नयाँ सरकार र नेपाल भारत सम्बन्ध
काठमाण्डौ, १६ पौष – नेकपा एमाले सहित विभिन्न दलको समर्थनमा नेपालको ४४ औं प्रधानमन्त्री बन्न सफल भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डको कार्यकालमा मित्र राष्ट्र संगको सम्बन्ध कस्तो रहला भने अहिले प्रश्न उब्जिएको छ ?
खास गरेर उत्तरी र दक्षिण छिमेकी मित्र राष्ट्र चीन तथा भारत संग सम्बन्धको आधारमा मुख्य केन्द्र्रीत रह्ने हो ? त्यसमा पनि भारत संगको सम्बन्ध विगत भन्दा सुधारोन्मुख हुने हो भने चासोको विषय बनेका छन् ।एमाले अध्यक्ष केपी शर्मा ओलीको समर्थनमा प्रधानमन्त्री प्रचण्ड बनेपनि सरकारको असली साँचो ओलीको हातमा रहेको हुँदा ओली सरकारको भारत प्रतिको नीति कस्तो रहदा त्यस माथि आउदो दिनले देखाउने छ । खास गरेर भारत संग नेपालको व्यापारिक, साँस्कृतिक, धार्मिक, वैवाहिक लगायतका विभिन्न सम्बन्धहरु रहेको हुँदा उक्त सम्बन्धलाई अझ प्रगाढ बनाउने कार्यमा खरो उत्रिनुपर्ने आवश्यक्ता देखि...









