Monday, June 29सत्यम खबर
Shadow

आस्था

झान्सुको प्रतिबद्धताः दशैंअघि रसुवागढी र तातोपानी नाका खोल्न पहल गर्ने

झान्सुको प्रतिबद्धताः दशैंअघि रसुवागढी र तातोपानी नाका खोल्न पहल गर्ने

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ३० भाद्र – नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली झान्सुले दशैंअघि नै रसुवागढी नाका र तातोपानी नाका खोल्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् । कोरोनाभाइरस संक्रमणको कारण देखाएर चीनले लामो समयदेखि उक्त नाका बन्द गरेको छ । उक्त नाका खोल्न आफूले पहल गर्ने चान्सुले प्रतिबद्धता जनाएका हुन् । सोमबार नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका उनले मंगलबार राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँँगको भेटमा उक्त नाका खोल्न पहल गर्ने प्रतिबद्धता जनाएका हुन् । राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले दशैंअघि रसुवागढी नाका र तातोपानी नाका खोल्न आग्रह गरेपछि छान्सुको उक्त प्रतिबद्धता आएको हो । सो नाका बन्द हुँदा नेपाली व्यापारीहरूको करोडौं मूल्य बराबरको सामग्रीहरू बाटोमै अलपत्र परेका छन् ।...
नेपाल–भारत सीमा समस्याको समाधान द्विपक्षीय संयन्त्रमार्फत खोजिने

नेपाल–भारत सीमा समस्याको समाधान द्विपक्षीय संयन्त्रमार्फत खोजिने

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ३० भाद्र –नेपाल र भारतका परराष्ट्र सचिवले दुई देशबीच रहेका सीमा समस्याको समाधान स्थापित द्विपक्षीय संयन्त्र मार्फत खोजिनुपर्नेमा सहमति जनाएका छन् । मंगलबार भारतको राजधानी नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा सम्पन्न नेपाल–भारत विदेशमन्त्री स्तरीय बैठकमा उक्त सहमति भएको हो । बैठकमा परराष्ट्र सचिव भरतराज पौड्याल र भारतीय विदेश सचिव विनयमोहन क्वात्रा सहभागी थिए । ‘उनीहरुबीच सीमा विवादका विषयमा पनि छलफल भएको थियो । यस सम्बन्धमा उनीहरूले स्थापित द्विपक्षीय संयन्त्रमार्फत सीमानाका बाँकी कामहरू पूरा गर्ने विषयमा विचार आदानप्रदान गरेका थिए,’ परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । बैठकमा उनीहरुबीच व्यापार, पारवहन, कनेक्टिभिटी, पूर्वाधार, विद्युत् क्षेत्र, सिँचाइ तथा डुबान, कृषि, लगानी, विकास सहयोग, स्वास्थ्य क्षेत्रमा सहकार्य, संस्कृति र जनताबीचको सम्बन्धलगायतका वि...
“रामायण सर्किट”मा नेपाल-भारत सहमत

“रामायण सर्किट”मा नेपाल-भारत सहमत

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ३० भाद्र –नेपाल र भारत मंगलबार रामायण सर्किटमा छिटो प्रगति गर्न सहमत भएकाे परराष्ट्र मन्त्रालयले घोषणा गरेको छ।रामायण सर्किटमा भारत र नेपालका प्रमुख तीर्थस्थलहरू समावेश छन् जुन रामायणसँग सम्बन्धित छन्, जस्तै अयोध्या जहाँ भगवान रामको लागि मन्दिर निर्माण भइरहेको छ र जनकपुर (नेपालमा) जुन सीताको जन्मस्थान मानिन्छ। नेपालका परराष्ट्र सचिव भरतराज पौडेल र भारतीय अधिकारीबीच भएको भेटमा रामायण सर्किटलाई छिटाे समपन्न गराउने निर्णय भएको हो । दुई दिने भारत भ्रमणमा रहेका परराष्ट्र सचिव पौडेलले भारतीय समकक्षी विनय मोहन क्वात्रासँग छलफल गरेका छन् ।...
भारतको आर्थिक वृद्धि दोहोरो अङ्कले भइरहँदा चीनको सुस्त

भारतको आर्थिक वृद्धि दोहोरो अङ्कले भइरहँदा चीनको सुस्त

आर्थिक, आस्था, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ३० भाद्र –कोरोना महामारीपछिको आर्थिक पुनरुत्थानमा भारतले निकै सुधार गरेको छ। अहिले आर्थिक पुनरुत्थानका लागि विश्वका प्रमुख अर्थतन्त्र भएका मुलुकहरूले सङ्घर्ष गरिरहेका छन्। विशाल चिनियाँ अर्थतन्त्र भने मन्दीतर्फ अघि बढिरहेको छ भने भारतको कूल घरेलु उत्पादन (जिडिपी)ले चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा १३.५ प्रतिशतको दोहोरो अङ्कको वृद्धि भएको छ। मार्च २०२० मा देशमा महामारी फैलिएपछि प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले घोषणा गरेको वित्तीय र मौद्रिक उपायहरूको सावधानीपूर्वक क्यालिब्रेट गरिएको थियो। मोदी सरकारको पीएम गरिब कल्याण योजना, लघु, साना तथा मझौला उद्यम (एमएसएमई) लाई सहज ऋण, पुँजीगत खर्चमा सार्वजनिक कोष बढाएको र निजी लगानीलाई प्रोत्साहन गर्ने योजनाका कारण भारतको आर्थिक वृद्धि दोहोरो अङ्कले बढ्न सम्भव भएको सरकारी अधिकारी र विज्ञहरूले बताएका छन्। आर्थिक वर...
ब्लड बैंकको नयाँ भवन बन्ने भयो, डुडुवामा थप २ पुल शिलान्यास

ब्लड बैंकको नयाँ भवन बन्ने भयो, डुडुवामा थप २ पुल शिलान्यास

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
नेपालगन्ज, ३० भाद्र – नेपालगन्ज स्थित ब्लड बैंकको आफ्नै सुविधासम्पन्न भवन बन्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले आज विहिबार भवनको शिलान्यास गर्नु भएको छ । यो भवन निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ३ करोड रूपैयाँ विनियोजन गरिसकेको छ । अस्पताल हाताभित्र रहेको हालको जीर्ण भवन भत्काएर नयाँ बनाउन लागिएको सडक डिभिजन कार्यालय बाँकेले जनाएको छ । विनियोजित बजेट मध्ये ५ लाख रूपैयाँ नक्सा र डीपीआरका लागि खर्च गरिने छ । २ करोड ९५ लाख रूपैयाँ भवन निर्माणमा खर्चिने भएको छ ।मन्त्रालयको निर्माण व्यवसाय प्रबर्द्धन शाखाका उपसचिव पशुपति पुरीका अनुसार निर्माण व्यवसाय विकास परिषद्को भदौ १३ गतेको निर्णयअनुसार नेपालगन्जमा ब्लड बैंकको नयाँ भवन बनाउन बजेट व्यवस्था भइसकेको छ ।यसैबीच मन्त्री राईले आजै डुडुवा गाउँपालिका वडा नं ३ रमपुर्वामा र वडा नं ४, ५ को...
चिनियाँ प्रतिनिधिमण्डल फर्कदै, रवि भवनदेखि एअरपोर्टसम्मको सवारी आवागमन प्रभावित

चिनियाँ प्रतिनिधिमण्डल फर्कदै, रवि भवनदेखि एअरपोर्टसम्मको सवारी आवागमन प्रभावित

आस्था, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ३० भाद्र – नेपालको चार दिने भ्रमणमा रहेका चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु नेतृत्वको प्रतिनिधि मण्डल आज स्वदेश फर्किँदै छ। चिनियाँ टोली बिहीबार बिहान साढे ८ बजे सोल्टी होटलबाट एअरपोर्ट प्रस्थान गर्ने तालिका रहेको छ। यसका लागि बिहान सवा ८ बजेदेखि रविभवनदेखि एअरपोर्टसम्मको सडकमा सवारी आवागमन प्रभावित हुने ट्राफिक प्रहरीले जनाएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार अहिले रविभवन, सोल्टीमोड, कालीमाटी, टेकु, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, नयाँ बानेश्वर, तीनकुने, सिनामङ्गल र एअरपोर्टसम्म गाडीको आवागमन रोकिनेछ। यो समयमा यो सडक प्रयोग गर्नेलाई वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीको आग्रह छ। सेतोपाटी...
चिनियाँ नेता चान्शु चार दिने भ्रमण सकेर फर्किए

चिनियाँ नेता चान्शु चार दिने भ्रमण सकेर फर्किए

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ३० भाद्र –प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने भ्रमणमा आएका चीनका राष्ट्रिय जनकङ्ग्रेस स्थायी समिति अध्यक्ष ली चान्शु स्वदेश फर्किएका छन्। उनलाई सभामुख सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षबाट विदाई गरेका छन्। नेापलमा रहँदा नेता लीले उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेका थिए। बुधबार मात्रै उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका थिए। राष्ट्रपतिको कार्यालयमा भएको प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा उनीहरूबीच द्विपक्षीय आपसीहितका विविध विषयमा कुराकानी भएको थियो । बुधबार बिहान चिनियाँ नेता ली नेतृत्वको प्रतिनिधिमण्डलले भक्तपुर दरबार क्षेत्रमा भूकम्पपछिको पुनःनिर्माण परियोजनाको अवलोकन र निरीक्षण तथा स्थानीय कला संस्कृतिको अवलोकन गरेको थियो । भ्रमणको पहिलो दिन सोमबार सभामु...
भारतीय सेना प्रमुखले भने- ‘अग्निपथ’ मा नेपाली भर्ती नभए यसपालिको कोटा अरूलाई दिइन्छ

भारतीय सेना प्रमुखले भने- ‘अग्निपथ’ मा नेपाली भर्ती नभए यसपालिको कोटा अरूलाई दिइन्छ

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ३० भाद्र – छिमेकी भारतका सेना प्रमुख मनोज पाण्डेले ‘अग्निपथ’ योजनाअनुसार नेपालीहरू भारतीय सेनामा भर्ती नभए यसपालि उनीहरूलाई छुट्ट्याएको कोटा अरूलाई दिने बताएका छन्। बुधबार युनाइटेड सर्भिस इन्स्टिच्युसन अफ इन्डियाको कार्यक्रममा सोधिएको प्रश्नको जवाफमा पाण्डेले नेपालीका लागि छुट्ट्याइएको कोटा अरूलाई बाँडिने बताएको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ। ‘मलाई मंसिर ४ को आमनिर्वाचन अघि नेपालले कुनै निर्णय गर्छजस्तो लाग्दैन,’ केही दिनअघि काठमाडौंमा नेपाली सेनाको मानार्थ महारथीको पदवी लिएका पाण्डेले भने,‘त्यसपछि पनि उनीहरूले निर्णय गरेनन् भने त्यो कोटा अरूलाई दिइन्छ।’आफूहरूले चार वर्षे अग्निपथ योजनाका फाइदाबारे नेपाली पक्षलाई बताइसकेको पाण्डेले बताए। ‘अब के गर्ने भन्ने निर्णय नेपालले गर्छ,’ पाण्डेले भने। केही वर्षअघि भारतले वार्षिक ४ हजारको हाराहारीमा नेपाली भर्ती गरिन्थ्...
पहिलो भारत-नेपाली द्विभाषी चलचित्र प्रेम गीत ३ को टोली कोलकाता पुग्यो

पहिलो भारत-नेपाली द्विभाषी चलचित्र प्रेम गीत ३ को टोली कोलकाता पुग्यो

आस्था, कला/साहित्य, प्रदेश ५, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ३० भाद्र –पहिलो इन्डो-नेपाली द्विभाषी चलचित्रको रुपमा निर्माण भएको प्रेम गीत ३ को कलाकार प्रमोशनका लागि शुक्रबार कोलकाता पुगेका थिए । प्रदिप खड्का र क्रिस्टिना गुरुङले अभिनय गरेको प्रेम र गीतको प्रेमकथालाई पछ्याइएको यो एक्सन ड्रामा आगामी सेप्टेम्बर २३ मा हलमा रिलिज हुँदैछ । सन्तोष सेनले निर्देशन गरेको र सुभाष काले र प्रशान्त गुप्ताले संयुक्त रुपमा निर्माण गरेको चलचित्रमा इन्डियन आइडल १२ का विजेता पवनदीप राजनले संगीत दिएका छन् । चलचित्रको प्रमोशनका क्रममा शुक्रबार चलचित्रका कलाकार भिक्टोरिया मेमोरियल पुगेका थिए । यो फिल्म प्रेम गीत फ्रेन्चाइजको फलोअप हो, जसले अहिलेसम्म दुईवटा ब्लकबस्टर – प्रेम गीत १ र २ निर्माण गरिसकेको छ।...
चिनियाँ नेताको भ्रमण: यातायात देखि पैदलयात्रु समेतलाई सास्ती

चिनियाँ नेताको भ्रमण: यातायात देखि पैदलयात्रु समेतलाई सास्ती

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ३० भाद्र – सोमबार अपरान्हदेखि अस्तव्यस्त बनेको काठमाडौंको सवारी व्यवस्थापन मंगलबार झन् भद्रगोल भएको छ । चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुको सवारीका लागि काठमाडौंको सडक खाली गराउँदा यातायात क्षेत्र प्रभावित बनेको हो । नेपाली जनतालाई दु:ख दिनु यो चीन सरकारको नियती भएको महसुसु भएको छ । भ्रमण गर्दा यति कडाई कहिले भएको महसुस भएन ? सोमबार दिउँसोदेखि बानेश्वर–कालीमाटी सडक पटक पटक बन्द गरिएको छ । जसको असर स्वरुप रत्नपार्क क्षेत्रको यातायात पनि प्रभावित भएको छ । जनतालाई आफ्नो गन्तव्य पुग्न धौ धौ भयो । नेपाल सरकारले यति कडा सुरक्षा दिनुको कारण पनि रहस्यमय भएको छ । नेपालमा चीन बिरोधि मानसिकता उपजनु स्वाभाविक छ । नेपालमा जबर्जस्ती बिआरआई जस्ता प्रोजेक्ट पास नेपाललाई ऋणमा चर्को ब्याज लगाउने रणनीतिको जनताले बोल्न चाहेका बेला कडा प्रहरी बल प्रयोग गरेर नेपाल सरकारले के देखाउन खोजेको ...