Friday, July 3सत्यम खबर
Shadow

आस्था

नेपाललाई हिन्दूराष्ट्र कायम गर्न जस्तोसुकै चूनौती दिन तयार छौँ: धर्मनिरपेक्षता खारेजी अभियान

नेपाललाई हिन्दूराष्ट्र कायम गर्न जस्तोसुकै चूनौती दिन तयार छौँ: धर्मनिरपेक्षता खारेजी अभियान

आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाडौं, २० पाैष - धर्मनिरपेक्षता खारेजी अभियानले नेपाललाई हिन्दु राष्ट्र बनाउनु पर्ने माग राखेको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनमार्फत अभियानले यस्तो माग गरेको हो ।अभियानले धर्मनिरपेक्षता भएपछि मुलुकमा हत्या, हिंसा र धार्मिक द्वन्द्वपनि फैलिएको दाबी गरेको छ । संघीयता, धर्मनिरपेक्षता र गणतन्त्र नेपाल र नेपाली जनताको एजेण्डा नभएको अभियानको ठहर छ । विदेशीको इशारामा यी एजेण्डा नेपालमा स्थापित गरिएको भन्दै अभियानले तत्काल खारेजीको माग गरेको हो ।सो क्रममा अभियानले आफ्ना पदाधिकारी पनि सार्वजनिक गरेको छ । अभियानको संयोजकमा राजीव झा, सहसंयोजक डा. राजेश यादव, सचिव अमृत गिरी, कोषाध्यक्ष राजेश जलान रहेका छन् ।कार्यक्रमका प्रमुख अतिथिमा पूर्व मन्त्री एवं धार्मिक अभियान्ताका संरक्षक किशोरी महतोले आफ्नो धारणा राखेका थिए । महतोले नेपाल देश हिन्दु धर्मसापेक्ष राष्ट्र बन्नुपर्ने बताए ।...
वडा नं. १८ मा दुबैतर्फ पक्की नालासहितको बाटो निर्माण गर्न शिलान्यास

वडा नं. १८ मा दुबैतर्फ पक्की नालासहितको बाटो निर्माण गर्न शिलान्यास

आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २० (पौष) – नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ को स्प्रीङडेल बोर्डिङ स्कुलबाट उत्तर मोहन आचार्यको घर हुँदै भुवन गैरेको घरसम्म दुबैतर्फ पक्की (कङ्क्रीट) नालासहितको बाटो निर्माण गर्न आज बुधबार शिलान्याय गरिएको छ ।धार्मिक परम्परा अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ का वडा अध्यक्ष दिपककुमार बर्माले पुजा गरी उक्त दुबै तर्पm नालासहितको बाटो शिलान्यास गरेको जानकारी गराएका छन् ।वडाध्यक्ष बर्माका भनाई अनुसार अन्य सेवा सुविधाहरु वडाबासीहरुको घरआँगनमा पुर्याउने हाम्रो प्रयास जारी रहनुका साथै यस कार्यको लागि हामी हाम्रो टिमसहित लागि परेको बताउनु भयो ।वडा नं. १८ को स्प्रीङडेल बोर्डिङ स्कुलबाट उत्तर मोहन आचार्यको घर हुँदै भुवन गैरेको घरसम्म दुबैतर्फ पक्की (कङ्क्रीट) नालासहितको बाटो निर्माण कार्य आजबाट विधिवत थालनी गरिएको हुँदा छिटोभन्दा छिटो निर्माण कार्य सम्पन्न गर्न सम्बन्धित पक्षलाई...
साईनिङ्ग अस्पतालको सामाजिक लेखा परीक्षण सम्पन्न

साईनिङ्ग अस्पतालको सामाजिक लेखा परीक्षण सम्पन्न

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २० पौष – बाँकेको जानकी गाउँपालिकामा रहेका आई एन एफ नेपाल साइनि अस्पतालले सामाजिक लेखा परीक्षण तथा जिल्ला परियोजना सल्लाहकार समितिको बैठक आज बुधवार सम्पन्न गरेको छ ।आई एन एफ नेपाल साइनिङ्ग अस्पताल तथा सामुदायिक परियोजना बाँकेको आयोजनामा जिल्ला समन्वय समिति बाँकेको समन्वयमा आज बुधवार सामाजिक लेखा परीक्षण तथा जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न भएको छ ।बाँकेको जानकी गाउँपालिका वार्ड नं.३ मानपुर स्थित रहेको आई एन एफ नेपाल बाँके शाखा अन्तर्गत रहेका साईनिङ्ग अस्पताल बाँके र सामुदायिक परियोजना कार्यक्रमहरुले आर्थिक वर्ष २०७८÷७९ मा सञ्चालन गरेका कार्यक्रमहरुको सामाजिक परिक्षण तथा जिल्ला स्तरिय गरिएको आप्mना कार्यक्रमहरुको जिल्ला परियोजना सल्लाहकार समितिको बैठक बुधवार सम्पन्न गरेको छ ।उक्त कार्यक्रममा साईनिङ्ग अस्पतालका प्रमुख मंगल बहादुर थारुले अस्पतालले गरेका कार्यक्रम र गति...
धर्म निरपेक्षता खारेजी अभियानद्वारा हिन्दु राष्ट्रकाे माग

धर्म निरपेक्षता खारेजी अभियानद्वारा हिन्दु राष्ट्रकाे माग

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १९ पुष - धर्म निरपेक्षता खारेजी अभियानले नेपाललाई हिन्दु राष्ट्र बनाउनु पर्ने माग राखेको छ । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनमार्फत अभियानले यस्तो माग गरेको हो ।अभियानले धर्म निरपेक्षता भएपछि मुलुकमा हत्या, हिंसा र धार्मिक द्वन्द्वपनि फैलिएको दाबी गरेको छ । संघीयता, धर्म निरपेक्षता र गणतन्त्र नेपाल र नेपाली जनताको एजेण्डा नभएको अभियानको ठहर छ । विदेशीको इशारामा यी एजेण्डा नेपालमा स्थापित गरिएको भन्दै अभियानले तत्काल खारेजीको माग गरेको हो ।सो क्रममा अभियानले आफ्ना पदाधिकारी पनि सार्वजनिक गरेको छ । अभियानको संयोजकमा राजीव झा, सहसंयोजक डा. राजेश यादव, सचिव अमृत गिरी, कोषाध्यक्ष राजेश जलान रहेका छन् । कार्यक्रमका प्रमुख अतिथिमा पूर्व मन्त्री एवं धार्मिक अभियान्ताका संरक्षक किशोरी महतोले आफ्नो धारणा राखेका थिए ।महतोले नेपाल देश हिन्दु धर्म सापेक्ष राष्ट्र बन्नुपर्...
चीनबाट आउने यात्रुलाई मोरक्कोमा प्रतिबन्ध, अष्ट्रेलिया र क्यानडामा पनि कडाइ

चीनबाट आउने यात्रुलाई मोरक्कोमा प्रतिबन्ध, अष्ट्रेलिया र क्यानडामा पनि कडाइ

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १८ पौष – चीन भएर आउने कुनै पनि यात्रुलाई मोरक्कोले प्रतिबन्ध लगाउने भएको छ। आगामी जनवरी ३ देखि मोरक्कोमा चीन भएर आउने कुनै पनि यात्रीले प्रवेश पाउने छैनन्। अष्ट्रेलिया र क्यानडाले पनि चीनबाट आउने यात्रुहरूमा कडाइ गर्ने भएका छन्। अष्ट्रेलिया र क्यानडा भित्रन अब चीन र हङकङ भएर आउने कुनै पनि यात्रुले ४८ घन्टा भित्रको कोरोना नेगेटिभ रिपोर्ट देखाउनुपर्नेछ। क्यानडाको पब्लिक हेल्थ एजेन्सी (पिएचएसी) का अनुसार चीन र हङकङबाट आउने यात्रुले कोरोनाको नेगेटिभ रिपोर्ट अनिवार्य देखाउनुपर्नेछ। कोरोनाको नयाँ भेरियन्टको बढ्दो जोखिमबाट बच्न यसअघिनै अमेरिकाले चीनबाट आउने यात्रुमाथि कडाई सुरू गरिसकेको छ। यसअघि कोरोनाको नेगेटिभ रिपोर्ट भए पुग्ने अमेरिकामा अब कोरोना परिक्षणसमेत गर्नुपर्ने भएको छ। यसअघि फ्रान्स, बेलायत, स्पेन, ताइवान, जापान, भारत, इटाली, दक्षिण कोरिया र पाकिस्तानले पनि चीन...
‘डस्टी कार्गो’ आयात र यात्रु शाखा सञ्चालन गरिँदै

‘डस्टी कार्गो’ आयात र यात्रु शाखा सञ्चालन गरिँदै

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, १८ पौष – भारतीय पक्षको चर्को दबाबपछि आइतबारदेखि वीरगन्जस्थित एकीकृत सुरक्षा जाँच चौकी नाकाबाट डस्टी कार्गोुको आयात र यात्रु शाखा पनि सञ्चालनमा आउँदैछ । यसका लागि चौकी सञ्चालक इन्टर मोडल यातायात विकास समितिले द्रूत गतिमा आवश्यक पूर्वाधार निर्माण र व्यवस्थापनको काम गरिरहेको छ । समिति वीरगन्जका प्रमुख कमल ज्ञवालीले भारतीय पक्षले जनवरी १ देखि आईसीपी नाकाबाटै डस्टी कार्गो र तेश्रो मुलुकका पर्यटक पनि पठाउने घोषणा गरेपछि त्यसका लागि चौकीमा आवश्यक तयारी गरिएको बताए । ‘हाललाई चौकीको पूर्वदक्षिण कुनामा रहेको १० नम्बर लेनबाट डस्टी कार्गो ल्याइने छ,’ उनले भने, ‘त्यसैगरी भारत हुँदै नेपाल आउने तेश्रो मुलुकका पर्यटकका लागि यात्रु शाखा सञ्चालन गर्न ६ नम्बर लेनको प्रयोग गरिने भएको छ ।’ दुबै लेनमा पार्किङ गरिएका भारत तथा तेश्रो मुलुकबाट आयातित नयाँ सवारी साधन हटाउने काम शुक्रबार नै सम्पन्न ...
कम्बोडियालीे क्यासिनोमा आगलागी विद्युतीय खराबीका कारण, नेपालीसहित २६ जनाको मृत्यु भएको पुष्टि

कम्बोडियालीे क्यासिनोमा आगलागी विद्युतीय खराबीका कारण, नेपालीसहित २६ जनाको मृत्यु भएको पुष्टि

आस्था, प्रदेश ५, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १८ पौष – कम्बोडियाली अधिकारीहरूले क्यासिनोमा भएको आगलागी विद्युतीय खराबीका कारण भएको बताएका छन् । क्यासिनोमा भएको भीषण आगलागीबाट मृत्यु हुनेको सङ्ख्या आइतबारसम्म २६ पुगेको पुष्टि गरिएको छ । थाइल्याण्डको सीमा नजिकै रहेको पोइपेट शहरमा रहेको ग्रान्ड डायमन्ड सिटी होटल क्यासिनोमा स्थानीय समयअनुसार बुधबार राति ११ः३० बजे आगलागी भएको थियो । यो अग्लो भवन रहेको क्यासिनो–होटल परिसरमा फैलिएको आगलागीमा समयमै उद्धार गर्न नसक्दा मानिसहरू आगोबाट बच्नका लागि किनारा र झ्यालबाट हामफाल्न बाध्य भएको उद्धारकर्मीहरूले बताएका छन् । राष्ट्रिय विपद् व्यवस्थापन समितिका उपाध्यक्ष कुन किमले आगलागीको कारण ‘विद्युत् चुहावट’ भएर दुर्घटना भएको बताउनुभयो । आगलागीमा परी १७ जना थाइल्याण्डबासी, एक जना मलेसियाली र एक जना नेपाली गरी २६ जनाको मृत्यु भएको उहाँले पुष्टि गर्नुभयो । उहाँले भन्नुभयो, “केही मानिस जलेर...
चीन सरकारलाई गण्डकीका मुख्यमन्त्रीको अनुरोध– विमानस्थलको ऋण अनुदानमा परिणत गरिदिनुस्

चीन सरकारलाई गण्डकीका मुख्यमन्त्रीको अनुरोध– विमानस्थलको ऋण अनुदानमा परिणत गरिदिनुस्

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १८ पौष – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि प्रवाह भएको ७५ प्रतिशत कर्जालाई अनुदानमा परिणत गर्न चीन सराकारसमक्ष आग्रह गरेका छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले चीनको एक्जिम बैंकबाट विमानस्थल निर्माणका लागि लिइएको करिब २२ अर्ब मध्ये ७५ प्रतिशत ऋणलाई अनुदानमा परिणत गर्न आग्रह गरेका हुन्। ‘म नेपालस्थित चिनियाँ राजदूतावासमार्फत् चीन सरकारसमक्ष ७५ प्रतिशत ऋणलाई पनि अनुदानमा परिणत गर्न आग्रह गर्दछुँ,’ उनले भने। विमानस्थल निर्माणका लागि कुल लगानी करिब २२ अर्बमध्ये २५ प्रतिशत अनुदान र बाँकी ७५ प्रतिशत ऋण लिइएको थियो। मुख्यमन्त्री पोखरेलले ४७ वर्षदेखिको पोखरावासीको सपना बल्ल साकार भएको बताए।विमानस्थलबाट पहिलो चरणमा दक्षिण एसिया र दोस्रो चरणमा पश्चिमी देशमा हवाई उडान हुनुपर...
जीटूजी’ को ३० हजार टन युरिया कोलकाता बन्दरगाह आइपुग्यो, थप ५० हजार मेट्रिक टन मल पाइपलाइनमा

जीटूजी’ को ३० हजार टन युरिया कोलकाता बन्दरगाह आइपुग्यो, थप ५० हजार मेट्रिक टन मल पाइपलाइनमा

आर्थिक, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १८ पौष – नेपाल सरकारले भारतसँग ‘जीटूजी’ प्रक्रियाबाट खरिद गर्न लागेको ३० हजार टन युरिया मल कोलकाता बन्दरगाह आइपुगेको छ । कृषि सामाग्री कम्पनी मधेश प्रादेशिक कार्यालय वीरगन्जका सूचना अधिकृत आलोक कुमारका अनुसार भारतको राष्ट्रिय केमिकल फर्टिलाइजर कम्पनी (आरसीएफ) ले तेश्रो मुलुकबाट खरिद गरी उक्त मल शुक्रबार कोलकाता बन्दरगाह ल्याएको हो । आरसीएफ भारतको सरकारी कम्पनी हो ।पानी जहाजमा बल्कमा ल्याइएको उक्त युरिया मल अब बन्दरगाहमै प्याकिङ सुरु गरिने छ । ‘सामान्य रुपमा सबै मल प्याकिङ गरेर एकसाथ पठाउन सुरु गर्ने हो भने मल नेपाल भित्रिन कम्तीमा २ साता लाग्न सक्छ,’ कुमारले भने, ‘तर द्रूत गतिमा प्याकिङ गरी प्याकिङ भए जति क्रमशः पठाउने हो भने एक सातादेखि यो मल नेपाल भित्रिन थाल्छ ।’ सबै मल वीरगन्ज नाका भएर भित्रिने र यहाँबाट अन्यत्र जाने जानकारी आफूले पाएको कुमारले बताए । ‘जीटूजी’ को मल छि...
‘लुम्बिनीको मुख्यमन्त्रीमा एमालेको दाबी रहन्छ’

‘लुम्बिनीको मुख्यमन्त्रीमा एमालेको दाबी रहन्छ’

आस्था, प्रदेश ५, राजनीति, समाचार
दाङ, १८ पौष – नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेको दाबी रहने बताएका छन्। लुम्बिनी प्रदेशमा नवनिर्वाचित सांसदहरूको शथपग्रहण समारोहमा सहभागी भएका संस्थापक मुख्यमन्त्रीसमेत रहनुभएका पोखरेलले लुम्बिनीमा एमाले ठूलो पार्टी भएकाले अन्य दलहरूले एमालेलाई नै नेतृत्व सुम्पिनेमा विश्वस्त रहेकोसमेत बताए। ‘स्वाभाविक रुपमा अन्य दलहरूले जहाँ जसको स्टेट त्यहाँ त्यसलाई नेतृत्वको जिम्मा सुम्पनु हुन्छ भन्ने म ठान्छु यद्यपि हामी छलफल गर्न बाँकी छ’, उनले सञ्चारकर्मीहरूसँग भने, ‘छलफलपछि एउटा निष्कर्ष निक्लेला तर पनि राजनीतिक दलहरूको स्टेटका आधारमै नेतृत्वको प्रश्न निरुपण होला भन्ने म ठान्छु ।’ केन्द्रमा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टीसहितको गठबन्धन बनेको छ । तर प्रदेशमा कसले नेतृत्व गर्ने भन्ने अझै टुङ्गिएको छैन ।...