Thursday, January 15सत्यम खबर
Shadow

आजको शुभ साइत कस्तो रहला ?

१७ पौष २०७७, शुक्रबार
आज चन्द्रमा कर्कट राशिमा छन् । त्यसैले उत्तर बाहेक अन्य दिशाको यात्रा शुभ छैन । आज शुक्रबार परेकाले पश्चिम दिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यता नै छ भने धार्मिक उपाय अपनाएर मात्र यात्रा गर्नुहोला ।

शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । यदि तपाइँ विशेष यात्रा गर्दै हुनुहुन्छ भने शुभ दिशामा मात्रै गर्नुपर्दछ ।

आजको शुभ लाभादि बेला

बिहान ६ः५२ बजेदेखि ८ः१० बजेसम्म चर बेला
बिहान ८ः१० बजेदेखि ९ः२८ बजेसम्म लाभ बेला
बिहान ९ः२८ बजेदेखि १०ः४६ बजेसम्म अमृत बेला
बिहान १०ः४६ बजेदेखि १२ः०५ बजेसम्म काल बेला
बिहान १२ः०५ बजेदेखि १ः२३ बजेसम्म शुभ बेला
दिनमा १ः२३ बजेदेखि २ः४१ बजेसम्म रोग बेला
दिउँसो २ः४१ बजेदेखि ३ः५९ बजेसम्म उद्धेग बेला
दिउँसो ३ः५९ बजेदेखि ५ः१७ बजेसम्म चर बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय ः बिहानमा १०ः३० देखि १२ः०० बजेसम्म राहुकाल समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *