शिक्षा सुधारका लागि ध्यानाकर्षण सप्ताह व्यापी कार्यक्रम
नेपालगन्ज, १६ बैशाख – शिक्षाका बिभिन्न बिषयहरुमा सुधार गर्नका लागी ध्यानाकर्षण गराउनका लागी कार्यक्रम सप्ताह ब्यापी सञ्चालन भैई रहेको छ ।
एनसीई नेपाल जिल्ला कार्य समिति बाँकेको आयोजनामा जय पृथ्वी नमूना सामुदायिक सिकाई नेपालगन्जको सहकार्यमा सोमबार कार्यक्रमको पहिलो दिनमा शिक्षक, अभिभावक र अभियन्ताहरु बीच छलफल निःशुल्क र गुणस्तरीय अनिवार्य शिक्षा सम्बन्धी सप्ताह ब्यापी अन्तर्गत रैली तथा छलफल गरिएको छ ।
हरेक वर्ष यो कार्यक्रम बैशाख महिनामा सप्ताह ब्यापी गर्ने गरिन्छ । शिक्षामा रुपान्तरण हुनु प¥यो, गुणस्तरीय शिक्षा, शिक्षकलाई आवश्यक तालीम, दैनिक जीवनका लागी शिक्षा हुनुपर्छ । “शिक्षाले जीवन बचाउँन्छ, शिक्षा अधिकार सुनिश्चितता गरौं” भन्ने मूल नाराका साथ बिश्वभरका नागरिक समाजहरुले मनाउने शिक्षाका बिश्व ब्यापी कार्य सप्ताह–२०२५ शुरु भई रहेको छ ।
यसरी नेपालमा शिक्षाका लागी राष्ट्रिय अभ...









