Monday, June 1सत्यम खबर
Shadow

स्वतन्त्र उम्मेदवार शेषले चुनावी अभियान थप तिब्र बनाउँदै

नेपालगन्ज, २२ कार्तिक – बाँकेको क्षेत्र नंं. २ बाट प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार ईरफान अहमद शेषले चुनावी अभियान शहर र गाँउ क्षेत्र दुवैमा तिब्र बनाएका छन् ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन नजिक्दै गर्दा चुनावी अभियानलाई तिब्र पारेका हुन । बाँके जिल्लामै क्षेत्र नं. २ लाई मुख्य रुपमा लिने गरिएको छ । यस क्षेत्रले समग्र जनताको ध्यान तानेको छ ।
जनमत पार्टीले उम्मेदवार शेषलाई चुनावमा भिड्न टिकट दिन पछाडि हटे पछि स्वतन्त्र उम्मेदवारी दिएका थिए । जनमत पार्टीले जसपाबाट केन्द्रिय सदस्यको प्रतिनिधित्व गरेर आएका बाबु खाँलाई टिकट दिएको छ । जस पश्चात जनमत पार्टी माथि टिकट बेचेको आरोप लागेको छ ।
उम्मेदवार शेषले किसान, पिडित रिक्सावाला, बैंक तथा सहकारी पिडित, नागरिकता विधेयक लगायतको आवाज बनेर यति बेला उम्मेदवार शेष सहित उनको टिम गाँउ शहर एक गरेका छन ।
उनले सोमबार नेपालगन्ज उपमहानगरपालिलका २१, डुडुवा गाउ“पालिकाको वडा नं. २ का केही गाउ“मा घरदैलो गरेका थिए । त्यस बेला स्वतन्त्र उम्मेदवार शेषले चुनावी माहोल आफ्नो पक्षमा पार्न गाँउमा केन्द्रित भएको हामीलाई बताएका थिए ।
क्षेत्र नं. २ को बिकट क्षेत्रमा मलखाद्य, बिउबिजन, कृषि औजारमा पछाडि पर्दै आएका कृषक, पिडित रिक्सावालाहरुको बिषयलाई बुझ्दै जनताको दैलोमा खटिएका छन । उनी आफ्नो चुनाव चिन्ह डोजरलाई जनता बीच चिनाउँदै घरदैलोमा खटिएका छन् । उनले यी पिडितहरु कै बिषयलाई सदन र सडक दुवैबाट सरकारलाई दबाब दिने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *