आजदेशि व्याडमिन्टन प्रतियोगिताको शुभारम्भ
नेपालगन्ज, ९ जेष्ठ – नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोग तथा पुर्ब खेलाडी समाज बाँकेको आयोजनामा आज शुक्रबारदेखि ब्याडमिन्टन प्रतियोगिताको शुभारम्भ गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त बिष्टको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको खेलमा पूर्व खेलाडीहरु, पूर्व खेलाडी समाज बाँकेका पदाधिकारीहरु, सशस्त्र प्रहरीका डिएसपी, खेलाडीहरु लगायतको सहभागिता रहेको थियो ।
उपमहानगर प्रमुख बिष्टले उद्घाटन सत्रको शुभकामना मन्तब्य दिंदै पूर्व खेलाडीहरु जस मार्फत देश विदेशमा देशको नाम चिनाउन सफल भएको हुँदा ती पूर्व खेलाडीहरुलाई आउने समयमा उपमहानगरमार्फत सम्मान गर्न सके अझ राम्रो हुने बताउँदै सहभागी खेलाडीहरुलाई सफलताको शुभकामना दिएका थिए ।
आजबाट शुरु गरिएको व्याडमिन्टन खेल प्रतियोगितामा करीब १ सय १६ बढी खेलाडीहरुले नामावली दर्ता गरिएको ब्याडमिन्टन खेलाडी अनिल लाखेले जानकारी गराएका छन्...









