नेपालगन्ज, १६ पौष – विगतदेखि नै हिन्दूहरुको धार्मिक आस्थामाथि गैर हिन्दु धर्मावलम्बीहरुले पटक–पटक चोट पु¥याउँदै आईरहेका छन् । तर सम्बन्धित पक्ष मौन बसेको रहस्य बुझ्न नसकेर बाँकेका आस्थावान हिन्दू धार्मिक संघ संस्थाहरुको अगुवाईमा विरोध, ज्ञापन पत्र, धर्ना लगायतका गतिविधि हुँदै आईरहेको छ ।
यसैक्रममा नेपालगन्ज उपमहानगरपालिकाको मुटु मानिने बिरेन्द्र चोक अथवा धम्बोजि चोकमा गाई हत्या गरेको विरोधमा विरोध आज प्रदर्शन भएको छ ।
खजुरा गाउँपालिका वडा नम्बर ०८ रनियारपुरमा दैनिक गाई हत्या भएको भन्दै राप्रपा युवा संगठन बाँकेले धम्बोजिमा चक्काजाम गरि विरोध प्रदर्शन गरेको थियो । गाई हाम्रो राष्ट्रिय जनावर हो र गाईको संरक्षण गर्नु हाम्रो दायित्व पनि हो भन्दै बाँके क्षेत्र नं. २ का युवा अध्यक्ष विरेन्द्र गहतराजले जानकारी गराउनुभयो ।
उता राप्रपा युवा संगठनका सदस्य दिपक थापाले त्यति धेरै गाईको हत्या हुँदा पनि बाँके प्रहरी प्रशासनदेखि राजनीतिकर्मी र हिन्दु धर्मावलम्बीहरु किन मौन छन्, कि गाई राष्ट्रिय जनावर होइन भन्नू प¥यो, होइन भने गौ हत्याको विरोधमा हरेक हिन्दु जाग्नु पर्ने बताएका छन् ।
राष्ट्रिय जनावर ॐकार परिवार तथा हिन्दु धर्मावलम्बीहरुको संयुक्त आयोजनामा आज शनिबार दिउँसो २ बजे प्रदर्शन गरिएको थियो । प्रदर्शनमा गौ हत्या बन्द गर, गौ हत्या गर्नेलाई फाँसी दे, हत्यारालाई कारबाही गर, दोषीलाई कारबाही गर लगायतका नारा प्रदर्शनकारीहरुले लगाएका थिए ।
विरोध प्रदर्शन भिडियो हेर्न यहाँ क्लीक गर्नुस