“हाम्रो विद्यालय म बनाउँछु” अभियान शुरु
नरैनापुर, ३ असोज – बाँकेको नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले “हाम्रो विद्यालय म बनाउँछु” भन्ने अभियान शुरू गरिएको बताउनु भएको छ । उहाँले संविधान दिवसको पूर्व सन्ध्यमा १२ जना करार शिक्षकहरुलाई नियुक्ति पत्र हस्तान्त्रण गर्दै उक्त धारणा राख्नु भएको थियो ।
अध्यक्ष शाहले सार्वजनिक शिक्षा सुधार गर्न विद्यालयका प्रधानाध्यापक र शिक्षकको मुख्य भूमिका हुने उल्लेख गर्दै सार्वजनिक विद्यालय बचाउने र सुधार्ने जिम्मा प्रधानाध्यापक र शिक्षकको हातमा रहेको जिकिर गर्नु भयो । उहाँले शिक्षण पेसालाई मर्यादित बनायो भने शैक्षिक सुधारमा उल्लेख्य प्रगति हुने बताउदै अध्यक्ष शाहले नरैनापुर गाउ“पालिकामा रहेका विद्यालयहरूको आवश्यक भौतिक पूर्वाधारहरु तयार गर्ने योजना बनाएकोले शिक्षकहरुलाई निष्पक्ष भएर गुणस्तरीय शिक्षा प्रदान गर्न तर्फ भूमिका निर्वाह गर्न निर्देशन दिनु भएको थियो ।
नरैनापुर गा...









