Monday, June 29सत्यम खबर
Shadow

आस्था

चिनियाँ नाका बाट नुन समेत ल्याउन पाईदैन

चिनियाँ नाका बाट नुन समेत ल्याउन पाईदैन

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ३ असोज – फक्ताङलुङ–७ ओलाङचुङगोलाका नुपु शेर्पा याकचौंरी व्यवसाय गर्थे । साना किनेर बयस्क बनाउदै भारी बोकाउने र बेच्ने व्यवसाय राम्रै चलिरहेको थियो । एउटै याकको मूल्य ८० हजारदेखि एक लाखसम्म पुग्दा उनी व्यवसायमा मस्त थिए । तर, कोरोना संक्रमण लगत्तै बन्द भएको चिनियाँ नाका अहिलेसम्म नखुल्दा उनको व्यवसाय चौपट भएको छ । याकलाई खुवाउने नुनसमेत ल्याउन नपाउँदा उनलाई झनै समस्या भएको छ । गलैंचा बुनेर बिक्री गर्ने यहाँकी याङगी शेर्पाका पनि हात सुस्ताउन थालेका छन् । दिनहुँ तानमा बसेर ओलाङचुङगोला, ताप्लेजुङ, तिब्बत जस्ता नाम लेखेर एकरङ्गे र बहुरंगी बुन्ने उनलाई गलैंचाको खातले अत्याइरहन्छ । सादा, भगवान् बुद्धको तस्बिर, विभिन्न जनावरका चित्र अंकित गलैंचा कोठामा थन्किएका छन् । घरको तलामा एकमाथि अर्को बेरेर राखेका गलैंचा मुसाले काट्ने र चिसोले बिग्रिने डर भइरहन्छ । उनी तानमा बस्नुपर्ने समयम...
सिट बाँडफाँटमा अझै जुटेन सहमति

सिट बाँडफाँटमा अझै जुटेन सहमति

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ३ असोज – सत्तारुढ गठबन्धन सिट बाँडफाँटबारे सहमति जुटाउन असफल भएका छन् । अब समानुपातिक निर्वाचन पद्धतितर्फका उम्मेदवार टुंगो लगाएपछि मात्र प्रत्यक्षतर्फ सिट बाँडफाँटबारे छलफल गर्ने सहमति भएको छ । प्रतिनिधिसभाको १६५ सिट बाँडफाँटका लागि गठबन्धनमा रहेका दलहरु निरन्तर छलफलमा जुटेका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार पनि सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुको संयुक्त र द्विपक्षीय छलफल भएको थियो । सिट बाँडफाँटमा शीर्ष नेताहरु लचिला पनि देखिएका छन्, तर सहमति जुटेको छैन । कार्यदलका सदस्यहरुका अनुसार कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा हर हालतमा गठबन्धन गर्ने पक्षमा छन् । माओवादी केन्द्रलाई कुनै हालतमा साथमा राख्नुपर्छ भन्नेमा सचेत उनी एकीकृत समाजवादीलाई धोका दिने पक्षमा छैनन् । ‘माधवजीले मेरै भर गरेर जोखिम उठाउनुभएको छ । हामीले टेक्ने ठाउँ नदिने हो भने माध...
“हे मेरी आमा” बोलको गीत बजारमा

“हे मेरी आमा” बोलको गीत बजारमा

आस्था, कला/साहित्य, प्रदेश ५, श्रम/रोजगार, समाचार
नेपालगन्ज, ३ असोज – गायक एंव संगीतकार राजकुमार दोङ तामाङको स्वरमा सजिएको “हे मेरी आमा” बोलको गीत बजारमा आएको छ ।एएस मोक्तान तामाङको शब्द र निर्माण रहेको उक्त गीतमा राजन खतिवडाको संगीत रहेको छ । फनिन्द्र राइले संगीत संयोजन गरेको उक्त गीतलाई किशोर थापाले मिक्सिङ गरेका हुन । गीतको म्युजिक भिडियोलाई युवराज वाइबाले निर्देशन गरेका हुन । निशल पौडेलले छायांकन, बिकास दाहालले सम्पादन गरेको उक्त म्युजिक भिडियोमा चादनी मोक्तान र कुन्साङ बोम्जनले अभिनय गरेका छन । बाल कलाकार रिसभ स्याङ्बाको अभिनय पनि समेटिएको छ ।...
नेपालगन्जमा माओवादी अध्यक्ष प्रचण्डकाे पुतला दहन

नेपालगन्जमा माओवादी अध्यक्ष प्रचण्डकाे पुतला दहन

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २ असाेज - हिजाे शनिबारका दिन एक कार्यक्रमकाे बिच आफ्नाे मन्तब्य दिने क्रममा नेकपा माओवादी अध्यक्ष पुष्यकमल दहाल "प्रचण्ड" ले हिन्दु धर्मावलम्बीहरूकाे आस्थामाथि चाेट पुग्ने गरि दिएकाे अभिव्यक्तिप्रति सनातनी हिन्दुहरूद्वारा विराेध गरिकाे छ । नेपालगन्ज उपमहानगरपालिकाकाे मुटु भनी चिनिने त्रिभुवन चाेकमा नेकपा माओवादी अध्यक्ष प्रचण्ड मुर्दावाद, हिन्दुहरूकाे आस्थामा माथि चाेट गर्न पाईन्दैन, यस्ताे हत्यारा चाहिँदै भन्दै नारा जुलुसका साथ चाेकमा पुगी प्रचण्डकाे पुतला दहन गरि लातले हिर्काउँदै आगाे निभाएका छन् । त्रिभुवन चाेकमा पुतला दहन अगावै सुरओा निकायलाई जानकारी भएकाे हुँदा नारा जुलुस पहिले देखि नै बाक्लाे सुरक्षाकर्मीहरूकाे उपस्तिथि रहेकाे थियाे भने पुतला दहन भएकाे केही समयमा नै पानीसहित तयारीमा बसेका सुरक्षाकर्मीहरूले आगाे निभाएका थिए । प्रचण्डकाे पुतला दहन पश्चान आफ्नाे भनाई...
महेन्द्र पुस्तकालयको नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको प्रमाणपत्र वितरण तथा पदस्थापन

महेन्द्र पुस्तकालयको नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको प्रमाणपत्र वितरण तथा पदस्थापन

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २ असोज – महेन्द्र पुस्तकालयको नवनिर्वाचित कार्यसमितिको पदस्थापन सम्पन्न भएको छ । पुस्तकालयको भदौ २८ र २९ गते सम्पन्न १७ औँ अधिवेशनबाट बलराम यादवको अध्यक्षतामा निर्वाचित कार्यसमितिलाई शनिबार निर्वाचन समितिले पदस्थापन गराएको छ ।निर्वाचन समितिले आयोजना गरेको प्रमाणपत्र वितरण, सपथ ग्रहण तथा बधाई ज्ञापन कार्यक्रममा वीच निर्वाचन समितिका संयोजक अधिवक्ता लोकबहादुर शाहले कार्यसमितिलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउँदै प्रमाण पत्र प्रदान गरे भने सदस्य पूर्णलाल चुकेले निर्वाचितहरुलाई माला लगाएका थिए । शाहको अध्यक्षतामा सम्पन्न पदस्थापन कार्यक्रममा उपाध्यक्षमा पंकज श्रेष्ठ, सचिव मणी अर्याल, सहसचिव ऋचा लुईँटेल, कोषध्यक्ष अजयकुमार टण्डन र सदस्यहरुले पथ तथा गोपनियतको सपथ लिएका थिए । पुस्तकालयका सदस्यहरुमा मीना सुवेदी ढकाल, ब्रिजेशबहादुर सिंह, सुनिल भण्डारी, जमिल अहमद सिद्धकी, अस्मिता ...
घरभाडा नतिरी भाग्यो चिनियाँ कम्पनी

घरभाडा नतिरी भाग्यो चिनियाँ कम्पनी

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, असोज १ – चिनियाँ कम्पनी ओप्पो मोबाइल कम्पनीको नेशनल डिस्ट्रिब्युटर घरभाडा नतिरीकन भागेको छ । चिनियाँ कम्पनीले घरभाडा नतिरीकन भागेको भन्दै घरधनीले कानुनी प्रकिया सुरु गर्ने तयारी गरेका छन् । ओप्पो मोबाइल कम्पनीको नेशनल डिस्ट्रिब्युटर साविक ओप्पो डि.एस. प्रा.लि., हाल डि.एस. प्रा.लि.ले तीन महिनादेखि घरभाडा नतिरी घर खाली गरेर सम्पर्कविहीन भएको घरधनी संगीता बस्न्यातले बताइन्। घरबहाल सम्वन्धी करारनामामा उक्त कम्पनीले काठमाडौं महानगरपालिका-५, हॉडिगाउंमा बस्न्यातको नाममा रहेको एक रोपनी जग्गा र सो जग्गामा बनेको २ वटा घर तथा टहरा समेत विगत ६ वर्ष देखि लिजमा लिई भोगचलन गर्दै आएको थियो। २०७९ बैशाख १ गतेदेखि दुई वर्षको लागि करारनामा नविकरण भएको थियो । उक्त कम्पनीले विगत तीनमहिनादेखिको भाडा नतिरीकन, घर छाड्ने अग्रिम सूचना नदिइकन र घरको अवस्था बिगारेर फरार भएको भन्दै बस्न्यातले सा...
चिनीयाँ नाकाबन्दीका कारण नेपाली व्यपारी आत्महत्या गर्दै

चिनीयाँ नाकाबन्दीका कारण नेपाली व्यपारी आत्महत्या गर्दै

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, असोज १ – न्यूरोडका असल व्यापारीको छवि बनाएका स्वेत बराहा इन्टरप्राइजेजका सञ्चालक सुदर्शन घिमिरेले आत्महत्याको बाटो रोजेका छन् । उनले २०७९ भदौ ६ गते आत्महत्या गरे। त्यसैगरी नेपाली बजारमा चिनियाँ सामान आयात र आपूर्तिमा संलग्न सिन्धुपाल्चोकका युवा उद्यमी हरेराम पौडेलले नेपाल–चीन सीमामा महिनौंसम्म सामान अड्किएपछि निराश भएर २०७७ असोज २७ गते आत्महत्या गरेका थिए । यी दुबै व्यवसायी धेरै वर्षदेखि व्यवसायमा थिए र कोरोनाभाइरस महामारीको प्रकोप अघि राम्रो कमाई गरिरहेका थिए। तर ती उद्यमीहरू चिनियाँ नाकावन्दीका दोहोरो जालमा परे। एकातिर उनीहरूका सामानहरू धेरै महिनादेखि सीमानामा परेका थिए । अर्कोतिए उनीहरूमाथि ठूलो मात्रामा ऋण थियो। एकातिर उनीहरू आर्थिक संकटबाट गुज्रिरहेका थिए भने अर्कोतिर बैंक तथा अन्य साहुले नियमित रूपमा किस्ता वा बक्यौता भुक्तानीको माग गरिरहेका थिए । आफ्नो साम...
युरोपलाई चीनको रेल मार्गको दुविधा

युरोपलाई चीनको रेल मार्गको दुविधा

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
बैंकक/लन्डन/अङ्कारा/बर्लिन, असोज १ – रुस मार्फत सामानहरू ढुवानी गर्दा रेल ब्रिज कार्गो, युरोपेली ढुवानी कम्पनीको ६०५ व्यापार हुन्थ्यो। त्यसपछि राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आफ्नो आक्रमण सुरु गरे र रुसको प्रवृतिवाट चित्त नबुझाएका युरोपेली देशरु वैकल्पिक यातायात मार्गहरूको लागि खोजी गर्न थाले । यूक्रेन आक्रमणको सात दिन पछि, रेल ब्रिज कार्गोले नैतिक आधारमा ट्रान्स-रूस मार्गहरू प्रयोग गर्न बन्द गर्ने घोषणा गर्‍यो । मानवीय आपूर्ति, खाना र औषधिको लागि श्रोत बचाउन यसो गरिएको थियो । अब कम्पनीले रुसको बाटोको साटो दक्षिणतिर हेर्‍यो, जुन चीनको चौङकिङदेखि जर्मनीको डुइसबर्गसम्म नयाँ, फलामको रेशम सडक निर्माण गर्ने योजनाको मुख्य भाग हो। तर, बिकास नभइसकेको नयाँ बाटो एक्कासी कार्गो आवतजावतको लागि तयार थिएन। क्यास्पियन सागरमा रहेको कजाख सहर अक्ताउले यस वर्ष आफ्नो १९४००० जनसंख्या भन्दा धेर...
कृषिमा हुने चिनियाँ लगानीमा अमेरिकी प्रतिबन्ध

कृषिमा हुने चिनियाँ लगानीमा अमेरिकी प्रतिबन्ध

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
वाशिंगटन, असोज १ –एउटा चिनियाँ कम्पनी फुफेङ समूहले उत्तरी डकोटाको वायुसेना आधार नजिकैको जग्गा खरिद गरेपछि खतरा बढेको भन्दै अमेरिकी सिनेटरले बुधबार सिनेटमा चीनलाई लगानी, खरिद वा अन्यथा जग्गा अधिग्रहण गर्नबाट ‘कालो सूचीमा’ गर्न कानून पेश गरेका हुन् । दक्षिण डकोटाका रिपब्लिकन सेनेटर माइक राउन्ड्सले ‘अमेरिकी खेतीयोग्य जमिनको सुरक्षा हाम्रो राष्ट्रिय सुरक्षा कायम राख्न महत्त्वपूर्ण छ , एक चिनियाँ कम्पनीले भर्खरै नर्थ डकोटामा एयर फोर्स बेस नजिकैको खेतीयोग्य जमिन खरिद गर्दा म चिन्तित छु ‘ भनेका थिए । विशेष गरी, यो नयाँ कानूनले रसिया, इरान र उत्तर कोरियालाई अमेरिकी कृषि व्यवसायमा लगानीबाट कालोसूचीमा राख्ने छ, सिनेटर राउन्ड्सले आफ्नो साइटमा लेखेका छन् । एक चीनमा आधारित कम्पनी फुफेङ समूहले ग्रान्ड फोर्क्स, नर्थ डकोटा नजिकै को ३०० एकड खेत जग्गा खरिद गरेको हो । यो क्षेत्र क्यानाडाको सीमाब...
“गाैरव स्मृति फाउण्डेशनले अरूलाई सितलता प्रदान गर्न सक्नुपर्छ”

“गाैरव स्मृति फाउण्डेशनले अरूलाई सितलता प्रदान गर्न सक्नुपर्छ”

अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३१ भाद्र - विगत २ वर्षदेखि निरन्तर रूपमा सामाजिक कार्यमा सक्रिय भई आम जनमानस बीच आफ्नाे पहिचान स्थापित गर्न सफल गाैरव स्मृति एण्ड वि याेर फाउण्डेशनले आजीवन सदस्यहरूलाई सदस्यता प्रमाण पत्र वितरण गरेकाे छ । गाैरव स्मृति फाउण्डेशनले आज शुक्रबार एक कार्यक्रमकाे आयाेजना गरि करीब ४५ जना सदस्यहरूलाई आजीवन सदस्यता प्रमाण पत्र प्रदान गर्नुका साथै संस्थापककालदेखि सहयाेगी भूमिका निर्वाह गरेकाहरूलाई समेत सम्मान प्रदान गरेकाे छ । यसरी सम्मान पाउनेहरूमा सञ्चार क्षेत्रबाट मधुखबर डटकमका सम्पादक मधु पाैडेल, सत्यमखबर डटकमका सञ्चालक चन्द्रेश्वरराज त्रिपाठी, रेडियाे कृष्णसार एफएमका पवन जयसवाल, वरिष्ठ पत्रकार नरेन्द्र थापालगायतलाई सम्मान गरेकाे छ । आजीवन सदस्यता वितरण तथा सम्मान कार्यक्रमका प्रमुख अतिथि समाजसेवी माधवराम बर्माले दैनिक जीवनमा २ घण्टा भएपनि समाजलाई प्रदान गर्न सक्नु पर्दछ, त्य...