Thursday, February 13सत्यम खबर
Shadow

बसुदेबपुरमा पाठेघर को मुखको क्यान्सर बिरुद्धको HPV खोप अभियान सम्पन्न

धर्म प्रकाश जायसवाल
नेपालगन्ज, १६ माघ – नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखाको आयोजनमा नेपालगन्ज वडा नं. १९ को बसुदेबपुर स्वास्थ्य चौकीको आतिथ्यमा १ दिने पाठेघरको मुखको क्यान्सर बिरुद्धको Human papillomavirus (HPV) खोप अभियान वड़ा स्तरीय अभिमुखीकरण तथा योजना तजुर्मा गोष्ठी सफलतापूर्वक सम्पन्न भएको छ ।

अभिमुखी कार्यक्रम सभापतित्व वड़ा अध्यक्ष परसुराम कुर्मीले गर्नु भएको थियो । कार्यक्रम बसुदेबपुर स्वास्थ्य शाखा सहप्रमुख सुनिल रत्न बज्राचार्यले गर्नु भएको थियो भने स्वास्थ्यकर्मी किरणले सहजिकरणका साथै खोपको महत्व, यसको प्रभावबारे जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षक, स्वास्थ्यकर्मी, समाजसेवी, स्वास्थ्य स्वयंसेविका, स्थानीय पत्रकार लगायतका ब्यक्तित्वहरुको उपस्थित रहेको थियो । सहभागीहरुले यही माघ २२ गतेबाट सञ्चालन हुने खोप अभियानलाई प्रभाबकारी रुपमा कार्यान्वयन गर्न सकेमा महिलाहरुको स्वास्थ्यमा सकारात्मक परिवर्तन ल्याउन सकिने बिश्वास समेत ब्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *