Monday, April 13सत्यम खबर
Shadow

प्रचार विभागले प्रदेश स्तरीय भेला गर्ने

नेपालगन्ज, १८ साउन – नेकपा(एमाले) प्रदेश संगठन कमिटी, लुम्बिनी प्रचार तथा प्रकाशन विभागको पहिलो बैठक बुटवलमा सम्पन्न भयो । बैठकले चौतारीका विभिन्न कमिटिमा आवद्ध पत्रकारहरुलाइ समेटेर प्रदेश स्तरीय भेला गर्ने नेकपा(एमाले) प्रदेश संगठन कमिटी, लुम्बिनी प्रचार तथा प्रकाशन विभागका उप प्रमुख अछरी पोखरेलले जानकारी गराउनु भयो ।

साथै बैठकमा प्रेस चौतारी मार्फत प्रेस चौतारीमा आवद्ध पत्रकारहरुको लुम्बिनी प्रदेश स्तरीय भेलाको आयोजना गर्ने, लुम्बिनी सन्देश प्रकाशन गर्ने, प्रदेश स्तरीय प्रचार विभागलाई सक्रिय बनाउने लगायतका निर्णय भएका छन् ।

प्रचार विभागले प्रशिक्षणका साथै प्रदेशस्तरको प्रचार भेलाको आयोजना गर्ने जनाएको छ । जसमा जिल्ला प्रचार विभाग प्रमुख–उपप्रमुख, प्रेस चौतारीको प्रदेश कमिटी, यस भूगोलमा रहेका केन्द्रीय पदाधिकारी एवं सदस्य र अन्य आबश्यक ब्यक्तिको सहभागी गराइ सो भेलाले वार्षिक कार्ययोजना तय गरी सोहि अनुसार बार्षीक कार्य तय गर्ने नेकपा(एमाले) प्रदेश संगठन कमिटी, लुम्बिनी प्रचार तथा प्रकाशन विभाग प्रमुख डिआर घिमिरेले बताउनु भयो ।

विभिन्न संचार सम्बन्धि पैरबी र प्रकाशन गर्ने यस विभागको मुख्य काम भएको र पार्टीको गत असार १६ गते सम्पन्न वैठकले मुखपत्र प्रकाशन गर्न यस विभागलाई जिम्मा दिने निर्णय गरिसकेको सन्दर्भमा सो निर्णयलाई कार्यान्वयनका लागि विभागले कामको वाँडफाँड गरी असोज महिनाभित्र पार्टीको मुखपत्र लुम्बिनी सन्देश प्रकाशन गर्ने प्रचार प्रदेश प्रमुख घिमिरेले जानकारी गराउनु भयो ।

साथै प्रदेश विभागले प्रशिक्षक प्रशिक्षण तालिमको आयोजना गर्ने र हरेक जिल्लामा तदनुसार प्रशिक्षण गर्न निर्देशन गर्ने । त्यस तालिममा जिल्ला पार्टीको सिफारिसमा १२ वटै जिल्लाका प्राविधिक ज्ञान भएका ब्यक्ति २/२ जनाका दरले सहभागी गराउने । जसले जिल्लामा गई आबश्यकता अनुसारको संख्यामा तालिम दिने छन् ।

नेकपा(एमाले) प्रदेश संगठन कमिटी, लुम्बिनी प्रचार तथा प्रकाशन विभाग प्रमुख डिआर घिमिरेको अध्यक्षतामा सम्पन्न बैठकमा अतिथिहरु पार्टी केन्द्रीय कमिटी सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज छविलाल बिश्वकर्मा, पार्टी केन्द्रीय पोलिटब्युरो सदस्य सूर्य थापा, अनुशासन आयोगका उपाध्यक्ष नेत्र पन्थी, अनुशासन आयोगका केन्द्रीय सदस्य झपेन्द्र जि.सी., पार्टी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कँडेल लगायतको उपस्थिति रहेको थियो ।

बैठकमा बोल्ने अथितिहरुले प्रदेश स्तरीय प्रचार विभाग किन आवश्यक, यसले गर्नु पर्ने काम, कर्तव्य र अधिकार, अगामि दिनमा संचालन गर्न सकिने प्रचारका कार्यक्रार्यक्रम, प्रदेश स्तरीय प्रचार विभाग, प्रेस चौतारी, प्रचार विभाग र पार्टीको सम्बन्ध लगायतका विषयमा आ-आफ्ना विचार राख्नु भएको थियो ।

नेकपा (एमाले) प्रदेश संगठन कमिटी, लुम्बिनी प्रचार तथा प्रकाशन विभागमा १७ जनाको कमिटि रहेको छ । जसमा प्रमुख डीआर घिमिरे रुपन्देही, उपप्रमुख अछरी पोखरेल बाँके, सचिव टेकराज पौडेल कपिलवस्तु रहेका छन् । यसैगरी सदस्यहरुमा कृष्ण अधिकारी बाँके, अर्जुन भुसाल अर्घाखाँची, इन्दिरा अर्याल रुपन्देही, केशव पराजुली परासी, दिनेश पाण्डे रुपन्देही, प्रदिप आचार्य रुपन्देही, बिक्रम खनाल अर्घाखाँची, भगवान भण्डारी पाल्पा, महेश के.सी. रुकुम, पुर्वराजेश अर्याल पाल्पा, लालबहादुर भण्डारी कपिलवस्त, सरिता सुवेदी दाङ, सुजन श्रेष्ठ प्युठान, नविन के.सी. अर्घाखाँची रहेका छन् । लुम्विनी प्रदेशका जिल्ला कमिटिका प्रचार विभाग प्रमुखलाई पदेन सदस्यमा मनोनित गर्ने पनि योजना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *