सन्दर्भ २९९ औं : पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
टुक्रिएर रहेको बाइसे चौबिसे राज्यलाई एकिकरण गरी विशाल नेपाल राष्ट्रको निर्माण बडा महाराजाधिकार स्व. श्री ५ पृथ्वी नारायण शाहले गर्नु भएकोले नेपाली जनताको हृदयमा आजसम्म मौसुफ सरकारप्रति श्रद्धाभक्ति छ ।
अहिले देश विषम परिस्थीतीबाट गुज्री रहेकोले नेपाली जनता स्व. श्री ५ बडा मराजाधिकार पृथ्वीनारायण शाहले नेपाल राष्ट्रको निर्माणमा पु¥याएको योगदानको पुनः १ पटक स्मरण गर्न थालेका छन् । यो कुरा यथार्थ सत्य हो कि यो देश कुनै राजनीतिक दलको राजनेता ले बनाएका हौइनन बरु देश लाई बनाउन शाह वंशीय राजाहरुको देन छ । यहाँ शाहवंशीय राजाले देश र जनताको हक हितमा काम गर्नु भएकोले हिमालयको काखमा हामी नेपाली जनता शान्तिपूर्ण ढंगले बस्न पाएका छौं । यस बीच केही राजनेताहरु यस्ता छन्, जुन कि देशलाई आफ्नो बिर्ता जस्तो ठान्दै यहाँ विदेशीको चलखेल गराई आफ्नो भुडी भर्दै आएका छन् । स्व. बडा महाराजधिराज पृथ्वी नारायण शाहले देशको प्राचीन धर्म, संस्कृति सभ्यता र वैदिक साहित्यको संरक्षण सम्वद्र्धन गर्ने काम गर्नु भएको थियो । हिन्दु राष्ट्र उहाँको परिकल्पनामा थियो ।
यसैकारण उहाँले भन्नु भएको थियो, यो देश असलको हिन्दुस्थान हो तर आजका राजनेताले बडा महाराजाधिराज सरकारको परिकल्पनाको उपेक्षा गर्दै देशलाई धर्म निरपेक्ष गराई उहाँको अपमान गर्ने दुस्साहस गरेका छन् । मौसुफ सरकारको दिव्य उपदेशको मार्ग अनुसरण गरीए आज यो देश पुनः आफ्नो मूलधारमा पुग्न सक्छ ।
“राजाले विवेक राखि दिए देश–देशका सिपाही पनि आशा राखी आउ“छन् । सो भए तरवारिया सिपाही हात लाग्छन” ।, “सिपाही र दुनिया राजाका सार हुन्”, “राजाका सार भनेका सिपाही र रैतीहरु हुन् । राजा चतुर भए सिपाही र रैतीलाई हात–हात गरी लिई, राख्नु र हुलकुल (हुलदंगा) पनि हुन पाउ“दैन”
“अदालतको पैसा दरवार भित्र नहुल्नु फकीर, फकीरा, अतिथी, जोगी, सन्यासी ब्रम्हाणहरु यिनैलाई दक्षिणा भोजन चलाई दिनु । उप्रेका पैसाले दक्षिना चलाई धोती रुमाल लगाई दिनु । यसो भए असत्यको दोष लाग्दैन । कासिम अली नवाफ मकवानपुरमा चढी र छब्बीस (एक सय बीस) घुडाले काटी धम्काई सिमाना कटाई आए ।”
“लखनऊबाट तीन (जना) मुसलमान मेरो चाकरीलाई नुवाकोटमा पीछा परी आएका थिए । यिनै बन्दुकको तुलक लायत (सञ्चालन गर्ने काम) तिनै मुसलमानहरुले जानेका रहेछन् । शेखर जखर, ममतकी, (भेर्खासि (यी) तीनै जनालाई अजिटनी दिएर तिलंगा सधाएको हो ।” जित्ने छन् भन्ने हल्ला नेपालको किताब हेर्दा तुर्काना मगरात मुगलान हुने रहेछ र तुर्काना अघि भई गएछ । उपदेश दिँदै ईसाई–मुसाई यी दुवै हाम्रा शत्रु हुन, यिनीलाई सीमाबाटै कजाई दिनु जस्ता कुरा भन्नु भएको थियो । तर अहिले यस उपदेशको उल्टो काम भएको छ । जसलाई धपाउने कुरा मौसुफ सरकारले भन्नु भएको थियो उनीलाई देशमा भिœयाउने काम देशका राजनेताले गरेका कारण देशको राष्ट्रिय एकता र अखण्डता अहिले खतरामा पुगेको छ ।
हिन्दु एकता र राष्ट्र एकता र अखण्डताको लागि उहाँले नेपाल ‘चार जात छत्तीस वर्णको फुलवारी हो’ सबैलाई चेतना भया । यस उपदेशले के इ·गीत गर्छ भने हिन्दु धर्मावलम्बीमा ४ जात (वर्ण) ब्राम्हण, क्षेत्रीय, वैश्य र शुद्र छन् । यही समुदायमा छत्तीस जात वर्ण पनि छ । यिनीहरु मिलेर बसे मात्र देशको एकता अखण्डता अक्षुण्ण रहनेछ । तर दुर्भाग्यको कुरा हो, मौसुफले जुन समुदायलाई आफ्नो देशको शत्रु भन्नु भएको थियो उनी समुदायलाई भिœयाएर देशको शान्ति व्यवस्था खलल् प¥याउने काम भएकोछ ।
यहाँ उल्लेख गर्नु आवश्यक हुन्छ कि वि.सं. १७७९ पौष २७ गते गोरखामा श्री ५ पृथ्वी नारायण शाहको जन्म भयो । यस समय उहाँका बुुवा नरभुपाल शाह नेपाल उपत्यका लगायत बाइसी चौबीसी राज्यको विषम परिस्थितीको सामना गरी रहनु भएको थियो । बुवा नरभुपाल शाहको मृत्यु पश्चात वि.सं. १७९९ चैत्र २५ गते श्री ५ पृथ्वी नारायण शाह राजगद्दीमा आसीन होइबक्सियो तत्पश्चात उहाँले विशाल नेपालको एकीकरण गर्ने परिकल्पना र संकल्प गर्नु भयो । त्यसपछि उहाँ राजा भए लगत्तै नेपाल एकीकरणको अभियानको थालनी गर्नु भयो ।
यहा“ सर्वप्रथम उल्लेख गर्नु आवश्यक छ कि बडा महाराजाधिराजको नेपाल एकिकरण गर्ने अभियानलाई विशेषकर दलित समुदायले साथ दिएका थिए । यि दलित समुदायका व्यक्तित्वहरु थिए । विसे नगर्ची (दरवारमा नगरा बजउने) त्यस्तै मणीराम गन्धर्व (गाईने विर रसका गीत गाएर सबैलाई सेनामा सामिल हुने प्रेरणा दिने) त्यस्तै धजे सार्की, अम्मरे कामी, जस्था सार्की, भेखाजंग कामी (वनारसबाट ल्याईएका बन्दुक बनाउने र सेनालाई तालिम दिने व्यक्ति) त्यस्तै गुरु· जात मध्येबाट झागल गुरु·, वेसु गुरु·, नरसिंह गुरु·, दमा गुरु·, नराज गुरु·, लामा समुदायबाट (त्यसमा गुरु· दामा, तामा· लामा) (तिब्बत सिमानाका लामा) प्युवर लामा, दोर्जै लामा, दुधे लामा, मणिराम लामा, मगर जातीबाट मिग सिंह थामा मगर, सुरथ सिंह राना मगर, अंबर सिंह राना मगर, विराज थापा मगर, ग्यामी राजा मगर, पुजारी राना मगर, भाष्कार राना मगर, प्रवल राना मगर दनुवार जातीबाट सोठे दनुवार र गोरखाली राजाका मगर पुजारी रहेको इतिहासमा उल्लेरहेको पाईन्छ ।
मौसुफ सरकारमा आफ्नो पुर्वजहरुले राज्य बढाउन गरेको प्रयत्नको विषयमा कुरा सानैदेखि सुन्दै आएकोले यो काम गर्दा कसैप्र्रति पक्षपात नगरी “योग्य योग्याय दातव्यम, योग्य मानिसलाई योग्य कुरा दिनुपर्छ भन्ने प्रकारको नीति लिएकोले एकीकरण अभियानले सफलता पाउ“दै रह्यौ । श्री ५ बडा महाराजाधिराज पृथ्वी नारायण शाह राजगद्दीमा आसीन भएको समय पूर्व नेपालको आर्थिक सामाजिक र राजनैतिक अवस्थाले विकराल रुप लिई सकेको थियो र यस्तो अवस्थामा समाजको पुर्ननिर्माण गर्न साझा फुलवारी तैयार गर्नु पर्ने आवश्यक थियो । यस समय स्थानीय राजा रर्जौटा तथा सरकारहरुका राज्यका बीचको आपसी प्रतिस्पर्धाले गर्दा भै रहेको संघर्षले देशको उद्योग र बन्द व्यापार कृषि उपज आदिमा नोृक्सानी भई रहेको थियो । अर्का तिर दक्षिणबाट ब्रिटिस साम्राज्यवादको विस्तारले नेपालको स्वतन्त्र अस्तित्वले नेपालको स्वतन्त्र अस्तित्व माथि खतरा बढी रहेको थियो । श्री ५ बडा महाराजाधिराज पृथ्वी नारायण शाह सरकारले नेपालको एकीकरण गर्ने अभियान चलाएपछि उहाँले सर्वप्रथम नुवाकोट माथि आक्रमण गर्नु भयो । उपत्यका विजय गर्नुभन्दा पहिले नुवाकोट प्राप्त गर्नु भौगोलिक र राजनैतिक दृष्टिकोणले अत्यन्त नै आवश्यक भएको महसुस गरी वि.सं. १८०० मा नुवाकोट माथि आक्रमण गर्न काजी विराज थापा नेृतत्व गरेको फौजलाई पठाउनु भयो । यस बीच विराज थापाको फौज माथि विश्वास नगरी महेश्वर पन्तको अर्को फौज पनि पठाए तर युद्धमा यी दुवै फौजलाई हार खानु प¥यो । यस पराजयलाई पृथ्वी नारायण शाहलाई युद्ध कौशलमा नयाँ अनुभवको प्राप्ति भयो । एकीकरणका क्रममा संग्राम गर्नु अनिवार्य हुने र संग्रामको लागि बन्दुक बारुद आदि हात, हतियार प्रयाप्त व्यवस्था हुनु पर्ने र सैनिक संगठनलाई समेत समृद्ध गर्नुपर्ने आवश्यकताको अनुभव गरी यी सबैको कुराको बन्दोबस्त मिलाउने प्रयत्न स्वरुप हिन्दु स्थानको बनारस (काशी) जानु भयो । काशीबाट ससुराको सहयोगबाट हात हतियार खरीद गरी स्वदेश फिर्ता भएपछि आफ्ना सैन्यहरुलाई लडाईको लागि प्रशिक्षित गर्नु भयो । आफ्नो देश गोरखाको आन्तरिक र बाह्य सुरक्षाको व्यवस्था गरी वि.सं. १८०१ मा दोस्रो पटक पुनः नुवाकोट माथि हमला गर्नुभयो । यस पल्ट विजय श्री उहाँलाई प्राप्त भयो ।
नुवाकोट माथि गोरखाको विजय भएपछि काठमाण्डौले अन्नको भण्डार गुमाउनु प¥यो । चीन तिब्बत र काठमाण्डौं बीचको व्यापार, व्यवसाय गोरखाको हातमा पर्यो । यस पछि श्री ५ पृथ्वीनारायण शाह सरकारले गोरखासंग पराजित भएका नुवाकोटेहरु जुन भागेर बेलकोटमा पसी काठमाण्डौका तत्कालीन शासक जय प्रकाशको मद्दत लिई मोर्चाबन्दी गरेका थिए । यिनीहरुलाई धपाउन बेलकोट माथि आक्रमण गर्नुभयो । यस आक्रमणमा गोरखा फौजलाई ठूलो क्षति व्यहोर्नु परे पनि कालु पाण्डेको वीरता एवं साहसिक रण कौशलका कारण अन्तमा विजय गोरखा कै पक्षमा नै भयो । पछि ई.स. १८१९ मा गोरखा फौजले फर्पिंग बोडे र खोकना कब्जा गरी सके पछि ३ पटक कीर्तिपुर माथि हमला गर्नु भयो । जय प्रकाश मल्लको फौज एवं कीर्तिपुरका जनताको संयुक्त प्रत्याक्रमणबाट गोरखाली फौजलाई नराम्रो किसिमले पराजित हुनु प¥र्यो । युद्धमा सेनापति कालु पाण्डेले वीरगति प्राप्त गर्नुभयो । जीवन थापा र लाटा खत्री जस्ता गोरखाली सैनिक शहीद बने । पृथ्वीनारायण शाहलाई आफ्नो जिउ ज्यान जोगाउन साह्रै नै गाह्रो भएको थियो । यसपछि गोरखाले वि.सं. १८१९ भाद्र ९ गतेको दिन राती मकवानपुर माथि विजय प्राप्त ग¥र्यो । यसै बीच पृथ्वी नारायण शाहले गुर्गीन खानको मुसलमान फौजको हमलालाई असफल पार्नु भएकोले यिनैको सैन्य बलमा उत्साह र जांगर थपियो । पराजित मुसलमान फौजको केही बन्दुक, तोप आदि हतियार समेत हात लाग्यो ।
कीर्तिपुरको प्रथम लडाईमा नराम्रोसंग हार खाएपछि नेपाल उपत्यका हात लगाउने काममा पृथ्वी नारायण शाह बराबर संलग्न हुनु हुन्थ्यो ।
यसै कारण वि.सं. १८२१ आश्विन ४ गते सूर प्रताप शाहको नेतृत्वमा गोरखाली फौजले कीर्तिपुर माथि दोस्रो पटक आक्रमण ग¥र्यो । यस युद्धमा सूर प्रताप शाहको आ“खा फुट्यो । दलजीत शाह घाइते बनाइए र धेरै गोरखाली सेनाहरु मारिए । बाँचेका सैनिक ज्यान जोगाई दहचोक पुगे । वि.सं. १८२२ चैत्र ३ गते गोरखाले तेस्रो पटक अकस्मात आक्रमण गरी कीर्तिपुर माथि विजय प्राप्त ग¥र्यो । कीर्तिपुर विजयले गर्दा लम्जु·का राजा वीर मर्दन शाह रिसले भुतुक्कै भई गोरखा क्षेत्रमा आक्रमण गर्न पठाए । तर गोरखाली सेनाको अप्रत्याशित आक्रमणले आत्मसमर्पण गर्न उनीहरु बाध्य भए भने अर्को तर्फ उपत्यकाका राजाहरुमा डर त्रास छायो । श्री ५ पृथ्वी नारायण शाहको विजय अभियान चल्दै थियो कि काठमाण्डौंका राजा जय प्रकाश मल्लको आग्रहमा कप्तान किनलोकको नेतृत्वमा पुग्यौ । सिन्धुली गढीमा गोरखाली फौजसंग अंग्रेजको नराम्रो ढंगले हार भयो । अंग्रेजहरुलोई अपमान सहेर फर्किनु प¥र्यो । किनलोक आग्रहलाई रणजीत मल्लले स्वीकार नगरेको हुँदा वि.सं. १८२६ कात्र्तिक शुक्ल द्वादसीका दिन गोरखाली फौजले भक्तपुर माथि आक्रमण ग¥यो । अन्तमा विजय पनि हासिल ग¥यो । यसपछि पूर्वतिर चौदण्डी, मोर· र किरांत प्रदेशमा गोरखाली फौज क्रमिक रुपमा विजय प्राप्त गर्दै आफ्नो एकीकरणको अभियान अगाडि बढाउ“दै रहयौ ।
यसै क्रममा लिम्बुवान प्रदेशका राजाहरुले पृथ्वी नारायण शाह समक्ष आत्मसमर्पण गरी राष्ट्रिय एकीकरणको अभियानको गतिशीलतामा सहयोग गरे । त्यस्तै पश्चिममा रिसिंग ढोर पैयु र मीरकोट आदि ठाउँमा विजय प्राप्त गरीयो । पृथ्वी नारायण शाहको अन्य पश्चिमी क्षेत्रहरुमा समेत विजय गर्ने ठूलो अभिलाषाहरु थियो । तर उहाँको अस्वस्थ्यताको कारण पश्चिम अभियान पुरा हुन सकेन जुन इच्छा उनको बुहारी राजेन्द्र लक्ष्मी देवी शाह (प्रताप सिंह शाह की महारानी) र कान्छा छोरा बहादुर शाहले पुरा गरेको थिए । यसरी विभिन्न बाइसी चौबीसी स–साना राज्यहरुमा विभक्त नेपाललाई एउटै राष्ट्रको रुपमा निर्माण गरी अन्ततः वि.सं १८३१ मकर संक्रान्तिका दिन ५२ वर्षको उमेरमा नेपाल राष्ट्रका निर्माता श्री ५ बडा महाराजाधिराज नेपालको एकीकरणको अभियान पुरा गरी स्वर्ग तर्फ प्रस्थान गरी बक्सियो । उहाँले गरेको साहसिक कार्य नेपालका वर्तमान राजनेताले अहिले बिर्सेका छन् । तर सम्पूर्ण नेपालीको हृदय र मानस पटलमा उहाँको याद आज पनि ताजै छ । आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको पावन अवसरमा देशका महान हुतात्मा स्व. मौसुफ सरकार प्रति भावपूर्ण श्रद्धाञ्जली सम्पूर्ण नेपाली जनता अर्पण गरी रहेका छन् ।