
नेपालगन्ज, २ भाद्र – बाँकेको नेपालगन्जमा नेपाल विद्युत प्राद्यीकरण वितरण केन्द्र नेपालगन्जको प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा महिला पुरुष गरी १ सय ३२ जनाले उत्साहजनक रुपमा शनिवार रक्तदान गरेका छन् ।
“स्वच्छ प्रशासन, सक्षम व्यवस्थापन आजको आवश्यकता : संस्थागत सुधार, कर्मचारी हकहित हाम्रो प्रतिवद्धता” नाराका साथ नेपाल विद्युत प्राद्यीकरणको ३९ औं वार्षिकोत्सवको अवसरमा नेपाल विद्युत प्राद्यीकरण कर्मचारी संघ नेपालगन्ज इकाई समितिको आयोजनामा रक्तदान कार्यक्रमको आयोजना भाद्र १ गते शनिवार गरिएको थियो ।
आयोजित रक्तदान कार्यक्रममा नेपाल विद्युत प्राद्यीकरण कर्मचारी संघ नेपालगन्ज इकाई समितिका उपाध्यक्ष महेश चौधरीको अध्यक्षतामा, नेपाल विद्युत प्राद्यीकरण कर्मचारी संघ लुम्बिनी प्रदेशका अध्यक्ष दुर्गा प्रसाद जैसीको प्रमुख आतिथ्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि दुर्गा प्रसाद जैसी, बिशिष्ट अतिथि राजिव सिंह लगायत अतिथिहरुले रगत संकलन गर्ने पाकेट प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी र राजेन्द्र महतारलाई हस्तान्तरण गर्दै ३९ औं वर्षको अवसरमा केक काटेर कार्यक्रमको उद्घाटन गरिएको थियो ।
नेपाल विद्युत प्राद्यीकरण कर्मचारी संघ नेपालगन्ज इकाई समितिका सचिव नबीन अधिकारीद्वारा सञ्चालित, भाईराजा श्रीवास्तवको संयोजकत्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल विद्युत प्राद्यीकरण कर्मचारी संघ लुम्बिनी प्रदेशका अध्यक्ष दुर्गा प्रसाद जैसी, बिशिष्ट अतिथि तथा लुम्बिनी प्रादेशिक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख राजिव सिंह, को नेपाल विद्युत प्राद्यीकरण वितरण केन्द्र नेपालगन्जका निमित्त प्रमुख बुद्धिसागर भुषाल, नेपाल टेूड युनियन काँगे्रस बाँकेका का.बा. अध्यक्ष तोजेन्द्र बिक लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सो कार्यक्रममा नेपाल विद्युत प्राद्यीकरण वितरण केन्द्र कोहलपुर इकाई समिति र प्रादेशिक रक्त सञ्चार केन्द्र नेपालगन्जलाई सम्मान पत्र प्रदान प्रमुख अतिथि बिशिष्ट अतिथिले गर्नु भएको थियो ।
आयोजित रक्तदान कार्यक्रममा, रक्तदान कार्यक्रम संयोजक भाईराजा श्रीवास्तव,सुदिप गौतम, सन्तोष न्यौपाने, राजुसिंह, राम हरि थारु, इन्दिरा कुमारी बुढाथोकी, प्रेम बहादुर बुढा, बलीराम यादव, रञ्जित कुमार गुप्ता बैश्य, सोमना मल्ल, दिनेश रावल, रिन्की रौतेला, जीतबहादुर यादव, राजन बिक, प्रेम प्रसाद पाण्डे, मौसमी अधिकारी पाण्डे, पुष्पा मास्के, सुरेश मास्के, आधार पासी, गंगाराम बिक, समीर कुमार थारु, राजाराम थारु, कृष्णजंग बस्नेत, पञ्चराम थारु, प्रेम बहादुर गुरुङ्ग, सन्तराम यादव, दुर्गाराम थारु, राज कुमार बोहरा, बेदादेवी श्रेष्ठ, सुनिता बोहरा, नन्द महतरा, राजेन्द्र वली, गजेन्द्र चौधरी, सैफुर रहमान खान, माधव महत, भुनेश्वर उपाध्याय, श्रीधर शर्मा, अर्जुन थारु, सुकराम थारु, मधु पोखरेल, देवराज सञ्जयाल, बिजय कुमार, हरि बहादुर थारु, श्याम चौधरी, दिनेश थारु, दुर्गा कुमारी थापा, अरुण कुमार बज्राचार्य, सञ्जयलाल चौधरी, नरेन्द्र बहादुर अधिकारी, केशव मानन्धर, नवराज लम्साल, शारदा, शरद दरलामीमगर, अमर बिसी, मीरा नेवार, सुमित कुमार राना, उत्सव सिजापति, भवानी चन्द, याम बहादुर बुढा, राम दिपेश, जयप्रकाश भण्डारी, निर्देश सोनी, सृजना, अनिता बुढा, ज्योति रावत, राजु राना, सीताराम अहिर, मनोजराजा श्रीवास्तव, सौगात बिष्ट, अर्जुन पासी, राजकुमार वली, सन्तोष वाग्ले, वसीम अहमद तेली, सञ्जिव कुमार मिश्र, रजल सिंह सिजापति, तेजराज न्यौपाने, पनिता बिसी, प्रतिक राना, नवराज खनाल, उपेन्द्र श्रेष्ठ, पूर्ण गुरुङ्ग, निशान शाह, कमला भण्डारी, नकुल सिंह, सरिता सिंह, भविसरा बिक, रवि प्रसाद काफले, स्वर्णिमा परियार, बिनय बिष्ट, होमराज खडका, अस्मिता परियार, पूर्ण कामी, तारा न्यौपाने भट्ट, कृतिका श्रेष्ठ, खिमा शाही, पुष्पा थारु, पुष्पा थापा, सन्तोष कुमार यादव, राजेश वर्मा, सलिना महतरा, सन्तोष रावल, राज सिंह, राजन सिंह, लिलाधर केसी, अनु बुढाथोकी, कमला केसी, देशराज यादव, प्रदिप घर्तीमगर, बबिता शाही, सुनिता शाही, कान्ति शर्मा, राजितराम यादव, निरञ्जन शर्मा, दिपक प्रसाद भण्डारी, सरोज बुढाथोकी, रिसव सिंह बाडिया, धनेश्वर यादव, दुर्गा प्रसाद जैसी, हिरेन्द्र, तेजकान्त चौधरी, सुनिता बुढा, प्रविन सुनार, करन सिंह, माधवी कनौजिया, रोहत गोडिया, दिल बहादुर थापा, सुरेश कुमार साहु, गोपाल चौधरी, सज्जन सिंह, प्रकाश सिंह क्षेत्री, सुशील बस्नेत, गुरुचरन कहार लगायतको सहभागितामा रक्तदान गरिएको थियो ।