Sunday, June 28सत्यम खबर
Shadow

आस्था

नागरिकता विधेयक राष्ट्रियसभामै अल्झिने संकेत

नागरिकता विधेयक राष्ट्रियसभामै अल्झिने संकेत

अवधी, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ८ भाद्र – ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक–२०७९’ राष्ट्रियसभाबाट पारित हुन कम्तीमा एक साता ढिलो हुने भएको छ। प्रतिनिधिसभामा राष्ट्रपति विद्यादेवी भण्डारीको पुनर्विचारको सन्देशको बेवास्ता गरी पारित गरिएको उक्त विधेयक राष्ट्रियसभाको बैठक ६ दिन पर धकेलिएसँगै त्यसलाई अघि बढाउने प्रक्रियामा ढिलाइ हुने भएको हो। शनिबार राति निधन भएका कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको निधनप्रति शोक प्रस्ताव पारित गरेर राष्ट्रियसभाको बैठक यही भदौ १२ गते आइतबारका लागि तोकिएको छ। तर प्रतिनिधिसभाको बैठक भने मंगलबारका लागि नै बोलाइएको छ। राष्ट्रपतिसमक्ष दुवै सदनले पारित गरेको नागरिकता विधेयक यसअघि गत साउन १४ गते प्रमाणीकरणका लागि पठाइएको थियो। राष्ट्रपतिले पुनर्विचार गर्न भन्दै गत साउन २९ गते संसद्मै फिर्ता पठाएकी थिइन्। राष्ट्रपतिले नागरिकता विधेयकको संवेदनशीलतालाई औंल्याउँदै...
चिनियाँ कम्पनी कालोसूचीमा

चिनियाँ कम्पनी कालोसूचीमा

अपराध, आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाडौं, ८ भाद्र - नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बसेको खुमलटारस्थित घरका धनी शारदाप्रसाद अधिकारीको कम्पनी शैलुङ कन्स्ट्रक्सन कालोसूचीमा परेको छ । कम्पनीले हात पारेको विभिन्न निर्माणका ठेक्का अलपत्र पारेपछि तीन वर्ष प्रतिबन्ध लगाइएको हो । सडक सुधार तथा विकास आयोजना निर्देशनालयको सिफारिसमा भक्तपुर नगरकोट सिपाघाट, बालाजु, त्रीशुली छहरे विदुर सडकका काम अलपत्र पारेपछि शैलुङ प्रतिबन्धमा परेको हो । सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले कालो सूचीमा राखिएको सूचना नै आज प्रकाशित गरेको छ । शैलुङका मुख्य व्यक्ति अनुप अधिकारी रहेको उल्लेख छ जो शारदाप्रसाद अधिकारीका छोरा हुन् । चिनियाँ कम्पनी जोङडिङ इन्टरनेशनल इन्जिनियररिङ लिमिटेड पनि कालो सूचीमा परेको छ । उक्त कम्पनीले हेटौंडा भरतपुर बर्दघाट २२० केभी प्रसारण लाइन आयोजना अलपत्र पारेपछि नेपाल विद्युत प्राधिकरणको सिफारिसमा ३ वर्षका ...
नेपालको विद्युत् भारतपछि बंगलादेशले किन्छ

नेपालको विद्युत् भारतपछि बंगलादेशले किन्छ

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ८ भाद्र –डिजेल तथा कोइला प्लान्ट बन्द गर्ने विकल्प छैन, न सोलार राख्ने जमिन छ, न विद्युत् उत्पादन गर्ने सम्भावना, कुनै पनि वस्तुको व्यापार गर्न पहिले त्यसको पोटेन्सियल (सामथ्र्य ) हुनु आवश्यक छ, नेपालको हकमा त्यो जलस्रोत हो । जलस्रोतबाट डेढ लाख मेगावाटसम्म विद्युत् व्यावसायिक रूपमा उत्पादन गर्न सकिन्छ । साथै, त्यसबाट अन्य लाभसमेत नेपालले लिन सक्छ । अहिले नेपालको राष्ट्रिय विद्युत् प्रणालीको जडित क्षमता २२६८ मेगावाट पुगेको छ । तर, पिक डिमान्ड भने १८–१९ सय मेगावाट हाराहारीमा छ । त्यसअनुसार नेपालमा जति विद्युत् उत्पादन भएको छ, त्यसबराबर खपत हुन सकेको छैन । निकट भविष्यमा पनि यसले निरन्तरता नै पाउने सम्भावना छ । विद्युत्का लागि नेपाल आफैँमा सानो बजार हो । यद्यपि, विद्युत् खपत विस्तार गर्न सकिने क्षेत्र भने थुप्रै छन् । त्यसलाई पूर्ति गर्दासमेत यहाँ उत्पादन हुने सबै विद्युत्...
नेपाललाई बीआरआईले श्रीलंकाको बाटोमा लैजान्छ’

नेपाललाई बीआरआईले श्रीलंकाको बाटोमा लैजान्छ’

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ८ भाद्र –कुनै पनि देश कस्तो हुन्छ भन्ने त्यसको नेतृत्व तहले प्रभाव पार्छ । देश कतातर्फ जाँदैछ भन्ने उक्त देशमा हुने आयात र निर्यातको अनुपातले पनि फरक पार्छ । नेपालमा निर्यातभन्दा बढी आयात भइरहेको छ । जसले गर्दा हामीले कमाइको करिब ९३ प्रतिशत खर्च गरिरहेका छौँ । यसले गर्दा हाम्रो बचत छैन । बचत नै नभएपछि लगानी गर्ने पैसा पनि हुँदैन । हामीले कमाएको पैसा सबै खर्च मात्र भएपछि त्यसले देशमा पनि आर्थिक भार पार्छ । अब हामीले बचत गर्ने परम्पराको विकास गर्न सकेनौँ भने आर्थिक रूपमा नेपाललाई ठूलो भार पर्छ । अहिले नेपालमा लामो समयदेखि ठूल्ठूला पसलमा सामान किन्ने होडबाजी बढेको छ । अझ आयातित वस्तुलाई बढीभन्दा बढी प्रयोग गरिरहेका छौँ । देशलाई उन्नत बनाउने हो भने सरकारले त्यसै अनुसारको नियम ल्याउन पनि आवश्यक छ । गत आर्थिक वर्षको तुलनामा यस वर्षको आयात अझै २५ प्रतिशतले बढेको छ । गत ...
चीनले मानसरोवर कैलाश जाने हिल्सा नाकामा रोक लगाएपछि हुम्लाको लिमी उत्कृष्ट गन्तव्यस्थल बन्याे

चीनले मानसरोवर कैलाश जाने हिल्सा नाकामा रोक लगाएपछि हुम्लाको लिमी उत्कृष्ट गन्तव्यस्थल बन्याे

आर्थिक, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, ८ भाद्र –कैलाश मानसरोवर दर्शन गर्ने एक नयाँ एवं उत्कृष्ट गन्तव्यस्थलका रूपमा हुम्लाको लिमी लाप्चा बनेको छ। चीनले मानसरोवर कैलाश जाने हिल्सा नाकामा रोक लगाएपछि विकल्पको रुपमा रहेको नेपालकै लिमी लाप्चाबाट पनि मानसरोवर कैलाश दर्शन गर्न जान सकिन्छ। अहिले लिमी लाप्चा आन्तरिक तथा बाह्य पर्यटकका लागि उत्कृष्ठ गन्तव्यस्थ बनेको छ। पछिल्लो समयमा लिमी उपत्यका मानसरोवरको दर्शन गर्न जाने नेपालको एकमात्र भूमि बनेको छ। लिमीको लोलुङबाट कैलाश मानसरोवसर प्रस्ट देख्न सकिन्छ। यो क्षेत्र हुम्ला सदरमुकाम सिमकोटदेखि एक सय पाँच किलोमिटरको दूरीमा पर्छ। सडकको स्तरोन्नति हुने हो भने यो मार्गबाट हिल्साभन्दा अझ सहज रुपमा आवतजावत गर्न सकिने छ।लिमीको लोलुङबाट कैलाशको दर्शन गर्न पैदलै जानेहरु पनि निकै बढ्न थालेका छन्। कसरी पुग्ने लिमी लाप्चा? हुम्लाको सदरमुकाम सिमकोटबाट चार दिनको पैदल यात्रापछि लि...
हनुमान चालिसा पाठ गरेर चुनावी अभियान शुरू

हनुमान चालिसा पाठ गरेर चुनावी अभियान शुरू

आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ७ भाद्र - सरकारले मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन देशैभरि एकै चरणमा गर्ने घोषणा गरिसकेको अवस्थामा बाँकेमा राजनैतिक दल तथा स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा संगै चुनावी अभियान शुरु गरि सकेका छन् । त्यस्तैमा बाँके क्षेत्र नम्बर २ बाट स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गरेका दिवाकर खनाल र बाँके क्षेत्र नम्बर २ (क) प्रदेश सभा सदस्यमा उम्मेदवारी घोषणा गरेका राजकुमार रौनियारले आजबाट चुनावी अभियान सुरु गरेका छन् । खनाल र रौनियारले आफ्ना समर्थक र नेपाल शिव सेनाका केन्द्रिय तथा जिल्लाका अगुवा नेताहरुको उपस्थितिमा हनुमान चालिसा पाठ गरेर बिधिवत रुपमा आफ्नो चुनावी अभियानको सुरुवात गरेका हुन् । नेपालगन्ज त्रिभुवन चोक स्थिति हनुमान मन्दीरमा उपस्तिथि उम्मेदवारद्वय खनाल र रौनियारले संयुक्त हनुमान चालिसा पाठ गरेर आफ्नो चुनावी अभियान बिधिवत रुपमा आजबाट सुरु गरेको बताएका छन्...
अमेरिकालाई रोक्न संसार घुमिरहेका वाङ यी

अमेरिकालाई रोक्न संसार घुमिरहेका वाङ यी

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ७ भाद्र –आइरन लगाइएको कोटमा चिटिक्क परेर निरन्तर विदेश सयरमा छन्, चिनियाँ विदेश मन्त्री वाङ‍ यी। यही वर्ष मात्रै उनले मध्यएसिया र प्यासिफिक क्षेत्र र अफ्रिकाका गरी ३० मुलुकको भ्रमण गरेका छन्। यी चिनियाँ राष्ट्रपति सी चिनफिङको विश्वकेन्द्रित महत्वकांक्षाका प्रचारक हुन्। विभिन्न देशका सरकार र राष्ट्रप्रमुखलाई भेटेर उनी सीको सन्देश सुनाउँछन्- बेइजिङलाई अमेरिकाले पछाडि धकेल्न सक्दैन। गत महिना यीले अमेरिकी सकमक्षी एन्टोनी ब्लिन्केनसँग इन्डोनेसियामा छलफल गरेका थिए। ब्लिन्केनसँगको भेटमा यीले बेइजिङसँगको सम्बन्धमा तिक्तता आउन नदिन अमेरिका चार कुरामा प्रतिबद्ध रहनुपर्ने सुनाए। जी-२० सम्मेलनको उत्तरार्धमा भएको भेटमा जुलाई ९ मा उनीहरूबीच बालीमा भेट भएको थियो। त्यस भेटमा यीले चीन-अमेरिकासम्बन्धलाई सुमधुर बनाउन सीले अघि सारेको तीन अवधारणामा अमेरिका प्रतिवद्ध हुनुपर्ने बताए। दुई ...
दाङमा बिहानै टिपरमा आगजनी, ८ जना बन्दकर्ता प्रहरी नियन्त्रणमा

दाङमा बिहानै टिपरमा आगजनी, ८ जना बन्दकर्ता प्रहरी नियन्त्रणमा

अपराध, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
दाङ, ७ भाद्र –दाङमा आज बिहानै एउटा टिपरमा आगजनी भएको छ। घोराही–लमही सडकखण्ड अन्तरगत घोराहीको बबई खोला पुल नजिकै कुइरेपानी जंगलमा रा १ ख १६९४ नम्बरको टिपरमा आगजनी भएको हो। बिहान साढे ४ बजेतिर उक्त टिपरमा आगजनी भएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए। प्रहरीले टिपरका चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ। चालक राप्ती गाउँपालिकाका २८ बर्षीय अरुण चौधरी र सहचालकलाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको उनले बताए। चालक र सहचालकले पाँच जनाको समूहमा आएका बन्दकर्ताले टिपर आगो लगाएर भागेको बताएका छन्। तर प्रहरीले घटना शंकास्पद रहेको बताएको छ। उक्त टिपर बिग्रेर मर्मत गर्न दुई दिन अघि मात्रै ग्यारेजमा लगिएको थियो। जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले चालक र सहचालकले टिपरमा आगजनी भएको खबर प्रहरीलाई नदिएको बताए। ‘अर्कै गाडीका चालकहरूले प्रहरीलाई खबर गरेका हुन्,’ उनले भने। चालकले टिप...
रवि लामिछानेको पार्टीका पदाधिकारी चयन : महामन्त्री बने ढकाल

रवि लामिछानेको पार्टीका पदाधिकारी चयन : महामन्त्री बने ढकाल

आस्था, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काडमाण्डौ, ७ भाद्र – रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पदाधिकारी नियुक्त गरेको छ। पार्टीको सोमबार बसेको केन्द्रीय समिति बैठकले डोल प्रसाद अर्याललाई उपसभापति, मुकुल ढकाललाई महामन्त्री, कविन्द्र बुर्लाकोटीलाई सह–महामन्त्री र बसुमाया तामाङलाई सह–कोषाध्यक्षमा नियुक्त गरेको छ। बैठकले आगामी निर्वाचन प्रयोजनका लागि केन्द्रीय सदस्य विपिन आचार्यको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरेको छ भने उम्मेदवार घोषणा गरेका स्वतन्त्र व्यक्तिहरुसँग छलफल गर्नका लागि गणेश पराजुलीको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ। उता, बेथिति विरुद्ध खबरदारी गर्ने उद्देश्यले केन्द्रीय सदस्य सोविता गौतमको संयोजकत्वमा र्‍यापिड एक्सन टिम गठन गरेको छ ।...
चीनले भारतीय विद्यार्थीलाई भिसा जारी गर्ने

चीनले भारतीय विद्यार्थीलाई भिसा जारी गर्ने

आस्था, प्रदेश ५, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
बेइजिङ, ७ भाद्र – चीनले सोमबार बेइजिङको कडा कोभिड प्रतिबन्धका कारण दुई वर्षदेखि घरमा फसेका सयौं भारतीय विद्यार्थीलाई भिसा जारी गर्ने योजनाको घोषणा गरेको छ। साथै भारतीयहरूलाई व्यापार भिसासहित विभिन्न प्रकारका यात्रा अनुमतिका योजना पनि सार्वजनिक गरेको छ। ‘भारतीय विद्यार्थीलाई हार्दिक बधाई। तपाईंको धैर्य सार्थक साबित भयो। म साँच्चै तपाईंको उत्साह र खुशी बाँड्न सक्छु। चीनमा फेरि स्वागत छ’, चीनको परराष्ट्र मन्त्रालयको एसियाली मामिला विभागका काउन्सिलर जी रोङले ट्वीट गरेकी छिन्। उनको ट्वीटले नयाँ दिल्लीस्थित चिनियाँ दूतावासले विद्यार्थी, व्यवसायी र चीनमा काम गर्ने परिवारका लागि भिसा खोल्ने घोषणा गरेको विस्तृत घोषणालाई उद्धृत गरेको छ। खबरहब...