Wednesday, April 22सत्यम खबर
Shadow

प्रआ शर्माकाे सक्रियतामा २ सय ३० बालबालिकाहरूलाई खाेप लगाईयाे

नेपालगन्ज, १९ माघ – १२ वर्षदेखि १७ वर्ष उमेर समूहकाे खाेप लगाउने क्रममा आज २ सय ३० जना बालबालिकाहरूलाई खाेप लगाईएकाे छ ।

नेपाल राष्ट्रिय आधारभूत विद्यालयले स्वास्थ्य चौकी गुरुवागाउँ वडा नम्बर ५ को सहयोगमा बालबालिकालाई कोरोना विरुद्धको खोप लगाएका छन् । विद्यालयले कोरोना विरुद्धको खोप लगाउन आउन आह्वान गरेपछि बालबालिकाहरु स्वस्फूर्त रुपमा विद्यालय उपस्थित भइ खोप लगाएका छन् ।

१२ देखि १७ बर्ष उमेरका खोप लगाउने बालबालिकाको सहभागिता र खोप प्रति बढेको चासो देखेर हामी उत्साहित भएका प्रधानाध्यापक संध्या शर्माले बताएका छन् । यो भन्दा पहिलेको खोप अभियानमा जानकीका सर्वसाधारणले खासै चासो नदिए पनि अभिभावकले बालबालिकालाई खोप लगाउन उत्साहित भएका छन् ।

कोरोना विरुद्धको खोप लगाउनु पर्छ भन्ने चेतना यहाँका सर्वसाधारणमा बढेको छ । अहिले अभिभावकहरु उमेर पुगेका आफ्ना छोराछोरीलाई विद्यालयको खोप केन्द्रमा खटिएका कर्मचारीले पनि कोरोना विरुद्धको खोप लगाउने बालबालिकाको सहभागिता उत्साहजनक रहेको बताए ।

बुधबार विद्यालयका करीब २ सय ३० जना बालबालिकालाई कोरोना विरुद्धको पहिलो मोर्डेनाडोज खोप लगाएको प्रधानाध्यापक संध्या शर्माले जानकारी गराउनुभयाे ।

उक्त सेन्टर अन्तर्गत २ मदरसा र रामगाउँ प्र.बि.बिद्यालयका सम्पुर्ण बालबालिका तथा समुदायमा रहेका १२ देखी १७ सम्म उमेर भएका सबै बच्चालाई खोप लगाउनुका साथै स्थानिय बालबालिकाहरूलाई समेत खाेप कार्यक्रममा सहभागी गराई खाेप लगाईएकाे प्रआ शर्माले बताउनुभयाे ।

उक्त खाेप कार्यक्रममा स्वस्थ्य चौकिका प्रमुख तामलाल बेल्बेसे देवबहादुर खत्री, प्रतीक्षा अर्याल, माया रिजाल सहायक सकिर खान, बिजाय लक्ष्मी मिश्रा, मीना भण्डारी , बिन्दु बर्नवाल, येमकुमारी सिंह, भक्तकुमारी योगिलगायतले सहयाेग गरेकाे थिए भने कार्यालय सह्योगी बजरङी कोरीकाे समेत सहभागिता रहेकाे प्रआ शर्माले बताउनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *