Saturday, April 18सत्यम खबर
Shadow

चीनले सीमा अतिक्रमण गरेको प्रतिवेदन गृहमन्त्रीलाई बुझाईयो, फिर्ता ल्याउन लिए एक्सन

नेपालगन्ज, ११ असोज – हुम्लाको लिमी लाप्चादेखि हिल्सासम्मको सीमा समस्या अध्ययन गर्न गठित नेपाल–चीन सीमा अध्ययन समितिले नेपाल सरकारलाई तयार गरिएको प्रतिवेदन बुझाएको छ ।
गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यको संयोजकत्वमा गठित समितिले आईतबार मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको हो । मन्त्रिपरिषद् बैठकले १६ भदौमा चीनसँगको सीमा अध्ययनका लागि समिति बनाएको थियो ।
प्रतिवेदन बुझ्दै मन्त्री खाणले समितिले स्थलगत अध्ययन गरेर सत्यतथ्य पत्ता लगाई तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्न आफूले पहल गर्ने बताए । ‘यहाँहरूले स्थलगत अध्ययन गरी हुम्लाको लिमी लाप्चादेखि हिल्सासम्मको सीमाबारे सत्य तथ्य जानकारी समेटेर प्रतिवेदन बनाउनुभएको छ । यसले मुलुकका अन्य स्थानमा रहेका सीमाबारे पनि अध्ययन गर्न बाटो खुलेको छ,’ प्रतिवेदन बुझ्ने क्रममा खाँणले भने, ‘अध्ययनमा यहाँहरूले औँल्याउनु भएका विषयवस्तु कार्यान्वयन गर्न सरकारले प्राथमिकताका साथ पहल गर्नेछ’ बताउनुभयो ।


उनले अध्ययन प्रतिवेदले त्यस क्षेत्रको अतिक्रमित भू–भाग रक्षा गर्न र त्यहाँको सर्वसाधारणहरुको जनजीवन बुझ्न पनि महत्वपूर्ण हुने बताएका थिए । सीमा अध्ययन टोलीमा नापी विभागका उपमहानिर्देशक सुशील डंगोल, नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक प्रदीपकुमार पाल र राष्ट्रिय अनुसन्धान विभागकका सहअनुसन्धान निर्देशक कुशोरकुमार श्रेष्ठ रहेका थिए ।
यसैबीच गृहमन्त्री खाँडले प्रतिवेदन कार्यान्वयनका लागि गृहसचिव टेकनारायण पाण्डेलाई हस्तान्तरण गरेका छन् । अब प्रतिवेदन कार्यान्वयनमा आउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *