Monday, December 2सत्यम खबर
Shadow

गौरव स्मृतिद्वारा निःशुल्क आँखा तथा कानको शिविर सम्पन्न, ५ सय बढीले लिए सेवा

नेपालगन्ज, ८ मंसिर – श्री १००८ हडिया बाबा आश्रममा आयोजना गरिएको साधुसन्त, भक्तजन तथा सर्वसाधारणहरूका लागी गौरव स्मृति तथा वियोर सेल्फ फाउन्डेसनद्वारा निःशुल्क आँखा तथा कानको शिविरमा ५ सय २५ जना बिरामीहरु लभान्वित भएका छन् ।

नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–४ मा रहेको गौरव स्मृति तथा वियोर सेल्फ फाउन्डेसनद्वारा हरेक वर्ष जस्तै यस वर्ष पनि नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–६ मा रहेको श्री १००८ हडिया बाबा आश्रममा निःशुल्क आँखा तथा कानको परीक्षणका गरिनुका साथै निःशुल्क औषधि पनि वितरण गरिएको छ ।

नेपाल नेत्र ज्योति संघ बाँकेद्वारा सञ्चालित फत्तेवाल आँखा अस्पताल फुल्टेक्रा नेपालगन्ज र ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा नेपालगन्ज फुल्टेक्राको संयुक्त सहकार्यमा निःशुल्क स्वास्थ्य जाँच शिविर आयोजना गरिएको थियो ।

गौरव स्मृति तथा वियोर सेल्फ फाउन्डेसनद्वारा आयोजना गरिएका निःशुल्क आँखा तथा कानको शिविरमा ५ सय २५ जना मध्ये आँखा तर्फ ३ सय ८० जनाको जाँच गरिएको जस मध्ये १९ जनालाई फत्तेबाल आँखा अस्पतालमा रिफर गरिएको र कान तर्फ १ सय ४५ जनाको चेक जाँच गरिएको थिया जस मध्ये १० जनालाई ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा नेपालगन्जमा रिफर गरिएको फाउण्डेसनका कोषाध्यक्ष बिजय कोरीले जनाएका छन् ।

उक्त शिविरमा आँखा तर्फ फत्तेबाल आँखा अस्पतालका छन्छुलाल चौधरी, निशा गौतम, उमेर अहमद सादिक लगायतले सहयोग गरेका थिए भने कान तर्फ ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा नेपालगञ्जका भिसन चौधरी, दामोदर चौधरी लगायतले प्राविधिकमा सहयोग गरेका थिए । यसैगरी फाउण्डेसनका अध्यक्ष मधु शाह, सचिव सुखराम ठाकुर, शिवम् गुप्ता, पाश्कल बिष्ट, शिवम् शाह लगायतको सक्रिय सहभागिता रहेको थियो ।

श्री १००८ हडिया बाबा मेलामा दशे बिदेशको विभिन्न ठाउँबाट आएका साधु सन्त, भक्तजन तथा सर्वसाधारणहरूलाई मन्दिर परिसरमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आँखा तथा कानको शिविर आयोजना गरिएको हो समाजसेवी तथा गौरव स्मृति तथा वियोर सेल्फ फाउन्डेसनका संस्थापक प्रदीप शाहले बताउनुभएको उहाँले फाउण्डेशनले स्वास्थ्य तथा अन्य क्षेत्रमा पनि निःशुल्क नागरिकहरूलाई सेवा प्रदान गर्ने गरेको बताउनुभएको छ ।

शिविरमा कान तथा आँखाका करिव ५ सय २५ जनाको आँखा तथा कानको चेकजाँच गरिएको थियो । ती मध्ये केहीलाई चश्मा र औैषधी निःशुल्क वितरण गरिएको फाउण्डेशनका संस्थापक प्रदीप शाहले जनाएका छन् ।

फाउण्डेशनले विभिन्न समयमा गरीब, असहाय तथा स्वास्थ्यको पहुँच भन्दा बाहिर रहेका नागरिकका लागि स्थानीय स्तरमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य राखी निःशुल्क शिविर आयोजना गरिदैं आई रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *