Monday, April 13सत्यम खबर
Shadow

रोयल नेपालगन्ज नकआउट फुटबल च्याम्पियन

नेपालगन्ज, २८ पौष – रोयल नेपालगन्ज फुटबल क्लबले बाँके जिल्ला व्यापी नकआउट फुटबल प्रतियोगितामा च्याम्पियन बनेको छ ।
नेपालगन्ज रंगशालामा मंगलबार भएको फाइनल खेलमा रोयलले नेपालगन्ज स्र्पोटिङ क्लबलाई २–० ले पराजित गर्दै च्याम्पियन बनेको हो । रोयलको जितमा दुबै गोल संजय थापाले गरेका थिए । उनले खेलको ७ मिनेटमा पहिलो गोल गरेका थिए भने दोस्रो गोल इन्जुरी समयमा ८३औं मिनेटमा गरेका थिए ।


च्याम्पियन बनेको रोयल बाँके जिल्ला लिग फुटबलका लागि छनोट भएको छ । माघ महिनामा हुने लिग फुटबलमा बाँकेका १२ क्लबले प्रतिस्पर्धा गर्ने छन् ।
मंगलबार एक समारोहका बिच विजेता तथा उपविजेता खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथि अखिल नेपाल फुटबल संघ(एन्फा)का अध्यक्ष दिर्घबहादुर केसी कुमार, एन्फा सदस्य प्रदेश सिंह राठौंर, आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही, लुम्बिनी प्रदेश फुटबल संघका उपाध्यक्ष तथा बर्दिया जिल्ला फुटबल संघका अध्यक्ष अजितराज भण्डार, लुम्बिनी प्रदेश फुटबल संघका उपाध्यक्ष सुर्यमणी अधिकारी, एन्फाका पुर्व उपाध्यक्ष गोर्वधनसिंह सम्झना, क्षेत्रीय खेलकुद विकास समिति लुम्बिनी प्रदेशका कार्यालय प्रमुख महेश चन्द, लेखा प्रमुख मीन जिसी, बाँके जिल्ला खेलकुद विकास समिति अध्यक्ष मोहित शाह लगायतले पुरस्कृत गरेका थिए ।


बाँके जिल्ला फुटबल संघको आयोजनामा पुस २४ देखी सुरु भएको प्रतियोगितामा बाँकेका पाँच क्लबले प्रतिस्पर्धा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *