Friday, April 25सत्यम खबर
Shadow

ब्रिनोजद्वारा १५१ जनाको निःशुल्क कान चेकजाँच

नेपालगन्ज, २ असोज – बैजनाथ गाउँपालिकाको समन्वय तथा ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा नेपालगन्ज–५, फुल्टेक्राको आयोजनामा बैजनाथ–५, बनकट्वामा कान स्वास्थ्य शिविर सम्पन्न गरिएको छ ।

बैजनाथ–५ बनकट्वामा सम्पन्न कान स्वास्थ्य शिविरमा १५१ जना स्थानीयहरुको कान परीक्षण गरिएको जनाईएको छ । जस मध्ये पुरुष ४५ जना रहेका छन् भने महिला १०६ जना गरी जम्मा १५१ जनाको कान परीक्षण गरिएको ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाका सामान्य कान चिकित्सक तथा आउटरिच इन्चार्ज भीषण थारुले जानकारी गराउनुभयो ।

ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाको प्राविधिक सहयोगसहित सामान्य कान चिकित्सक तथा आउटरिच इन्चार्ज भीषण थारु, सामान्य कान चिकित्सक सीता थारुले कान चेकजाँच गरेका थिए । कान चेकजाँचको क्रममा कान पाक्ने रोगी २३ जना, कानेगुजी १५ जना तथा काने ढुसी २५ जनामा देखिएको आउटरिच इन्चार्ज भीषण थारुले जानकारी दिए ।

आउटरिच इन्चार्ज भीषण थारुले दिएको जानकारी अनुसार ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा जिल्ला भित्र वा जिल्ला बाहिर कही पनि कान चेकजाँच सहकार्य गर्न सदैव तत्पर रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *