
काठमाण्डौ, १९ साउन –अगामी मंसीर ४ गते सरकारले देशमा एकैपटक निर्वाचन गर्ने तयारी गरेकाे छ । विहिवार बसेकाे मन्त्रिपरिषदकाे बैठकले साे निर्णय गरेकाे हाे ।
प्रतिनिधि सभा र प्रदेश सभा दुबै निर्वाचन देश भर एकैपटक सम्पन्न गर्ने निर्णय गरिएकाे हाे । यसअघि बुधबार सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएका थिए ।

२०७४ सालमा पहिलो चरणमा मंसिर १० गते ३२ जिल्ला र दोस्रो चरणमा मंसिर २१ गते ४५ जिल्लामा प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन भएको थियो।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पदावधि २०७९ मंसिर २२ गते पूरा हुँदैछ। कार्यकाल सम्पन्न हुने मितिलाई आधार मान्दा २२ मंसिरभित्र निर्वाचन भइसक्नुपर्नेछ।
