
नेपालगन्ज, १० भाद्र -नेपाली काँग्रेसले भदौं १० गतेदेखी २४ गतेसम्म पहिलो चरणको चुनाव लक्षित अभियानलाई सफल बनाउन दृढ र प्रतिवद्ध रहेको बाँके कांँग्रेसले आज पत्रकार भेटघाट गरि जनाएको छ ।
नेपाली काँग्रेस बाँकेले आज शुक्रबार पार्टी कार्यालय नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा जिल्ला सभापति नारायणप्रसाद गौडेलले ‘जनताको साथमा काँग्रेस’ नामक अभियानमा जिल्ला कार्यसमिति बाँकेले समन्वय, अनुगमन र नेतृत्व गर्ने बताएका छन् । 
सभापति गाैडेलका अनुसार हरेक क्षेत्रका लागि अभियानको कार्ययोजना तय गर्न क्षेत्रीय कार्यसमिति, प्रदेश क्षेत्रीय समिति र पालिका समितिसँग आवश्यक समन्वय गर्नेछ । सभापति गौडेलले आसन्न प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा पार्टी एक्लै लड्न सक्षम रहेको बताए । मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनमा पनि सुखद नतिजा हात पार्ने अर्जुनदृष्टिका साथ नेपाली काँग्रेस बाँके अघि बढेको बताएमा छन् ।
‘तीन वटै प्रतिनिधी सभा निर्वाचन क्षेत्र र ६ वटा प्रदेश सभा निर्वाचन क्षेत्रमा काँग्रेस एक्लै प्रतिस्पर्धा गरेर जीत हासिल गर्न सक्षम छ, त्यसै अनुरुप नेपाली काँग्रेस बाँके तयारीमा पनि जुटेको छ, तर केन्द्रीय कार्यसमितिले सत्तारुढ दलहरुका बीचमा चुनावी तालमेल गरेर जाने गरी निर्णय गरिसकेको अवस्थामा त्यसको कार्यान्वयन हुने अवस्था आए केन्द्रको निर्देशन अनुसार अघि बढ्न नेपाली काँग्रेस बाँके प्रतिबद्ध रहेकाे बताएका छन् ।
पत्रकार भेटघाटमा पार्टीका नेताहरु, काँग्रेस बाँकेका कार्यसमिति, पदाधिकारी लगायतको उपस्थिती रहेको थियो चने सञ्चालन काँग्रेस बाँकेका सचिव सुधांसु कोइरालाले गरेका थिए । सहभागी पत्रकारहरूलाई माायाकाे चिनाे प्रदान गरिएकाे थियाे ।
