Monday, June 29सत्यम खबर
Shadow

आस्था

लक्ष्मीपूजाकाे साँझ ३८० मेगावाट बिजुली भारत निर्यात

लक्ष्मीपूजाकाे साँझ ३८० मेगावाट बिजुली भारत निर्यात

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १२ कार्तिक – यस वर्ष लक्ष्मीपूजाको दिन विद्युतको उच्चतम माग (पिक डिमाण्ड) १ हजार ३ सय मेगावाट नाघेको छ । नेपाल विद्युत प्राधिकरणले यस वर्षको लक्ष्मी पूजाका दिन पिक देशभित्रको डिमाण्ड १४०० मेगावाटको हाराहारीमा पुग्ने प्रक्षेपण गरेको थियो । तर, प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाको दिन साँझ करिब ६ः१० बजे ‘पिक डिमाण्ड’ १ हजार ३०५ मेगावाट रेकर्ड गरेको छ । गत वर्ष लक्ष्मीपूजाको दिन पिक डिमाण्ड १ हजार २७० मेगावाट थियो ।गत वर्षको तुलनामा यस वर्षको लक्ष्मीपूजाको पिक डिमाण्ड ३५ मेगावाट बढी हो । विगतका वर्षहरुमा लक्ष्मीपूजाको माग धान्नका लागि विद्युत् आयात हुँदै आएकोमा यसवर्ष आन्तरिक उत्पादनले लक्ष्मीपूजाको ‘पिक लोड’ धानेको छ ।अझ खपत हुन नसकेको बिजुली भारत समेत निर्यात भएको छ भने २०० मेगावाट बराबरको बिजुली खपत हुन नसकेर खेर समेत गएको छ । लक्ष्मीपूजाको साँझमा ‘पिक’ समयमै प्राधिकरणले ३८...
चिनियाँ सुरक्षा वैठकमा गलवान घाँटीमा भएको घटनाको भिडियो देखाइयो, युद्ध जित्न ठोस रणनीति बनाउन सुझाव

चिनियाँ सुरक्षा वैठकमा गलवान घाँटीमा भएको घटनाको भिडियो देखाइयो, युद्ध जित्न ठोस रणनीति बनाउन सुझाव

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, १२ कार्तिक – चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्नो नेतृत्वमा रहेको चिनियाँ सेनाले तालिम र युद्धको तयारीमा पहिलेभन्दा बढी जोड दिने बताएका छन् । यस तयारीको उद्देश्य युद्ध लड्ने र जित्ने क्षमता अभिवृद्धि गर्नु हो जसले गर्दा ‘स्ट्राटेजिक डिटेरेन्स’को बलियो प्रणाली निर्माण गर्न सकिन्छ । आइतवारबाट सुरु भएको चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनमा आफ्नो ‘कार्य प्रतिवेदन’ प्रस्तुत गर्दै सीले यस्तो टिप्पणी गरेका हुन् । उनले प्रतिवेदनमा भनेका छन्, ‘हामी सेनाको तालिमलाई थप विस्तार गर्नेछौँ र लडाइँ लड्न र जित्नमा सेना प्रभावकारी साबित हुने गरी लड्ने क्षमतामा सुधार गर्नेछौँ ।’ यसअघि बेइजिङको द ग्रेट हल अफ पिपुलको गाल्वानमा भारत र चीनका सेनाबीच भएको रक्तपातपूर्ण झडपको भिडियो पनि प्रतिनिधिहरुलाई देखाइएको थियो । यी झडपहरूमा संलग्न चिनियाँ सेनाका एक कमाण्डर पनि यस समयमा उपस्थित थिए। चीनक...
चप्परगौडी–घुईयावारी सडकलाई प्राथमिकता

चप्परगौडी–घुईयावारी सडकलाई प्राथमिकता

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
कोहलपुर, १२ कार्तिक – बाँके क्षेत्र नं. १ मा नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभा उम्मेदवार सूर्य ढकालले खड्कवार–घुईयावारी हुँदै सल्यान जोड्ने अन्तरप्रदेश पर्यटकीय मार्ग निर्माणलाई प्राथमिकता दिनु भएको छ ।२०१५ सालदेखि नै यस सडकको वारेमा चुनावी नारा बन्ने गरे पनि यसपटक नेकपा एमालेले यो सडक निर्माणको एजेण्डालाई प्राथमिकतामा पारेको हो । कोहलपुर नगरपालिका वडा नं. १२ र १३ लगायत कोहलपुरलाई आर्थिक तथा सामाजिक रुपले सवल बनाउन कोहलपुर–चपरगौंडी–खडकवार–घुइयावारी हँुदै सल्यान जोड्ने अन्तरप्रदेश पर्यटकीय मार्ग बनाउन जरुरी रहेको बाँके क्षेत्र नं. १ प्रतिनिधि सभामा नेकपा एमालेका उम्मेदवार सूर्य ढकालले बताउनुभयो ।“यो सडक निर्माणले बाँके र सल्यानका जनताको आर्थिक जीवनस्तर उठाउन कोशेढुङ्गा सावित हुनेछ । सल्यान, सुर्खेत, प्युठान र रोल्पासम्म पुग्न छोटो र कम खर्चमा यात्रा गर्न सकिने यो सडक हाम्रो प्राथमिकतामा छ”...
बढ्दो एकहोरो विकासको, उदांगों नमूना कार्यविधि :

बढ्दो एकहोरो विकासको, उदांगों नमूना कार्यविधि :

आर्थिक, आस्था, प्रदेश ५, बिचार, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, समाज
मिति: २०७९/०७/१२सर्वदेव ओझाजब एउटै प्रत्यक्ष निर्वाचित सांसदवाट आ-आफ्नो क्षेत्रमा केन्द्रीय बजेट र उपभोगता समिति मार्फत सबै निकाय बाईपास गरी नै विकास गरिएको प्रमाण बाहिर आऊछ भने १६५ सांसद निर्वाचित गर्दा सम्भव छ भने अन्य बाकी ११० समानुपातिक, ५९ राष्ट्रीय सभा सदस्य, प्रदेश सरकार र प्रदेससभा सदस्य, सबै स्थानीय निकाय सहितका पदाधिकारी, वडा अध्यक्ष, बडा को सबै सदस्य, सरकारी निकाय, प्राविधिकहरूको दरबन्दी समेत किन राख्ने र किन पाल्ने ? खारिज गरौ !! होईन भने मरेको अख्तियारले वा सम्बंधित निकाय र प्राविधिकको रोहमा भए-गरेको सम्पन्न विवरण अनुसार सबै कार्यक्रमको ठाऊँ को ठाऊँ सम्बंधित उपभोग्ताबाट सार्वजनिक सुनुवाई ( Social Audit ) गरी फर-फारक गर्ने गरी एकीकृत , पारदर्शी व्यवस्था लागू गरी मूल्यांकन गरियोस । हाल विश्लेष्णमा बाँके २ निर्वाचन क्षेत्रको सर्सरती हेर्दा प्रायः सबै "उपभोक्ता समिति,, बनाई खर्...
चिनियाँ कम्पनीलाई निर्माणको जिम्मा दिएको ७५६ मेगावाटको तमोर वर्षौं अलपत्र

चिनियाँ कम्पनीलाई निर्माणको जिम्मा दिएको ७५६ मेगावाटको तमोर वर्षौं अलपत्र

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १० कार्तिक – सरकारले साढे दुई वर्षअघि ७ सय ५६ मेगावाटको तमोर जलविद्युत् आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दियो। सरकारले ‘सोकेस’मा राखेको उक्त आयोजना जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसीएल) र चिनियाँ कम्पनी पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना लिमिटेड (पावर चाइना)लाई जिम्मा लगाइयो। तर, यो अवधिसम्म कुनै प्रगति भएन। देशकै गौरवको यो आयोजना अलपत्र छ। लगानी बोर्डले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका बेला २०७६ माघमा पावर चाइना र एचआइडीसीएलको ज्वाइन्ट भेन्चरमा निर्माण गर्ने गरी सम्झौता गरेको थियो। पावर चाइना चीन सरकारको कम्पनी हो। दुई वर्षभित्र आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन सक्नुपर्ने सम्झौतामा उल्लेख थियो। तर, साढे दुई वर्ष बित्दा पनि काम अघि बढेको छैन। सम्झौताको ६ महिनाभित्र दुवै कम्पनीले के कति सेयर लिने भन्ने ‘सेयर होल्डिङ’ सम्झौता गरिसक्नुपथ्र्यो...
कांग्रेसको खुलेरै प्रशंसा गरे बाबुराम भट्टराईले, रुखको छहारीमा बसेर सूर्यलाई परास्त गर्ने उदघोष

कांग्रेसको खुलेरै प्रशंसा गरे बाबुराम भट्टराईले, रुखको छहारीमा बसेर सूर्यलाई परास्त गर्ने उदघोष

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १० कार्तिक – नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रमुख सत्तारुढ नेपाली कांग्रेसको प्रशंसा गरेका छन् । भट्टराईले रुखको छहारीमा बसेर सूर्यलाई परास्त गर्ने उद्घोषसमेत गरेका छन् । चर्को घाम लागेका बेला गठबन्धनका दलहरु रुखको छायामुनि बस्न आइपुगेको उल्लेख गर्दै भट्टराईले चर्को घाम लागेका बेला रुखको छहारी खोज्नु स्वभाविक भएको जिकिर गरे । उनले कांग्रेसले थुप्रै क्रान्तिको नेतृत्व गरेको भन्दै संविधान जोगाउने काम पनि कांग्रेसकै नेतृत्वमा भइरहेको बताए । 'चर्को घामले सताइरहेका बेला हँसिया बोक्ने किसान, हथौडा बोक्ने मजदुर र कलम समात्ने बुद्धिजीवी ठूलो रुखको छायाँमा बसेर चियाको कपमा चिया खाँदा जुन आनन्द आउँछ, त्यसलाई सम्झिएर भोट हाल्नुस्', उनले कार्यकर्तालाई भने । भट्टराईले आफूहरुको गठबन्धन पवित्र भएको पनि तर्क गरेका छन् । ' यो गठबन्धनले आफ्नै मौलिक विकासको मोडेल ल्या...
चीनसँग चिसिएको सम्बन्धलाई पुनः सुमधुर बनाउने नयाँदिल्लीको चाहना

चीनसँग चिसिएको सम्बन्धलाई पुनः सुमधुर बनाउने नयाँदिल्लीको चाहना

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १० कार्तिक – लद्दाख सीमा झडप पछि चीनसँग चिसिएको भारतको सम्बन्धलाई पुनः सुमधुर तुल्याउने चाहना नयाँदिल्लीले व्यक्त गरेको छ । भारतीय विदेशमन्त्री सुव्रमन्यम जयशङ्करले भारतमा आफ्नो चारवर्षे कार्यकाल पूरा गरेर बेइजिङ फर्कन लागेका चिनियाँ राजदूत सुन वेइडोङसँगको बिदाई भेटपछि सामाजिक सञ्जालमा चीनलाई चिढ्याउने साउथ ब्लकको चाहना नभएको अभिव्यक्त सार्वजनिक गरेका हुन् । चीन-भारत सीमा क्षेत्रमा शान्ति कायम गर्न तथा शान्तिपूर्ण द्विपक्षीय सम्बन्धलाई अक्षुण्ण राख्न अपरिहार्य भएको बताउँदै विदेशमन्त्रीले भारत-चीन सम्बन्ध सामान्यीकरण हुनु दुवै देशका लागिमात्र नभई एशिया र समग्र विश्वको हितमा रहेको उल्लेख गरेका छन् । सन् २०२० को दोक्लाम झडपपछि दुवै पक्षले आपसी सम्बन्धलाई व्यवस्थित गर्ने प्रयास गरिरहेका छन् । भारत-चीन सम्बन्धको विकास आपसी हितका तीनवटा साझा मान्यताद्वारा निर्देशित भएको विदेशमन्त्र...
चिनियाँ दबाबबीच श्रीलङ्का स्वतन्त्र व्यापार सम्झौता गर्न सजग

चिनियाँ दबाबबीच श्रीलङ्का स्वतन्त्र व्यापार सम्झौता गर्न सजग

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १० कार्तिक – जारी आर्थिक सङ्कट र चिनियाँ बजारमा प्रवेश गर्ने चुनौतीहरूले श्रीलङ्कालाई दबाबको बाबजुद चीनसँग स्वतन्त्र व्यापार सम्झौता (एफटीए) गर्न सतर्क बनाउँदै छ। हालै श्रीलङ्काका विदेश मन्त्री अलि साब्री र उनका चिनियाँ समकक्षी वाङ यीबीच न्युयोर्कमा संयुक्त राष्ट्र सङ्घको महासभाको बैठकमा साइलाइन भेटवार्ता भयो। चिनियाँ दूतावासले दुई पक्षहरू 'वार्ता प्रक्रियालाई गति दिन र स्वतन्त्र व्यापार सम्झौता (एफटीए) को चाँडै निष्कर्षमा पुग्ने प्रयास गर्न सहमत भएका छन्। जसले गर्दा उनीहरूको आर्थिक र व्यापारिक सहयोगको आशालाई बढवा दिन र स्थिरता प्रदान गर्दछ,' मिरर दैनिकले रिपोर्ट गरेको छ। यद्यपि, श्रीलङ्काका मन्त्रीले उनीहरूको बैठकको बारेमा ट्विट गरे तर एफटीएमा छलफलको कुनै ट्रेस थिएन। सन् २०१५ मा वार्ता सुरु भएदेखि नै श्रीलङ्काले एफटीएमा आफ्नो खुट्टा तान्दै र तान्दै आएको छ, तर चीनले यसलाई ...
नेपालमा नांगो हस्तक्षेप गर्ने चिनियाँ राजदूत यान्छीको बहिर्गमन

नेपालमा नांगो हस्तक्षेप गर्ने चिनियाँ राजदूत यान्छीको बहिर्गमन

आस्था, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १० कार्तिक – नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी नेपालबाट बिदा भएकी छन् । कम्युनिस्ट एकतापछि नेपालमा नांगो हस्तक्षेपमा उत्रेकी यान्छी समयक्रममा चरम असफलतासँगै उतारचढावपूर्ण चार वर्ष कटाएर गएकी छन् । उनको कार्यकालमा चीनले मिचेको नेपाली भूमिमा चिनियाँ दाबीदेखि देशको प्रधानमन्त्रीलाई कुर्सी छोड्ने निर्देशनसम्मको गतिविधि दूतावासबाट भएका छन् । माओको तस्बिरमा मास्क छापेको भन्दै नेपाली सम्पादकलाई धम्क्याउने काम पनि यान्छीकै पालामा भयो । तर उनको चरम हस्तक्षेपको सीमा धेरै टिकेन । कम्युनिस्टहरु फेरि फुटेर लोकतान्त्रिक सरकार आएसँगै उनको चुरीफुरी अन्त्य भयो । प्रधानमन्त्रीभन्दा माथि आफूलाई सम्झेर निर्देशन दिने उनको उर्लिएको हैसियत स्वात्तै घटेर राजदूतकै हैसियतमा आइपुग्यो । कम्युनिस्टहरुले चीनलाई बोकेकोमा शेरबहादुर देउवा सरकारले दुबै छिमेकीलाई समान हैसियतमा अगाडि बढाएपछि यान्छीको सबै प...
जसपाका उम्मेदवार रेवन्त झाले सत्ता गठबन्धनलाई गरे समर्थन, माधव नेपालको शक्ति थपियो

जसपाका उम्मेदवार रेवन्त झाले सत्ता गठबन्धनलाई गरे समर्थन, माधव नेपालको शक्ति थपियो

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १० कार्तिक – जनता समाजवादी पार्टीका नेता रेवन्त झाले सत्ता गठबन्धनलाई समर्थन गरेका छन् । रौतहट क्षेत्र १ को प्रतिनिधि सभा सदस्यको स्वतन्त्र उमेदवार झाले त्यहाँका सत्ता गठबन्धनका साझा उम्मेदवार माधवकुमार नेपाललाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका छन् । झाले जसपा परित्याग गरी पुरानै घर फर्किएका हुन् । यसअघि उनी एमालेमा माधव नेपालनिकट थिए । अहिले एकीकृत समाजवादीमा फर्किएका हुन् । उनले घर फर्किँदै घरमुली माधव नेपाललाई जिताउन र सत्ता गठबन्धनलाई सफल बनाउन कुनै कसर बाँकी नराख्ने बताएका छन् । रौतहटमा प्रभाव राख्ने नेता झा सत्ता गठबन्धनमा आएसँगै यहाँ माधव नेपालको शक्ति थप बलियो बनेको छ । जसपाले एमालेसँग सहकार्य गरेपछि झा असन्तुष्ट थिए ।...