Thursday, June 25सत्यम खबर
Shadow

आस्था

महिला भलिबल खेलाडी नगदसहित सम्मानित

महिला भलिबल खेलाडी नगदसहित सम्मानित

आस्था, खेल, प्रदेश १, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौं, २१ माघ – नेपाली राष्ट्रिय भलिबल टोलीका खेलाडीहरु सम्मानित भएका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित सम्मान कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र युवा तथा खेलकुद मन्त्री महेश्वरगंज गहतराज (अथक) ले “बंगबन्धु एशियन सेन्ट्रल जोन महिला भलिबल च्यालेञ्ज कप” विजेता महिला भलिबल टोलीका खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई सम्मान गर्नुभएको हो । गत पुस ६ देखि १६ गतेसम्म बंगलादेशको राजधानी ढाकामा सञ्चालन भएको प्रतियोगितामा नेपाली महिला टोलीले उपाधि जितेको थियो । नेपालले उपाधि जितेलगत्तै युवा तथा खेलकुद मन्त्री अथकले नगद पुरस्कारको घोषणा गर्नुभएको थियो । मन्त्री अथक कै पहलमा पौष १४ गते बसेको मन्त्री परिषदको बैठकले उपाधि बिजेता टिमका १२ खेलाडीहरुलाई जनही ५÷५ लाख, २ जना प्रशिक्षकलाई जनही ३ लाख र १ जना अफिसियललाई २ लाख नगदले पुरस्कृत गर्ने निर्णय गरेकोे थियो । ...
फुटबल प्रशिक्षक अल्मुताइरी सम्मानित

फुटबल प्रशिक्षक अल्मुताइरी सम्मानित

आस्था, खेल, प्रदेश १, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौं, २१ माघ – नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी सम्मानित हुनुभएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले अल्मुताइरीलाई नगदसहित सम्मान गर्नुभएको हो ।युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) को विशेष पहलमा गत कात्र्तिक १ गते बसेको मन्त्री परिषदको बैठकले बंगलादेशमा सम्पन्न साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता हुन सफल नेपाली फुटबल टोलीका खेलाडी तथा प्रशिक्षकलाई नगद पुरस्कारले सम्मान गर्ने निर्णय गरेको थियो । असोज १५ देखि ३० गतेसम्म आयोजना भएको १३ औं संस्करणको साफ च्याम्पियनसिपमा इतिहास रच्न सफल राष्ट्रिय टोलीका खेलाडीलाई जनही ५ लाख तथा प्रशिक्षकलाई ३ लाख नगद पुरस्काले पुरस्कृत गर्ने निर्णय अन्तर्गत अल्मुताइरीलाई सम्मान गरिएको हो ।यसअघि सरकारले गत पुष ६ गते नेपाली राष्ट्रिय फुटबल ...
किसानकाे समस्या समाधान गर्न ज्ञापनपत्र

किसानकाे समस्या समाधान गर्न ज्ञापनपत्र

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
जानकी, २० माघ - अखिल नेपाल किसान महासंघले आज ज्ञापन पत्र बुझाएको छ । बाँकेको जानकी गाउँपालिकामा अखिल र अखिल नेपाल किसान महासंघ जानकी गाउँपालिका कमिटीले आज गाउँपालिकाको कावा अध्यक्ष भूमिसरा धिताललाई ज्ञापन पत्र बुझाएको छ । अखिल नेपाल किसान महासंघले आम किसानहरूको हकहित र अधिकार कृषि विकास र खाय सम्प्रभतासंग सम्बन्धित तपसिलमा उल्लेख गरिएका मागहरू पूरा गर्नको लागि जोडदार माग गरिएको छ । यही कार्तिकको पहिलो सातामा आएको अरिवल वर्षमा परी डुवानका कारण किसानहरुमा पर्न गएको क्षतिपूर्ति वापतको राहत तुरन्त उपलब्ध गराउन माग गरिएकाे छ । धान रोपाई मात्र होइन बालीमा समेत रासायनिक मलको चरम अभाव देखिएकाे हुँदा मलको साथै आपूर्तिको व्यवस्था गर्न माग गरिएको ज्ञापनपत्रमा उल्लेख गरिएकाे छ। वर्तमान सरकारले भूमि समस्या समाधान आयोग खारेज गरी केपी ओली नेतृत्व सरकारले भूमिहीन किसानलाई जग्गा धनी प्रमाण पुर्जा ...
एआएनका अध्यक्ष कोइरालालाई नेपालगन्जमा सम्मान

एआएनका अध्यक्ष कोइरालालाई नेपालगन्जमा सम्मान

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज २०, माघ – अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरुको नेटवर्क एशोसिएशन अफ इन्टरनेशन एनजियोज नेपालका अध्यक्ष डा. शुसिल कोइरालाले नेपालका गैरसरकारी सस्थाहरुको भुमिका महत्वपुर्ण रहेको बताउनु भएको छ । अध्यक्ष कोइरालाले नेपालका विभिन्न समस्या र सवालको उठान नागरिक समाजले उठाएर सरोकारवाला निकायलाई कार्यन्वयन गर्नमा मद्दत पुरयाएको बताउनुभयो । सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जद्धारा आज बुधबार आयोजित अध्यक्ष कोराइलाको स्वागत तथा भेटघाट कार्यक्रममा अध्यक्ष कोइरालाले सरकारका हरेक काम कारवाही प्रक्रियालाई सहयोग पुरयाएको भन्दै राज्यले हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो (‘नेपालको लोकतान्त्रिक व्यवस्थामा नागरिक समाजविना राज्यको परिकल्पना गर्न सकिन्दैन । त्यसैले नागरिक समाजको रक्षा गर्न सरकारको प्रमुख जिम्मेवारी हो ।’ कार्यक्रममा नेपाल बा...
प्रआ शर्माकाे सक्रियतामा २ सय ३० बालबालिकाहरूलाई खाेप लगाईयाे

प्रआ शर्माकाे सक्रियतामा २ सय ३० बालबालिकाहरूलाई खाेप लगाईयाे

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १९ माघ - १२ वर्षदेखि १७ वर्ष उमेर समूहकाे खाेप लगाउने क्रममा आज २ सय ३० जना बालबालिकाहरूलाई खाेप लगाईएकाे छ । नेपाल राष्ट्रिय आधारभूत विद्यालयले स्वास्थ्य चौकी गुरुवागाउँ वडा नम्बर ५ को सहयोगमा बालबालिकालाई कोरोना विरुद्धको खोप लगाएका छन् । विद्यालयले कोरोना विरुद्धको खोप लगाउन आउन आह्वान गरेपछि बालबालिकाहरु स्वस्फूर्त रुपमा विद्यालय उपस्थित भइ खोप लगाएका छन् । १२ देखि १७ बर्ष उमेरका खोप लगाउने बालबालिकाको सहभागिता र खोप प्रति बढेको चासो देखेर हामी उत्साहित भएका प्रधानाध्यापक संध्या शर्माले बताएका छन् । यो भन्दा पहिलेको खोप अभियानमा जानकीका सर्वसाधारणले खासै चासो नदिए पनि अभिभावकले बालबालिकालाई खोप लगाउन उत्साहित भएका छन् । कोरोना विरुद्धको खोप लगाउनु पर्छ भन्ने चेतना यहाँका सर्वसाधारणमा बढेको छ । अहिले अभिभावकहरु उमेर पुगेका आफ्ना छोराछोरीलाई विद्यालयको खोप केन्द्रमा ख...
बाँकेकाे विकासमा काँग्रेसकाे महत्वपुर्ण भुमिका- सहमहामन्त्री राठौर

बाँकेकाे विकासमा काँग्रेसकाे महत्वपुर्ण भुमिका- सहमहामन्त्री राठौर

आस्था, प्रदेश ५, राजनीति, समाचार, समाज
नेपालगन्ज, १८ माघ - नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले स्थानीय तहको चुनावको तयारीमा जुट्न आह्वान गरेका छन् । नेपाली काँग्रेस नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ को कार्यालय उद्घाटन गर्दै राठौरले स्थानीय तहको निर्वाचन जेष्ठ महिनामा सम्पन्न गर्ने तयारी रहेकाेमा पार्टीलाई जिताउन टोलटोलमा प्रतिबद्ध भएर कार्यकर्ता लाग्न आग्रह गरेका छन् । १४औं महाधिवेशनबाट विधानमा टोल कार्यसमिति गठन गर्ने प्रावधान राखिएको जानकारी गराउँदै सहमहामन्त्री राठाैरले टोल-टोलमा धमाधम कार्यसमिति गठन गर्दै पार्टीको माहोल बनाउन निर्देशन दिएका छन् । वडा कार्यालय स्थापना गरेकोमा खुसी लागेको भन्दै उनले ६ नम्बर वडा आफ्नो वडा समेत भएकाेले संगठन राम्रो होस् भन्ने आफ्नो चाहना रहेको बताउनुभयाे । "टोल कार्यसमिति गठन गर्दै कसरी काँग्रेसलाई मजबुत गर्न सकिन्छ, त्यतातिर लाग्नुस्," उहाँले भन्नुभयाे । सहमहामन्त्र...
नेपाली काँग्रेसकाे ६ नं. वडा कार्यालय भाेलि मंगलबार उद्घाटन हुने

नेपाली काँग्रेसकाे ६ नं. वडा कार्यालय भाेलि मंगलबार उद्घाटन हुने

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, १७ माघ - नेपाली काँग्रेस बाँकेकाे नेपालगन्ज उपमहानगरपालिका फुल्टेक्रा वडा नं. ६ काे वडा कार्यालय भाेलि मंगलबार उद्घाटन हुने भएकाे छ । वडा कार्यालयकाे उद्घाटन नेपाली काँग्रेसका केन्द्रीय सह-महामन्त्री किशोर सिंह राठौरको प्रमुख आतिथ्यमा सम्पन्न हुने बताईएकाे छ । उक्त उद्घाटन कार्यक्रममा नेपाली काँग्रेस वडा समिति ६ का सक्रिय सदस्य, पार्टी कार्यकर्ता शुभचिन्तक, शुभेच्छुक र अतिथिहरूको सहभागिता रहने बताईएकाे छ । नेपाली काँग्रेसको सङ्गठनात्मक एकजुटताका साथै वडाबासीका बृहत सामाजिक कार्यमा समन्वयात्मक सहजिकरणमा टेवा पुग्ने उद्देश्यका साथ वडा कार्यालय उद्घाटन गर्न लागिएकाे जनाईएकाे छ । अनवरत २०४८ सालदेखि वडा नम्बर ६ स्थानीय स्तरको चुनावमा हारबेहोर्दै आएको हुँदा नेपाली काँग्रेस कार्यकर्ताहरूमा नयाँ जाेश र उर्जा थपिदिए वडा नेताहरूकाे भनाई रहेकाे छ ।...
एक स्थानबाट अर्को स्थानमा बालबालिकालाई लैजान अनुमति लिनुपर्ने

एक स्थानबाट अर्को स्थानमा बालबालिकालाई लैजान अनुमति लिनुपर्ने

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १७ माघ – बालबालिकालाई अभिभावक बाहेक अरूले एक स्थानबाट अर्कोमा लैजान जिल्ला प्रशासन कार्यालयको अनुमति लिनु पर्ने भएको छ ।गृह मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै आमा–बुवा र अभिभावक बाहेक अन्य व्यक्ति वा संस्थामार्फत् बालबालिकाहरूलाई नेपालभित्र एक स्थानबाट अर्को स्थानमा लैजानु परेमा सम्बन्धित स्थानीय तहको सिफारिस लिन भनिएको छ । सो सिफारिस जिल्ला प्रशासन कार्यालयको स्वीकृतिमा मात्रै लैजान पाउने मन्त्रालयले जनाएको छ । बालबालिकालाई अध्ययनको राम्रो अवसर दिलाउने, पालन पोषण गरिदिने भन्दै संघ संस्थाको नाममा बालबालिकाहरूलाई लिने र विदेश पठाएर घरेलु कामदारको रूपमा प्रयोग गरेको भन्ने गुनासो तथा उजुरी मन्त्रालयमा परेको थियो ।साथै बालबालिकाहरूलाई यौन शोषण गर्नेलगायतका गैरकानुनी क्रियाकलापमा समेत सहभागी गराएको भन्ने उजुरी परेको थियो ।नेपालबाट विदेशमा शैक्षिक प्रयोजनको लागि शिक्षा, वि...
अति विपन्न परिवारलाई खाद्यान्न तथा न्यानो कपडा वितरण

अति विपन्न परिवारलाई खाद्यान्न तथा न्यानो कपडा वितरण

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १६ माघ - नेपालगन्ज उपमहानगरपालिकाको समन्वयमा केयर नेपाल, एक्सन एड नेपाल, मर्सीकोर र बि–ग्रुपद्वारा सञ्चालित शीत लहर आपतकालीन प्रतिकार्य परियोजना अन्तर्गत नेपालगन्ज उपमहानगरपालिकाका वडामा रहेका अति विपन्न परिवारलाई खाद्यान्न तथा न्यानो कपडा सामग्री वितरण गरिएको छ । आईतवारदेखि सुरु भएको सो खाद्यान्न तथा न्यानो कपडा वितरण कार्यक्रममा पहिलो दिन वडा नं. १, ४ र वडा नं. ११ का २५ जना अति विपन्न परिवारलाई खाद्यान्न तथा न्यानो कपडा वितरण गरिएको छ । सो कार्यक्रम अन्तर्गत नेपालगन्ज उपमहानगरपालिका भित्र रहेको शीत लहरबाट  प्रभावित अति विपन्न १ सय ७० धरधुरीले भौचर मार्फत रु १३,५०० बराबरको खाद्यान्न तथा न्यानो कपडा सामाग्री प्राप्त गर्ने छन् साथै ४० जना गर्भवती र सुत्केरी महिलाले रु.२००० बराबरको पोषण खाद्यान्न प्राप्त गर्ने छन् । नेपालगन्ज उपमहानगरपालिका भित्रका अति विपन्न परिवारहरुल...
अति विपन्न १५० जना बृद्धबृद्धालाई कम्मल वितरण

अति विपन्न १५० जना बृद्धबृद्धालाई कम्मल वितरण

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १५ माघ - चिसो र शितलहरबाट अत्याधिक प्रभावित बर्दिया जिल्लाको गेरुवा गाउँपालिका र राजापुर नगरपालिकाका १३३ र नेपालगन्जका १७ जना अति विपन्न परिवारका बृद्ध बृद्धालाई बाँके युनेस्को क्लबले कम्मल वितरण गरेको छ । नेपाल युनेस्को क्लबहरुको राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष दिपक सरकारको सहकार्यमा प्राप्त भएका कम्मलहरुलाई बाँके युनेस्को क्लबले गेरुवा गाउँपालिका र बर्दिया युनेस्को क्लब टपराको समन्वयमा वितरण गरिएको हो । गेरुवा गाउँपालिकामा ९० जना, राजापुर नगरपालिकामा ४३ जना र नेपालगन्जका १७ जना अतिविपन्न बृद्धबृद्धालाई कम्मल वितरण गरिएको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो । शनिवार बर्दियाको गेरुवा र राजापुरमा आयोजित कार्यक्रममा युनेस्को आयोगका सहायक महासचिव डा. बाबुराम अधिकारी, युनेस्को आयोगका सदस्य हरिबंश किरात, युनेस्को आयोगका सदस्य तथा युनेस्को क्लब महास...