१० महिला सहित ६० जनाले गरे रक्तदान
नेपालगन्ज, ८ माघ – नयाँ सृजनशील सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडको आयोजनामा १० महिला सहित ६० जनाले माघ ७ गते सोमवार रक्तदान गरेका छन् ।
बाँकेको राप्तीसोनारी गाउँपालिका वार्ड नं.६ स्थित आयोजित रक्तदान कार्यक्रममा नयाँ सृजनशील सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडकी अध्यक्षकुमारी कमला चौधरी, प्रबन्धक तथा नेपाल स्वयंसेवी रक्तदाता समाज राप्तीसोनारीकी अध्यक्ष दिब्या गुरुङ्ग र नेपाल स्वयंसेवी रक्तदाता समाज बाँके शाखाका सल्लाहकार तथा शतक रक्तदाता पवन जायसवालले संयुक्त रुपमा प्राबिधिक होमराज गिरी र सुनिल रत्गैयालाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी उद्घाटन गर्नु भएको थियो ।
यसरी रक्तदान कार्यक्रममा नयाँ सृजनशील सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडकी अध्यक्ष कुमारी कमला चौधरी, प्रबन्धक तथा नेपाल स्वयंसेवी रक्तदाता समाज राप्तीसोनारीकी अध्यक्ष दिब्या गुरुङ्गले आफनो ज...









