Wednesday, April 22सत्यम खबर
Shadow

नेपाल, टाट पल्टिन लागेको अर्थतन्त्र जोगाउन भारतले काँध थाप्यो

काठमाण्डौ, ८ बैशाख – प्रधानमन्त्री शेरबहादुर देउवाको हालैको भारत भ्रमणले दुई देशको सम्बन्धमा आईसब्रेक गर्दै नयाँ उचाइमा पुर्याएको छ ।

भ्रमण नेपाली परिप्रेक्ष्यमा महत्त्वपूर्ण सावित भभएको छ । यस क्षेत्रको समग्र रणनीतिक हितका कारण भारतको लागि पनि भ्रमण महत्त्वपूर्ण रह्यो । यो समाचार पनि पढ्नुहोला – दार्चुलामा विद्यालय तथा स्वास्थ्य चौकी भवन र धादिङमा सिँचाइ परियोजनाको निर्माणमा भारतीय सहयोग

सीमा विवाद र चुच्चे नक्सा प्रकरणले तीन वर्ष भ्रमण आदान प्रदान नभएको भारतमा प्रधानमन्त्रीले ब्रेक थ्रु गर्दै दिल्ली भ्रमणमा गए । यसले सम्बन्धलाई न्यानो बनाउने मात्र होइन, द्विपक्षीय सम्बन्धलाई पनि सुदृढ बनायो ।

अर्कोतिर भरतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि खुसी भए । प्रधानमन्त्री देउवालाई भारतको पुरानो मित्र भन्दै दुई देशबीचको सम्बन्ध विकासमा उनको भूमिकाको प्रशंसा गरे। देउवाले महामारीविरुद्ध लड्न नेपाललाई भारतले गरेको सहयोगको प्रशंसा गरे, जसमा नेपालले पाएको भ्याक्सिन, औषधि, चिकित्सा उपकरणबारे चर्चा गरे ।

महामारीले सबैतिर आर्थिक संकट निम्त्याएको छ, नेपाल पनि अछुतो छैन । यसले आर्थिक वर्ष २०२० मा अर्थतन्त्र १.९ प्रतिशतले संकुचित भएको छ । यद्यपि सुधारको सकारात्मक संकेतहरु देखिन थालेका छन् । तर अर्थतन्त्रलाई ट्रयाकमा फर्काउन ठूलै साझेदारी आवश्यक छ । यो समाचार पनि पढ्नुहोला – चीनले निर्यातमा गरेको प्रतिबन्धबारे नेपाल बोल्न सक्नुपर्छ’ ‘ऋण लिँदा प्राथमिकता निर्धारण गर्नुपर्छ’

विश्व बैंकको प्रक्षेपणमा आर्थिक वर्ष २०२२ मा ३.९ प्रतिशतको मध्यम वृद्धिदरको पछाडि सन् २०२१ को २.७ प्रतिशतको वृद्धि योगदान छ । अहिले नेपालको ढुकुटीमा पैसा छैन । घाटा ३.२ प्रतिशत छ र अनुमानित राज्यकोष घाटा घरेलु उत्पादनको ८ प्रतिशत छ।

नाकाहरुमा चीनको नाकाबन्दीले वस्तुको आवागमनमा अवरोध गर्दा मुद्रास्फीर्ति थपिएको छ। विदेशी मुद्राको अभावले राज्य नै श्रीलंकाको बाटोतर्फ अग्रसर भइरहेको छ ।

यस्तो प्रतिकुल अवस्था भएको भ्रमणको महत्व बढेको छ। दुई देशबीच कनेक्टिविटी, लगानी र व्यापारमा भएका कैयौ सम्झौतामा हस्ताक्षर भएको छ। जसले व्यपारीक सम्बन्धलाई घनिष्ठ बनाएको छ ।

भारतको सहयोगमा बनेको कुर्था-जयनगर सीमा पार रेललाई हरियो झण्डा देखाएर दुबै नेताले उदघाटन गर्नु, संयुक्त रूपमा सोलू करिडोर १३२ केभी प्रसारणलाइनको उदघाटन उदघाटन गर्नुले नेपाल-भारतको सम्बन्धलाई अझै मजबुत बनायो । त्यस्तै भारतीय बैंकका एटिएम कार्ड नेपालमा चल्ने रुपे कार्ड सञ्चालनमा आउनु, यसले भारत र नेपालसहित भुटानदेखि सिंगापुर युएईसम्मका नागरिक डिजिटल कारोवारबाट लाभाम्वित भएका छन् । वित्तीय कनेक्टिभिटी र सुविधामा सहयोग पुग्नुका साथै रुपे कार्डमार्फत द्विपक्षीय पर्यटक आवागमनका साथै जनताबीचको सम्बन्धलाई सुदृढ बनाउने बाटो खोल्यो । नेपालमा कार्डको सुरुवातले आर्थिक सहजताका लागि नयाँ बाटो मात्र नभई नेपालको इकोसिस्टमलाई, भुक्तानी प्रणालीलाई पनि उचाइमा पुर्याउने अपेक्षा गरिएको छ ।

साथै भ्रमणको अति महत्वपूर्ण पाटो रह्यो उर्जा क्षेत्र । जसमा देउवा र मोदीले उर्जा सहकार्यका लागि भिजन स्टेटमेन्ट जारी गरे । विज्ञप्ति अनुसार दुवै पक्ष सहकार्य बलियो बनाउन सहमत भएका छन् । नेपालमा विद्युत उत्पादन आयोजनाहरूको संयुक्त विकासमा सहयोग, विकास सीमापार प्रसारण पूर्वाधार र द्वि-दिशात्मक ऊर्जा व्यापारको साथ पारस्परिक लाभका आधारमा दुवै देशको विद्युत बजारमा लान उपयुक्त पहुँच बनाउने सहमति भयो । यसले बंगलादेशसम्म नेपाली बिजुली जाने बाटो खोल्यो । नेपाली अर्थतन्त्रका लागि यो महत्वपूर्ण छ । (स्रोतः एसिपिबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *