Tuesday, June 30सत्यम खबर
Shadow

आस्था

पूर्वप्रहरी अधिकृत विक्रमसिंह थापा कपिलवस्तु क्षेत्र २ क बाट उम्मेदवार, जीत सुनिश्चित भएको मतदाताको दाबी

पूर्वप्रहरी अधिकृत विक्रमसिंह थापा कपिलवस्तु क्षेत्र २ क बाट उम्मेदवार, जीत सुनिश्चित भएको मतदाताको दाबी

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
कपिलवस्तु, १३ कार्तिक – नेपाल निर्वाचन आयोगले नोभेम्बर २० मा हुने मतदान स्थगित गरेको छ । भारतको छिमेकी मुलुक नेपालमा शंख बज्यो । नेपाली काँग्रेसले लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लाको क्षेत्र नम्बर २ क बाट पूर्वप्रहरी अधिकृत विक्रमसिंह थापालाई सांसद पदका लागि आधिकारिक उम्मेदवार घोषणा गरेको छ । विक्रम थापाको मैदानमा प्रवेशले अन्य दलको गणित नै चकित बनाएको छ, सबै स्तब्ध भएका छन् । विक्रम थापा यस्ता प्रतिभाशाली, प्रभावशाली व्यक्तित्व हुन्, जो भारत नेपाल सीमाका जिल्लामा एसपी पदमा खटिएका छन् । दोषी, दबाब रहित कार्यशैलीका कारण मधेसी वर्गको आँखाको तारा बनेको छन्, यस वर्गका हरेक समुदायको उनीहरुप्रति गहिरो आस्था रहेको पाईन्छ । प्रहरी सेवामा आबद्ध हुनुका साथै उनले धेरै सामाजिक सेवा संघ, संस्थामा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । आफ्नो फरक कार्यशैली, सामाजिक सद्भाव, निष्पक्षताका कारण विक्रम थापा म...
घरदैलोमा ब्यस्त मन्त्री अथक

घरदैलोमा ब्यस्त मन्त्री अथक

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
कोहलपुर, १३ कार्तिक – बाँकेको क्षेत्र नम्बर १ अन्तर्गत रहेको प्रतिनिधी सभा र प्रदेश सभामा पाँच दलिय गठबन्धनले चुनावी अभियानलाई शसक्त पारेको छ । मन्त्री अथक सहितका उम्मेदवारहरुले भेटघाटलाई तिब्रता दिएका छन् । अघिल्लो पाँच वर्षे कार्यकालमा उक्त निर्वाचन क्षेत्रमा भए गरेका विकासका काम र आगामी दिनमा गर्नुपर्ने कामको बारेमा मतदाताहरुसँग छलफल गर्ने क्रममा मन्त्री अथकले विकास नै आफ्नो सबैभन्दा ठुलो एजेण्डा रहेको बताउने गरेका छन ।आफ्नो पाँच वर्षे कार्यकालमा क्षेत्र नम्बर १ को विकास गर्दा पक्षपात नगरेर काम गरेको अथकको भनाई छ । “क्षेत्र नम्बर १ का बिद्यालयको शैक्षिक सुधार कार्यक्रमका साथै यहाँको आधारभुत आवश्यकता सडक, बिजुली, सिचाइँ, खानेपानी, पुल पुलेसा, कटान तथा डुवान नियन्त्रण गर्न उल्लेखनीय काम भएका छन” उनले भने ।बाँके जिल्लाको पिछडिएको क्षेत्रका रूपमा रहेको बाँके निर्वाचन क्षेत्र नम्बर १ मा देखि...
“विकासको एजेण्डा लिएर मतदाताको घर आँगनमा मन्त्री अथक”

“विकासको एजेण्डा लिएर मतदाताको घर आँगनमा मन्त्री अथक”

आस्था, प्रदेश ५, राजनीति, समाचार
कोहलपुर, १३ कार्तिक – नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) यतिबेला आफ्नो गृहजिल्लामा छन । लामो समयदेखी रोकिएको राष्ट्रिय खेलकुद प्रतियोगिता ऐतिहासिक रुपमा सम्पन्न गराए लगत्तै उनि गृहजिल्ला बाँके पुगेका हुन । आसन्न निर्वाचनमा बाँके क्षेत्र नं. १ बाट प्रतिनिधी सभा पदका उम्मेदवार समेत रहेका मन्त्री अथक यतिबेला चुनावी मैदानमा होमिएका छन ।०७४ सालमा बाँके क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सांसदका रुपमा निर्वाचित भएका मन्त्री अथक पुनः सोही निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका छन । भौगोलिक र जनसंख्याको हिसावले जिल्लाकै सबैभन्दा ठुलो निर्वाचन क्षेत्रको प्रतिनिधित्व गर्दै आएका अथक दोस्रो पटक साँसदका रुपमा दोहोरीने तयारीमा छन ।कोहलपुर नगरपालिका वडा नं. ५ स्थित भाडाको घरमा बस्दै आएका उनी प्राय स्थानियको घरआँगनमा भेटिन्छन । सामान्य रुपमा चुनावी गतिविधि गरीरहेका अथकले चुनावी सभालाई भन...
समस्या सुन्दै प्रतिवद्धता जनाउँदै कक्षपति र ओली

समस्या सुन्दै प्रतिवद्धता जनाउँदै कक्षपति र ओली

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, १३ कार्तिक – बाँके क्षेत्र नं. ३ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका किस्मतकुमार कक्षपति, ३ प्रदेश ख का उम्मेदवार भीमबहादुर ओली निरन्तर जनभेटघाटमा छन् ।उनीहरुले विभिन्न टोलमा स्थानीयसंग अन्तरक्रिया र घरदैलो गर्दा स्थानीयका समस्या सुन्ने र आफुले ५ वर्षमा गर्न सक्ने कामका बारेमा प्रतिवद्धता व्यक्त गर्दै आएका छन् । सो क्रममा आज क्षेत्र नं. ३ अन्तरगत खजुरा गाउँपालिका वडा नं. ३ को क गाउँ, बि गाउँ र धौलागिरीमा अन्तरक्रिया गर्दैछन् । स्थानीयसंगको भेटघाटमा प्रतिनिधिसभा उम्मेदवार कक्षपतिले आफुहरु काममा विश्वास गर्ने भन्दै काम गर्नैकै निम्ति जनप्रतिनिधि हुन लागेको बताए ।उनले आफ्नो क्षेत्रमा पर्ने १४ वडाका जनतासंग भेटघाट र समस्याहरु ग्रहण गर्दै आइरहेको र प्राथमिकीकरण गर्दै आफु सफल भएपछि समाधान गर्दै जाने बताए । उनले जनताको शीर झुक्ने काम कदापी नगर्ने प्रतिवद्धता जना...
जनतासँग गरेका बाचा कुनैपनि हालतमा खेर जान दिदैनौ : मन्त्री अथक

जनतासँग गरेका बाचा कुनैपनि हालतमा खेर जान दिदैनौ : मन्त्री अथक

आस्था, प्रदेश ५, राजनीति, समाचार
कोहलपुर, १३ कार्तिक – पाँच दलिय (बाम–लोकतान्त्रीक) गठबन्धका तर्फबाट बाँके निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार एवं युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले गठबन्धनका उम्मेदवारहरु सक्षम, सालिन र परिपक्क भएकोले ढुक्कसँग जनतामा भोट माग्न जान आग्रह गरेका छन् ।जनतासँग गठबन्धनका आम नेता कार्यकर्ताहरुले गरेका बाचा कुनैपनि हालतमा खेर जान नदिने बताउँदै अथकले सिंहदरबार चिनेको नेतृत्व नै अहिलेको आवश्यकता भएको बताए ।बाम–लोकतान्त्रीक गठबन्धन बाँके १ ‘ख’ अन्तर्गत वडा निर्वाचन परिचालन समितिका वडा संयोजक र सह–संयोजकको कोहलपुरमा आयोजित भेलालाई सम्बोधन गर्दै अथकले यस्तो बताएका हुन् । उनले सबै स्थानमा भोट माग्न जानका लागि समय अभाव हुन सक्ने भन्दै गठबन्धका सबै नेता कार्यकर्तालाई यतिखेर अथक र फुलारामका रुपमा प्रस्तुत हुन समेत आग्रह गरे ।कोहलपुरलाई आधुनिक शहरका रुपमा विकास गरेरै छाड्ने बताउँदै अथकले सब...
कचनापुरमा गठबन्धनको निर्वाचन परिचालन कार्यालय उद्घाटन

कचनापुरमा गठबन्धनको निर्वाचन परिचालन कार्यालय उद्घाटन

आस्था, प्रदेश ५, राजनीति, समाचार
कोहलपुर, १३ कार्तिक – वाम–लोकतान्त्रिक गठबन्धनले राप्ती सोनारी गाउँपालिका– २ मा संयुक्त निर्वाचन परिचालन समितिको कार्यालय सञ्चालनमा ल्याएको छ । गठबन्धनको निर्वाचन क्षेत्र नम्बर १ (क) अन्तर्गत कचनापुरमा शनिबारबाट वडा स्तरीय संयुक्त निर्वाचन परिचालन समितिको कार्यालय सञ्चालन आएको हो ।कार्यालयको गठबन्धनबाट क्षेत्र नम्बर १ (क) की उम्मेदवार कृष्ण केसी (नमुना)ले उद्घाटन गरेकी हुन । सो अवसरमा बोल्दै उम्मेदवार नमुनाले गठबन्धनमा रहेका उम्मेदवारलाई विजयी गराउनको लागि लागिपर्न गठबन्धनमा आवद्ध रहेका दलका नेता कार्यकर्तालाई आग्रह गरेकी थिइन् ।अघिल्लो कार्यकालमा समेत आफुले राप्ती सोनारी र नरैनापुरको विद्युतीकरण, सडक, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा उल्लेखनीय काम गरेको उनले बताइन् ।उद्घाटन कार्यक्रममा नेपाली काँग्रेस बाँकेका प्रवक्ता डिल्ली गिरी, महिला नेतृ संगिता चौधरी लगायतका गठबन्धनमा आवद्ध रहेका द...
कार्यपालिका सदस्य जायसवाललाई मातृशोक

कार्यपालिका सदस्य जायसवाललाई मातृशोक

आस्था, प्रदेश ५, राजनीति, समाचार, समाज
डुडुवा, १२ कार्त्तिक - बाँके डुडुवा गाउँपालिकाका कार्यपालिका सदस्य शिवकुमार जायसवाललाई मातृशोक परेको छ । डुडुवा गाउँपालिका वडा नं. ३ निवासी सदस्य जायसवालकी ममतामयी आमा ७० वर्षिय जगरानी जायसवालको विगत चार वर्षदेखि नशासम्वन्धी रोगले ग्रसित भई हिडडुल गर्न समेत नसक्ने अवस्थामा उपचारकै क्रममा मिति २०७९ कात्तिक १२ गते (शुक्रबार) विहान ८ बजेर १५ मिनेटमा निधन भएको हो । कार्यपालिका सदस्य जायसवालको आमाको निधनको घटनाप्रति डुडुवा गाउपालिका स्तब्ध भएको छ । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले आज शोक बक्तव्य जारी गर्दै शोकको यस घडीमा मृत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति धेर्यधारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन् भन्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।...
धर्ममा राजनीति र राजनीतिमा धर्मका मुद्दा नउठाऔं : राई

धर्ममा राजनीति र राजनीतिमा धर्मका मुद्दा नउठाऔं : राई

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, १२ कार्त्तिक - कसौधन समाज बाँकेले तिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा आगामी मंसिर ४ को निर्वाचनबारे छलफल गरेको छ। शनिबार नेपालगन्जमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि बाँके निर्वाचन क्षेत्र नं २ का उम्मेदवार तथा जनता समाजवादी पार्टीका नेता मोहम्मद इश्तियाक राईले धर्म र सम्प्रदायको नाममा नभएर विकासको नाममा मतदान गर्न आग्रह गरे। उनले आफूले कुनै पनि जातिय वा साम्प्रदायिक राजनीति नगरेको भन्दै जनताको सेवा र आफ्नो क्षेत्रको विकासका लागि राजनीति गरेको पनि बताए।‘सबै कुरा तपाईंहरूलाई थाहा छ। को कति पानीमा छ भन्ने कुरा तपाईंहरू नै राम्रोसँग जान्नुहुन्छ’ उनले भने ‘हामीले धर्मको ठेकेदारी गर्दैनौं। हामी तपाईंहरूकै सेवा गर्छौं। तपाईंहरूकै लागि विकास गर्नेछौं।’ उम्मेदवार राईले आफ्ना लागि सबै जातजाति, धर्म र सम्प्रदाय बराबरी रहेको भन्दै कसैलाई पनि तलमाथि नराखेर व्य...
धार्मिक होइन विकासका मुद्दामा बहस गरौं : राई

धार्मिक होइन विकासका मुद्दामा बहस गरौं : राई

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १२ कार्त्तिक - जनता समाजवादी पार्टीका नेता तथा बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले जनताको साथ र विकास नछोड्ने नेतालाई मतदान गर्न अपिल गरेका छन्। क्षेत्र नं २ अन्तर्गत पर्ने डुडुवा तथा नेपालगन्ज क्षेत्रमा चुनावी घरदैलो कार्यक्रमका बेला मतदाताहरूलाई सम्बोधन गर्दै उनले यसअघिका कामहरूको आधारमा मतदान गर्न भनेका हुन्। ‘मैले यसकारण तपाईंहरूसँग भोट मागिरहेको छु कि यसअघि पनि मैले यहाँ गरेका बाचाहरूअनुसार काम गर्ने प्रयास गरें। कति गरें त्यो तपाईंहरू नै साक्षी हुनुहुन्छ’ उनले भने ‘अझै काम गर्न बाँकी छ र ती कामहरू मैले अवश्य पूरा गर्नेछु त्यसका लागि फेरि एकपटक मलाई तपाईंहरूको साथ चाहिएको छ।’उम्मेदवार राईले धार्मिक मुद्दा उठाएर अनि मिलेर बसेको समुदायलाई फेरि विथोल्नका लागि विपक्षीहरू लागिपरेको भन्दै त्यस्ता षड्यन्त्रहरूप्रति सचेत रहन पनि आम मतदातालाई आग्रह...
बाँकेका १०८ मतदान स्थल अतिसंवेदनशील, ३० संवेदनशील

बाँकेका १०८ मतदान स्थल अतिसंवेदनशील, ३० संवेदनशील

आस्था, प्रदेश ५, राजनीति, समाचार, समाज
नेपालगन्ज, १२ कार्तिक – मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि बाँकेमा तय भएका मतदानस्थलको सुरक्षा संवेदनशीलता दृष्टिगत गर्दै वर्गीकरण गरिएको छ । बाँकेका १३८ वटा मतदानस्थललाई दुई भागमा वर्गीकरण गरिएको निर्वाचन कार्यालयका प्रमुख रमा पन्तले जानकारी दिए । उनका अनुसार निर्वाचनमा सुरक्षा दृष्टिकोणले मतदानस्थलहरूलाई अति संवेदनशील र संवेदनशील गरेर दुई भागमा विभाजन गरिएका छन् । जसमा १०८ वटा मतदानस्थल अति संवेदनशील र ३० वटा संवेदनशील छन् । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा १३६ मतदान केन्द्र रहेकामा यसपटक कोहलपुर नगरपालिकामा एक र डुडुवा गाउँपालिकामा एक थप गरी जम्मा १३८ मतदानस्थल बनाइएको प्रमख पन्तले बताए । रासस...