Friday, July 3सत्यम खबर
Shadow

आस्था

कहिले खुल्छन् सबै उत्तरी नाका  ?

कहिले खुल्छन् सबै उत्तरी नाका  ?

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १८ पौष – ताप्लेजुङदेखि दार्चुलासम्म चीनसँग जोडिएका तीनवटा बाहेक नाका सञ्चालनमा नआउँदा स्थानीय उत्पादनको बिक्री ठप्प भएको छ भने आफ्नै सदरमुकामबाट दैनिक उपभोग्य वस्तु किनेर ल्याउन सीमा क्षेत्रका बासिन्दाले चर्को मूल्य तिर्नुपरेको छ ।सुर्खेत/मुगु/गोरखा/ताप्लेजुङ/दार्चुला/दोलखा/सिन्धुपाल्चोक — कोरोना संक्रमणको जोखिम बढेसँगै सन् २०२० को सुरुआतबाट बन्द भएका चिनियाँ उत्तरी नाका अझैसम्म नखुल्दा सीमा क्षेत्रका नेपालीको व्यवसाय र स्थानीय बासिन्दाको दैनिकी प्रभावित बनेको छ । ताप्लेजुङदेखि दार्चुलासम्म चीनसँग जोडिएका तीनवटा बाहेक नाका सञ्चालनमा नआउँदा स्थानीय उत्पादनको बिक्री ठप्प भएको छ भने आफ्नै सदरमुकामबाट दैनिक उपभोग्य वस्तु खरिद गर्न स्थानीय बासिन्दाले चर्को मूल्य तिर्नुपरेको छ । चीनसँगका नाकामध्ये रसुवाको रसुवागढी, सिन्धुपाल्चोकको तातोपानी र हुम्लाको यारीबाट आयात सुरु भएको छ । ३५ म...
तिब्बतमा चीनको दमन जारी, ‘दलाई लामा’ शब्द पनि प्रतिबन्धित

तिब्बतमा चीनको दमन जारी, ‘दलाई लामा’ शब्द पनि प्रतिबन्धित

आस्था, धार्मिक, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १८ पौष – चिनियाँ कम्युनिष्ट पार्टीले तिब्बतमा नयाँ नीतिका नाममा मानव अधिकार उल्लङ्घन र साँस्कृतिक अतिक्रमणलाई निरन्तरता दिइरहेको पाइएको छ । तिब्बत प्रेसले जनाएअनुसार कम्युनिष्ट पार्टीको शासन विरोधी आवाज दबाउन चीनले तिब्बतमा दमन जारी राखेको हो । पछिल्ला केही समयमा तिब्बतमा तिब्बती विरुद्धको हिंसाका घटना बढेको पनि तिब्बत प्रेसले उल्लेख गरेको छ । अहिले तिब्बतमा तिब्बती संस्कृति र भाषाको प्रयोगमा पनि कडाई गरिएको छ । तिब्बत प्रेसका अनुसार चीनले आफ्नो प्रकाशनमा ‘दलाई लामा’ भन्ने शब्दमाथि पनि प्रतिबन्ध लगाएको छ । यसबाहेक चीनले तिब्बतमा जनसङ्ख्या वितरणमा पनि फेरबदलको प्रयास गरिरहेको छ । यसबाट सो क्षेत्रको सांस्कृतिक एवम् जातीय सन्तुलन पनि हेरफेर हुनसक्ने चिन्ता जनाइएको छ । यस्तै, चीनले सन् २०२२ को जनवरी महिनामा मात्रै तिब्बतमा रहेका ९९ वटा अग्ला धार्मिक प्रतिमा एवम् ४५ वटा...
कृषि वन सम्बन्धी तालिम सम्पन्न

कृषि वन सम्बन्धी तालिम सम्पन्न

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
सकिल अहमद राईजानकी, १७ पौष - बाँकेको जानकी गाउँपालिका वडा नं २ बेलभार कृषि सम्बन्धी विभिन्न बाली (खाद्यान्न, फलफूल, तरकारी, नगदेबाली, तेलहनवाली र घॉसबाली) को साथसाथै रुख वा अन्य बोटविरुवाहरु लगाउने प्रविधिलाई पारिवारिक निजी वन सङ्घ जिल्लाको बाँकेको आयोजनामा कृषि वन समुह सशक्तीकरण तालिम आज आईतबार सम्पन्न भएको छ । अझै प्रस्ट रुपमा भन्नु पर्दा उपरोक्त बाली सँगसँगै पशुपालन, सिम खेत (पानी जमिरहने) हरु छन् भने माछापालन समेत समावेश गरी कमसल जमिनबाट धेरै भन्दा धेरै आम्दानी लिने र ग्रामीणस्तरका कृषकहरुको आम्दानीको स्तर वृद्धि गर्ने कार्यलाई नै (एग्रो फरेष्ट्री सिष्टम) कृषि वन प्रणाली भन्ने गरिन्छ । कृषि वन प्रणालीका उद्देश्यहरुमा स्थानीय साधन र स्रोत जुटाएर कृषि बालीको उत्पादनमा सुधार ल्याउने र कृषि वनबाट उत्पादित वस्तुहरुको औद्योगिक क्षेत्रमा निर्यात गर्ने, माटोको उर्वराशक्ति सुरक्षित गर्ने ...
गौहत्याको विरोधमा प्रदर्शन

गौहत्याको विरोधमा प्रदर्शन

अपराध, आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १६ पौष – विगतदेखि नै हिन्दूहरुको धार्मिक आस्थामाथि गैर हिन्दु धर्मावलम्बीहरुले पटक–पटक चोट पु¥याउँदै आईरहेका छन् । तर सम्बन्धित पक्ष मौन बसेको रहस्य बुझ्न नसकेर बाँकेका आस्थावान हिन्दू धार्मिक संघ संस्थाहरुको अगुवाईमा विरोध, ज्ञापन पत्र, धर्ना लगायतका गतिविधि हुँदै आईरहेको छ ।यसैक्रममा नेपालगन्ज उपमहानगरपालिकाको मुटु मानिने बिरेन्द्र चोक अथवा धम्बोजि चोकमा गाई हत्या गरेको विरोधमा विरोध आज प्रदर्शन भएको छ ।खजुरा गाउँपालिका वडा नम्बर ०८ रनियारपुरमा दैनिक गाई हत्या भएको भन्दै राप्रपा युवा संगठन बाँकेले धम्बोजिमा चक्काजाम गरि विरोध प्रदर्शन गरेको थियो । गाई हाम्रो राष्ट्रिय जनावर हो र गाईको संरक्षण गर्नु हाम्रो दायित्व पनि हो भन्दै बाँके क्षेत्र नं. २ का युवा अध्यक्ष विरेन्द्र गहतराजले जानकारी गराउनुभयो ।उता राप्रपा युवा संगठनका सदस्य दिपक थापाले त्यति धेरै गाईको हत्या हुँदा पनि बाँ...
नेपाल–भारत संयुक्त सैनिक अभ्यास सम्पन्न

नेपाल–भारत संयुक्त सैनिक अभ्यास सम्पन्न

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १६ पौष –रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा यही पुस १ देखि सञ्चालन भएको ‘नेपाल–इण्डिया बटालियन लेभल ज्वाइन्ट ट्रेनिङ एक्सरसाइज’ सम्पन्न भएको छ । उक्त अभ्यास आज बलाधिकृत रथी सरोजप्रताप राणाले समापन गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।अभ्यासमा विपद् व्यवस्थापनको समयमा गरिने खोज तथा उद्धार र स्वास्थ्य उपचारलगायत प्रतिविद्रोह तथा प्रतिआतङ्कवाद जस्ता विषय समावेश गरी सञ्चालन भएको थियो । उक्त अभ्यासमा नेपाली सेनाबाट प्रमुख सेनानी विमलकुमार वाग्ले र भारतीय सेनाबाट प्रमुख सेनानी हिमांशु बाहुगुनाको नेतृत्वमा दुवै देशका ३३४÷३३४ सकलदर्जा सहभागी भएका थिए । समापन समारोहमा बलाधिकृत रथी राणाले अभ्यास सफलतापूर्वक सम्पन्न गरेकामा सहभागी सैनिकलाई बधाई दिनुहँुदै तालिमप्रति देखाएको समर्पण, उत्सुकता र कडा परिश्रमले भविष्यमा आइपर्ने जस्तोसुकै चुनौतीलाई प्रभावक...
दुनियाँभरको साइवर स्पेश कब्जा गर्नमा खप्पिस चीन

दुनियाँभरको साइवर स्पेश कब्जा गर्नमा खप्पिस चीन

अपराध, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १६ पौष – इन्टरनेटमा आफ्नो बलियो पकड बनाउँदै साइबर स्पेस आफ्नो नियन्त्रणामा राख्ने योजनाका साथ चिनियाँ सत्ता अगाडि बढेको छ । यो उद्देश्यलाई स्थापित गर्न देशभित्र राष्ट्रपति सी जिनपिङले सैन्य शैलीमा सेन्सरसीप लागू गरेका छन् । चीनमा इलेक्ट्रोनिक्स टेक्नोलोजी ग्रुप कर्पोरेशन (सीईटीसी)ले साइबर स्पेस नियन्त्रणामा राख्ने काम गरेको छ । यो चिनियाँ कम्युनिस्ट पार्टी र जनमुक्ति सेना पीपुल्स लिबरेशन आर्मी (पीएलए)बाट सञ्चालित छ । जसले देशको शासन सत्ताविरुद्ध उठ्ने आवाज रोक्ने, अन्य देशको सुरक्षा गोपनियता भंग गर्ने काम गर्छ । जसले चिनियाँ शासन स्थायित्व र सर्वोपरी बनाएको छ । साथै योजनाबद्धरुपमा इन्टरनेटमार्फत विश्वभरको सूचना संकलन गर्ने काम गरेको छ । चीनमा उत्पादित प्रविधि र साइबरसम्बन्धी वस्तुबाट विश्वबजारमा बेचेर त्यसबाट गुप्तरुपमा सूचना सकलन गर्ने संसारकै साइबर स्पेस आफ्नो नियन्त्रणमा लिने...
दक्षिण कोरियामा चिनियाँ यात्रुलाई कडाइ

दक्षिण कोरियामा चिनियाँ यात्रुलाई कडाइ

CoVid19, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १६ पौष – दक्षिण कोरियाले मुख्य भूमि चीनबाट आउने यात्रुहरूलाई सीमित गर्न भिसा प्रतिबन्धहरू, परीक्षण र उडानहरू सीमितलगायतका कदम चालेको छ। बेइजिङमा कोभिड संक्रमणमा बृद्धिसँगै दक्षिण कोरियाले उक्त कदम चालेको हो। इटाली, जापान, भारत र अमेरिका लगायतका देशहरूले आफ्नै उपायहरू घोषणा गरेपछि कोभिड संक्रमणबाट जोगिन सियोलको निर्णय आएको हो। ‘अर्को वर्ष फेव्रुवरी सम्म चीनबाट (दक्षिण कोरिया) प्रवेश गर्नेहरूले आफ्नो आगमन अघि र पछि कोभिड परीक्षण गराउनुपर्नेछ,’ प्रधानमन्त्री हान डक–सूले शुक्रबार भने। हानले थपे, ‘चीनमा कोभिड–१९ को बिग्रँदै गएको अवस्थाका कारण हाम्रो देशमा भाइरसको फैलावट रोक्नको लागि सियोलले केही महामारी विरोधी उपायहरूलाई अनिवार्य रूपमा बलियो बनाउँदै छ।’ चीनबाट आउने यात्रुहरूले दक्षिण कोरियाको लागि विमान चढ्नु अघि ४८ घण्टाभित्र नेगेटिभ पीसीआर परीक्षण वा प्रस्थान गर्नुभन्दा २४...
रेल चलाउन नेपाली जनशक्ति नभएपछि भारतीयको समय थप

रेल चलाउन नेपाली जनशक्ति नभएपछि भारतीयको समय थप

आर्थिक, आस्था, प्रदेश २, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १६ पौष – नेपाली जनशक्ति तयार नभएपछि जनकपुर, कुर्थादेखि भारतको जयनगरसम्म रेल संचालनका लागि भारतीय रेल्वे कम्पनी कोंकणको म्याद एक महिना थप गरिएको छ । नेपाल रेलवे कम्पनीले २०७८ पुसमा एक वर्षका लागि भन्दै कोंकणसँग प्राविधिक कर्मचारी उपलब्ध गराउन सम्झौता गरेको थियो । सम्झौता अनुसार २६ जना प्राविधिक कर्मचारी ल्याएर जनकपुर–जयनगरमा रेल सञ्चालन गरिएको हो । तर एक वर्ष पूरा हुँदा पनि नेपाली जनशक्ति तयार नभएपछि भारतीय कम्पनीका कर्मचारीलाई नै निरन्तरता दिनुपरेको छ । नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाका अनुसार नेपाली जनशक्ति तयार गर्नका लागि चार वटा पदका लागि १० जना कर्मचारी माग गर्दै विज्ञापन गरिएपनि पदपूर्ति हुन सकेन । ‘चारवटा पदका लागि १० जना कर्मचारी माग गर्दै विज्ञापन गरिएको थियो, मागअनुसारका पदमा आवेदन परेको छैन,’ झाले भने, ‘४ लोको पाइलट, ४ स्टेसन मास्टर, १ ट्रयाक इन्जिनियर ...
नेपाल संग मिलेर काम गर्ने भारत र चीनले इच्छा व्यक्त गरे

नेपाल संग मिलेर काम गर्ने भारत र चीनले इच्छा व्यक्त गरे

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १६ पौष – एमाले सहित विभिन्न दलहरुको समर्थनमा प्रधानमन्त्री बनेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) नेतृत्वको सरकारले दुई छिमेकी मुलुक भारत र चीन संग मिलेर काम गर्ने इच्छा व्यक्त गरेका छन् ।दहाल प्रधानमन्त्रीमा नियुक्त भएपछि शुभकामना र बधाई दिएका भारत र चीनले मिलेर काम गर्ने इच्छा व्यक्त गरेका हुन् ।भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले बिहीबार नयाँ दिल्लीमा आयोजित नियमित पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै दुई देशबीचको अद्वितीय सम्बन्धलाई विस्तार गर्न नेपाल सरकारसँग मिलेर काम गर्न तयार रहेको बताए ।‘नेपालमा निर्वाचनपछि नयाँ सरकार बनेको छ । नयाँ सरकारसँग काम गर्न चाहन्छौं,’ पत्रकार सम्मेलनमा उनले भने । बाग्चीले नेपालका प्रधानमन्त्री दाहाललाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शुभकामना दिँदै दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ ब...
भारतले एससीओ र जी २० को अध्यक्षताले बहुआयामिक सहयोग,सम्बन्ध बिस्तार – रुस

भारतले एससीओ र जी २० को अध्यक्षताले बहुआयामिक सहयोग,सम्बन्ध बिस्तार – रुस

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १६ पौष – रूसी राष्ट्रपति भ्लादिमिर पुतिनले शुक्रबार विश्वास व्यक्त गर्दै भने कि भारतले एससीओ र जी २० को अध्यक्षताले दुई देशहरू बीच बहुआयामिक सहयोग निर्माण गर्नेछ । एशिया र विश्वमा स्थिरता र सुरक्षालाई सुदृढ गर्नेछ। भारतले औपचारिक रूपमा डिसेम्बर १ मा G20 र सेप्टेम्बर 16 मा सांघाई सहयोग संगठन (SCO) को अध्यक्षता ग्रहण गरेको थियो । राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदीलाई पठाइएको नयाँ वर्षको सन्देशमा पुतिनले रुस र भारतले सन् २०२२ मा आफ्नो कूटनीतिक सम्बन्धको ७५ औं वार्षिकोत्सव मनाउने र मित्रता र आपसी सम्मानको सकारात्मक परम्परामा भर परेको क्रेमलिनले एक विज्ञप्तिमा उल्लेख गरेको छ । देशहरूले विशेष रणनीतिक साझेदारीलाई निरन्तरता दिइरहेका छन्। पुतिनले दुई देशले ऊर्जा, सैन्य प्रविधि र सहयोगका अन्य क्षेत्रमा ठूला व्यापार र आर्थिक परियोजनाहरू सम्पन्न गरेको र क्षेत्रीय र व...