Wednesday, February 12सत्यम खबर
Shadow

शिक्षकहरूलाई आधारभूत प्राथमिक उपचार तालिम

नेपालगन्ज, २७ भाद्र – वर्ल्ड भिजनको आयोजनामा चार दिने आधारभूत प्राथमिक उपचार तालिम बिहिबार सम्पन्न भएको छ।

नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको प्राविधिक सहयोगमा सञ्चालित उक्त तालिममा प्राथमिक उपचारको परिचय, घाइतेको जाँच, बेहोशी, सिपीआर, रक्तश्राव, टाउको तथा मेरुदण्डको चोट, हार्डभचाई, पट्टीहरूको प्रयोग विष र विषालु जानवरको टोकाई, वातावरणीय समस्या, घाइतेको ओसारपसार लगायत विषयमा सैद्धान्तिक ज्ञान र प्रयोगात्मक अभ्यासको माध्यमबाट सिकाइएको थियो ।

दुई चरणमा सञ्चालित उक्त तालिममा सामुदायिक विद्यालय र मदरसाका ४१ जना शिक्षक र शिक्षिकाहरूको सहभागिता रहेको कुरा वर्ल्ड भिजनका प्रतिनिधि तिलक केसीले जानकारी दिनुभएको थियो ।

तालिमको सहजकर्ताहरूमा नेरेसो बाँके शाखाका उपनिर्देशक दोलखबहादुर डाँगी, वरिष्ठ संगठन विकास अधिकृत निरञ्जना मल्ल, जनसम्पर्क अधिकृत सरिता सिंह, लेखा अधिकृत झविलाल शर्मा र कार्यक्रम अधिकृत प्रहलाद विश्वकर्मा रहनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *