्मचारी संघ नेपालगन्ज इकाई समितिको आयोजनामा रक्तदान कार्यक्रमको आयोजना भाद्र १ गते शनिवार गरिएको थियो । आयोजित रक्तदान कार्यक्रममा नेपाल विद्युत प्राद्यीकरण कर्मचारी संघ नेपालगन्ज इकाई समितिका उपाध्यक्ष महेश चौधरीको अध्यक्षतामा, नेपाल विद्युत प्राद्यीकरण कर्मचारी संघ लुम्बिनी प्रदेशका अध्यक्ष दुर्गा प्रसाद जैसीको प्रमुख आतिथ्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमका प्रमु...
प्रजातान्त्रिक युवा संगठनद्वारा २२ जनाले गरे रक्तदान

प्रजातान्त्रिक युवा संगठनद्वारा २२ जनाले गरे रक्तदान

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २ भाद्र – बाँकेको खजुरामा रहेको सुशील प्रखर क्यान्सर हास्पिटलमा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन बाँकेको आयोजनामा २२ जना युवाहरुद्वारा रक्तदान गरिएको छ । आयोजित रक्तदान कार्यक्रम सुमन पौडेलको संयोजकत्वमा सम्पन्न भएको थियो । उक्त कार्यक्रमको अध्यक्षता युवराज शाहीले गर्नु भएको थियो । रक्तदान कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य मीना श्रेष्ठ, राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका क्षेत्रीय अध्यक्ष तारा सिंह थारु, युवराज शाही लगायतले रगत संकलन गर्ने पाकेट नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार इकाई केन्द्र खजुराका प्रमुख होमराज गिरीलाई हस्तान्तरण गर्नु भएको थियो । उक्त रक्तदान कार्यक्रममा भिम बहादुर सिंह, सर्जन रोकाया, अर्जुन बुढाक्षेत्री, बीरेन्द्रबहादुर पुन, काशीराम थारु, डम्बरबहादुर कुनवार, सुमन पौैडेल, जगदीश प्रसाद यादव, धर्मप्रकाश जायसवाल, तिलक राना मगर, ...
राप्ती नदी घाटमा गंगा महाआरती हुने

राप्ती नदी घाटमा गंगा महाआरती हुने

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज १ भाद्र – धार्मिक पर्यटन प्रवद्र्धनका लागि बाँकेको राप्ती नदी सिधनियाघाटमा गंगा महाआरती गर्ने तयारी भएको छ । बाँके डुडुवा गाउँपालिका वार्ड नं.४ राप्ती नदीस्थित श्री अष्टोत्तरशतम् शिवलिंङ्ग विश्वम्भरनाथ महादेव (१०८ शिवलिङ्ग विश्वम्भर महादेव) मन्दिरमा गंगा महाआरती हुन लागेको हो । राप्ती नदी क्षेत्र तथा मन्दिरको प्रचारप्रसार र जिल्लाका विभिन्न स्थानबाट आउने धार्मिक पर्यटकलाई स्वागत गर्नका लागि महाआरती गर्न लागिएको मन्दिरका पुजारी आचार्य रामप्रताप मिश्र शास्त्री महाराजजीले बताउनुभयो । उहाँका अनुसार यही भदौ ३ गते श्रावण शुक्ल पुर्णिमाका दिन साँझ ६ बजे महाआरती सुरु गर्न लागिएको हो । स्थानीय तथा सामाजिक अगुवाहरुको पहलमा सोमबारदेखि सुरु हुने महाआरतीलाई प्रत्येक महिनाको पुर्णिमाका दिन नियमित रुपमा गरिने छ । महाआरतीको तयारी अहिले तिब्र रुपमा भईरहेको छ । राप्ती नदी एउटा पर्यटकीय क...
रामेश्वर कमलादेवी स्मृति पुरस्कारबाट दुई जना सम्मानित

रामेश्वर कमलादेवी स्मृति पुरस्कारबाट दुई जना सम्मानित

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १ भाद्र – बाँकेको नेपालगन्जमा तिमिल्सिना वाङमय प्रतिष्ठान नेपालगन्ज बाँकेले रामेश्वर कमलादेवी स्मृति पुरस्कार अर्पण तथा रचना वाचन कार्यक्रममा दुई जनालाई शुक्रवार सम्मान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रा.डा.गोपाल प्रसाद शर्मा अधिकारीले पानसमा दीप प्रज्वलित गरी विधिवत रुपमा उद्घाटन गर्नु भएको थियो । बि.सं. २०७२ साल स्थापना भएको नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.१८ मा रहेको तिमिल्सिना वाङमय प्रतिष्ठान नेपालगन्ज बाँकेले प्रतिष्ठानका संरक्षक हरिप्रसाद तिमिल्सिनाका माता कला देवी उपाध्यायको निधन बि.सं. २०४२÷०५÷११ गते मंगलवार र पिता रामेश्वर उपाध्यायको निधन २०५२ साल बैशाख २२ गते शुक्रवार भएको थियो । बि.सं.२०७२ सालमा ५१ हजार १ सय ११÷– रुपैयाको रामेश्वर कमलादेवी स्मृति पुुरस्कारका लागी अक्षय कोषको स्थापना गरिएको थियो । प्रतिष्ठानका संरक्षक हरिप्रसाद तिमिल्सिनाले कार्यक्रममा प्र...