
काठमाण्डौ, १० कार्तिक – जनता समाजवादी पार्टीका नेता रेवन्त झाले सत्ता गठबन्धनलाई समर्थन गरेका छन् । रौतहट क्षेत्र १ को प्रतिनिधि सभा सदस्यको स्वतन्त्र उमेदवार झाले त्यहाँका सत्ता गठबन्धनका साझा उम्मेदवार माधवकुमार नेपाललाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका छन् ।
झाले जसपा परित्याग गरी पुरानै घर फर्किएका हुन् । यसअघि उनी एमालेमा माधव नेपालनिकट थिए । अहिले एकीकृत समाजवादीमा फर्किएका हुन् । उनले घर फर्किँदै घरमुली माधव नेपाललाई जिताउन र सत्ता गठबन्धनलाई सफल बनाउन कुनै कसर बाँकी नराख्ने बताएका छन् ।
रौतहटमा प्रभाव राख्ने नेता झा सत्ता गठबन्धनमा आएसँगै यहाँ माधव नेपालको शक्ति थप बलियो बनेको छ । जसपाले एमालेसँग सहकार्य गरेपछि झा असन्तुष्ट थिए ।
