Saturday, April 26सत्यम खबर
Shadow

संबिधान दिवसको अवसरमा नागरिक उत्सव

नेपालगन्ज, ३ असाेज – संबिधान दिवस २०८१ को अवसरमा नेपालगन्जमा नागरिक उत्सव कार्यक्रम सम्पन्न भएको छ । बास नेपालको आयोजनामा आज नेपालगन्जको गणेशमान चौकमा नागरिक उत्सव कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्राध्यापक रुद्रप्रसाद तिमिल्सिनाले बिगतमा जारी भएका संबिधानहरुको चर्चा गर्दै २०७२ असोज ३ गते जारी संबिधानलाई बिश्वकै सर्बाेत्कृष्ठ संबिधान बनाउनका लागि सरकारमा रहेकाहरु ईमान्दार हुनु पर्ने बताए ।

कार्यक्रममा बोल्दै शिक्षाबिद् किरण आचार्यले बाँके बासी सुसिल कोईराला प्रधानमन्त्री भएको बेला जारी भएको संबिधानले सबै देशबासीहरुलाई समेटेको बताईन् ।
कार्यक्रममा बोल्दै बरिष्ठ पत्रकार पूर्णलाल चुकेले एउटा तानाशाहलाई फालेर आएको संबिधानमा टेकेर सयौं तानाशाहहरु नजन्मिन दिनका लागि खवरदारी गर्नुपर्ने बताए ।

हरित अभियन्ता हेमन्तराज काफ्लेले नेपालको संबिधान २०७२ बिश्वकै सर्वाेत्कृष्ठ संबिधान भएको उल्लेख गर्दै देशको मुल कानुन संबिधान नमान्नु, संबिधान दिवसलाई कालो दिवस मनाउनु अराजकताको उपज भएको बताए ।
बास नेपालका अभिलेखिकरण अधिकृत रबिन्द्र बोहराले सञ्चालन गरेको कार्यक्रममा बोल्दै बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले नेपाली जनताको त्याग, तपस्या र बलिदानबाट आएको संबिधानले सबै नेपालीहरुको भावना समेटेको बताए ।

गैर सरकारी संस्था महासंघ नेपाल बाँकेकी निबर्तमान उपाध्यक्ष निर्मला सुनारले धन्यवाद ज्ञापन सहित समापन गरेको कार्यक्रममा नागरिक समाजका प्रतिनिधि, सर्बसाधारणहरु सहभागि थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *