Friday, July 3सत्यम खबर
Shadow

आस्था

नेपाली निर्यातमा चीन असहयोगी

नेपाली निर्यातमा चीन असहयोगी

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २३ पौष – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बनेको अर्को दिन उत्तरी छिमेकी चीनले लामो समयदेखि बन्द गरेको भन्सार नाकाको ढोका खोलेको छ । योसँगै चीनले उत्तरी हिल्सा नाका पनि खुला गरेको छ । नेपाल र चीनबीचको दोस्रो ठुलो व्यापारिक नाका र रसुवागढी केरुङलाई चीनले विभिन्न बाहानामा बन्द गरेको ३५ महिनापछि बुधबारबाट औपचारिक रुपमा खोलेको हो । प्रधानमन्त्री दाहाललाई चीन नजिकको नेताको रुपमा हेरिँदै आएको छ । लामो समयदेखि चीनको बेवास्ताका कारण दुई मुलुकबीचको व्यापारमा नेपालले धेरै असन्तुलन भोग्दै आएको छ । आफुलाई मन लाग्ने सहुलियतसहित ढोका खोल्ने र मन नलागे बन्द गर्ने चिनियाँ प्रवृत्तिका कारण नेपालले व्यापार असन्तुलन भोग्नु परेको हो । केही समयदेखि निकासीको ढोका बन्द रहेको उत्तरी नाका खुला भएसँगै व्यापार असन्तुलन कम हुने व्यावसायीहरुको अपेक्षा छ । आजको कारोबार ...
पोखराले तत्काल तिर्न सक्दैन चीनको महंगो ऋण

पोखराले तत्काल तिर्न सक्दैन चीनको महंगो ऋण

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २३ पौष – आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब निजगढमा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रक्रिया थाल्ने संकल्प गरे । प्रधानमन्त्रीले चौथो अन्तर्राष्ट्रिय विमानस्थल बनाइछाड्ने बताइरहँदा गत २ जेठ २०७९मा भैरहवामा उद्घाटन भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय वायुसेवा विहीन हुँदै घाटामा सञ्चालित छ । अब राष्ट्रिय गौरवकै आयोजनाका रुपमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पनि सञ्चालनमा आएको छ । यो बेला धेरैको मनमा उठेको प्रश्न छ, ‘पोखराको सुविधासम्पन्न नयाँ विमानस्थलको हालत पनि भैरहवाको गौतमुबद्ध विमानस्थलको जस्तै हुन्छ कि ?’ तथ्यमा हेर्ने हो भने भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलका केही समानताहरु छन् । यी दुबै विमानस्थल स्थानीय क्षेत्रमा आउने पर्यटकहरुलाई लक्षित गरेर बनेका हुन् । तर, यी द...
चीनले अमेरिकालाई सिधै चेतावनी दिनु अर्थ ?

चीनले अमेरिकालाई सिधै चेतावनी दिनु अर्थ ?

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २३ पौष – ताइवानलाई लगातार धम्की दिने चीन अहिले अमेरिकालाई धम्की दिने काममा प्रत्यक्ष संलग्न भएको छ । चीनको सुपर विनाशकारी विमान वाहक लिओनिङ प्रशान्त महासागरमा रहेको अमेरिकी नौसैनिक आधार गुआम नजिकैबाट गस्ती गर्दै निस्किएको छ । जापानी अधिकारीहरूले यो चिनियाँ विमान वाहक गुआम नजिकै पास भएको पुष्टि गरेका छन्। चीनसँग हाल ३ वटा विमान वाहक छन् । विश्लेषकहरू भन्छन् कि चीनको यो कदम एकदमै दुर्लभ छ र यसले ताइवानलाई लिएर अमेरिकालाई सीधा चेतावनी दिएको छ। किलर मिसाइलले सुसज्जित विमानवाहक जहाजले चिनियाँ युद्धपोतहरूको नेतृत्व गरिरहेको थियो। यो विमान वाहकले विगतमा अमेरिकाको सहयोगी जापानलाई डराउने प्रयास गरेको थियो । उक्त लडाकु विमानले जापानी टापु ओकिनावा नजिक चिनियाँ युद्धपोतबाट २६० पटक उडान अभ्यास गरेको थियो । जापानको यो बेसमा अमेरिकाले ठूलो मात्रामा आफ्नो सेना तैनाथ गरेको छ । चीनको यो कदमपछि...
भारत–अस्ट्रेलिया ब्यापार सम्झौता

भारत–अस्ट्रेलिया ब्यापार सम्झौता

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २३ पौष – भारत–अस्ट्रेलिया बीच आर्थिक सहयोग तथा व्यापार सम्झौता (ईसीटीए) बिहीबार देखि औपचारिक रुपमा लागु भएको छ । अष्ट्रेलियाली व्यापार मन्त्री डन फरेलले भारत सँगको व्यापार सम्झौतालाई दुवै देशको अर्थतन्त्रका लागि ठूलो वरदानको रूपमा व्याख्या गरेको हो ।सम्झौता भएपछि एक अर्ब ४० करोड जनसंख्या भएको देशले अस्ट्रेलियालाई निर्यात गरिने सामानमा ८५ प्रतिशत कर हटाउने छ । सम्झौतामा अष्ट्रेलियाली वाइन र बदाम लगायतका उत्पादनमा लगाइएको उच्च कर पनि घटाउने सहमति भएको छ ।प्रिमियम वाइनका लागि बिहीबार १५० प्रतिशतबाट घटाएर ७५ प्रतिशतमा झारिएको थियो र जनवरी १ देखि ७० प्रतिशतमा कटौती गरिनेछ र एक दशकभित्र २५ प्रतिशतमा झार्ने योजना छ ।ताजा अष्ट्रेलियाली रक लबस्टर (भिङ्गा माछा), भेडा र खसीको मासुमा लगाइएको ३० प्रतिशत कर पनि किसानका लागि ठूलो प्रोत्साहनको रूपमा हटाइएको छ । संघीय सरकारका अनुसार यो सम्झौताले...
अगामी महिना सम्म चीनमा ८० करोड जनसंख्या कोरोनाबाट प्रभावित हुने

अगामी महिना सम्म चीनमा ८० करोड जनसंख्या कोरोनाबाट प्रभावित हुने

CoVid19, आस्था, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २३ पौष – चीनमा कोरोना संक्रमणको नयाँ लहर तिव्र गतिमा फैलिरहेका छन् । ओमिक्रोनको सब भेरियन्ट बिएफ–७ का कारण विश्व चिन्तित हुन थालेका हुन् । विश्व स्वास्थ्य संगठनले चीनको कोरोना लहरप्रति चासो लिदै गम्भीर अवस्थाबाट विश्व समुदायलाई सचेत गराएका छन् । बिरामीहरुको संख्या कम भने पनि अस्पतालका आईसीयू बेड भरिंदै जानु चिन्ताको विषय भएको डब्ल्युएचओले बताएकोे छ ।चिनियाँ अधिकारीहरुले कोरोनाको पछिल्लो लहरका कारण मंगलबार ५ जना र सोमबार दुई जनाको मृत्यु भएको बताएका छन् । तर अहिलेको संक्रमणको प्रभावलाई हेर्दा यति थोरै संख्यामा शंका गर्न सकिने बीबीसीले जनाएको छ । बीबीसीका अनुसार चीनमा कोरोना महामारी बढेपछि राजधानी बेइजिंग सहितका शहरहरुका अस्पतालमा भर्ना हुने बिरामीहरुको संख्या बढिरहेको छ ।चीनका स्वास्थ्य अधिकारीका अनुसार आगामी केही महिनामा त्यहाँ करिब ८० करोड मानिस कोरोना भाइरसबाट संक्रमित हुनसक्न...
चीनद्धारा नयाँ नीतिको आडमा चरम मानवअधिकारको उलंघन गर्दै

चीनद्धारा नयाँ नीतिको आडमा चरम मानवअधिकारको उलंघन गर्दै

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २३ पौष – तिब्बतमा नयाँ नितिको आडमा चरम मानवअधिकारको चिनियाँ सरकारले गरिरहेको पाइएका छन् ।चीनमा सि जिनपिंगको सरकारले तिब्बतमा नयाँ नीतिका आड (बहाना) मा मानव अधिकार उल्लङ्घन र साँस्कृतिक माथि अतिक्रमणलाई निरन्तरता दिदै आइरहेको पाइएका हुन् । तिब्बत प्रेसका अनुसार कम्युनिष्ट पार्टीको शासन विरोधी आवाज दबाउन चीनले तिब्बतमा दमन जारी राखेको छ ।पछिल्ला केही समयमा तिब्बतमा तिब्बती विरुद्धको हिंसा एवं यातनाका घटना बढेको पनि तिब्बत प्रेसले उल्लेख गरेको छ । अहिले तिब्बती संस्कृति र भाषाको प्रयोगमा पनि कडाई गरिएको छ । चीनले आफ्नो प्रकाशनमा ‘दलाई लामा’ भन्ने शब्दमाथि प्रतिबन्ध लगाएको बताइएको छ ।चीनले सन् २०२२ को जनवरी महिनामा मात्रै तिब्बतमा रहेका ९९ वटा अग्ला धार्मिक प्रतिमा एवम् ४५ वटा परम्परागत बौद्ध गुम्बाहरु पनि ध्वस्त पारिदिएको तिब्बत प्रेसले जनाएको छ । एएफपी ।...
गृहमन्त्री लामिछानेले बोलाए ७७ वटै प्रजिअ र सुरक्षा प्रमुखको ‘भर्चुअल बैठक’

गृहमन्त्री लामिछानेले बोलाए ७७ वटै प्रजिअ र सुरक्षा प्रमुखको ‘भर्चुअल बैठक’

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २३ पौष – उपप्रधान तथा गृमन्त्री रवि लामिछानेले देशभरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) र जिल्लास्थित सुरक्षा प्रमुखहरुहरुको संयुक्त बैठक डाकेका छन् । मन्त्री लामिछानेको निर्देशनमा गृह मन्त्रालयले सोमबार बिहान ९ बजेका लागि ७७ वटै प्रजिअ र जिल्ला सुरक्षा समितिमा रहेका सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुख सम्मिलित ‘भर्चुअल मिटिङ’ आह्वान गरेको हो । लामिछाने पुस ११ गते उपप्रधान तथा गृहमन्त्री बनेका थिए । गृहको जिम्मेवारी सम्हाले लगत्तै लामिछानेले गृह प्रशासनबाट हुने कामकारबाहीलाई प्रभावकारी बनाउन आफू लागि पर्ने बताएका थिए । पदभार सम्हालेयता उनले सुरक्षा कार्यविधि विपरीत नेता तथा आसेपासेको अंगरक्षक, भान्से, चालक र अर्दली बनाएर खटाइएका प्रहरी र सशस्त्रका कर्मचारी फिर्ता गर्न निर्देशन दिएका थिए । त्यसयता दुवै सुरक्षा निकायले कार्यविधि विपरीत खटिएका ...
नागरिक उन्मुक्तिको स्मरण पत्र : थारुले चलाएको आन्दोलन किन राजनीतिक बनेन ?

नागरिक उन्मुक्तिको स्मरण पत्र : थारुले चलाएको आन्दोलन किन राजनीतिक बनेन ?

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २३ पौष – नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई स्मरण पत्र बुझाएको छ । टीकापुर घटनासम्बन्धी मुद्दा खारेजीलगायत पाँचबुँदे मागसहित नागरिक उन्मुक्ति पार्टीले शुक्रबार प्रचण्डलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटेर स्मरण पत्र बुझाएको हो । संघीय सरकार गठनमा पार्टीको समर्थन रहे पनि सुदूरपश्चिमको प्रदेश सरकार गठनका लागि आफ्ना माग पूरा नभएसम्म सहभागी नहुने र समर्थन पनि नगर्ने पार्टीका केन्द्रिय प्रवक्ता दामोदर पण्डितले हस्ताक्षर गरेको स्मरण पत्रमा उल्लेख छ । स्मरण पत्रमा उल्लेख छ, ‘विगतमा तपाईं दोस्रोपटक प्रधानमन्त्री हुँदा मित्र राष्ट्र भारतको भ्रमणमा रहँदा दिल्लीमा कथित मुख्य आरोपी भनिएका रेशमलाल चौधरीलाई भेटेको कुरा, २०७९ को स्थानीय तह निर्वाचनअघि कैलालीको मुसरियामा तपाईंले दिएको अभिव्यक्ति पनि स्मरण गराउन चाहन्छौं ।’ नगरिक उन्मुक्ति पार...
सुशासनका लागि नागरिक खबरदारी आवश्यक

सुशासनका लागि नागरिक खबरदारी आवश्यक

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २२ पौष – नागरिक समाजको अगुवाईको रुपमा रहेको र सूचनाको हकका क्षेत्रमा क्रियाशिल संस्था सूचना र मानव अधिकार अनुसन्धान केन्द्रको दशौ वार्षिक साधारण सभा आज बसेको छ ।सभाको उदघाटन गर्दै प्रतिनिधीसभा सदस्य लक्ष्मी तिवारीले सेवा प्रदायक निकायहरुले प्रवाह गर्नेको गुणस्तरियता र प्रभावकारी बनाउनु पर्नेमा जोड दिंदै सरकारी कार्यालयका सेवा चुस्त दुरस्त बनाउन विशेष पहल गर्ने बताउनुभयो । उहाँले मुलुकका हरेक निकायहरुमा भ्रष्टाचार मौलाएकाले त्यसको नियन्त्रणका लागि प्रभावकारी प्रणालीको व्यवस्था गर्नुपर्ने भन्दै यस्ता समस्यालाई नितिगत व्यवस्थामा सुधार गर्न पहल गर्ने बताउनुभयो । सांसद तिवारीले हरेक निकायमा सुशासन कायम गर्न नागरिकहरु आफै सचेत भई त्यसको खबरदारी गर्नुपर्ने बताउनुभयो ।सभामा वरिष्ठ अधिबक्ताद्धय इन्द्रजित तिवारी र विजयकुमार गुप्ताले मुलुकमा रहेका विभिन्न समस्याको समाधानका लागि अहिलेको सरक...
१ दिने शैक्षिक अवलोकन भ्रमण सम्पन्न

१ दिने शैक्षिक अवलोकन भ्रमण सम्पन्न

आस्था, कला/साहित्य, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
सकिल अहमद राईजानकी, २१ पौष - बाँकेको जानकी गाउँपालिका वडा नं. २ मा अवस्थित श्री माध्यमिक विद्यालय जोगागाउँमा अध्ययनरत विद्यार्थीहरूका लागि दाङका विभिन्न प्रसिद्ध स्थल तथा पर्यटकीय स्थलको एकदिने शैक्षिक अवलोकन भ्रमण सम्पन्न गरेकाे छ । विद्यार्थीको स्तर, क्षमता वृद्धिको लागि बाँकेको जानकी गाउँपालिका-२ स्थित विद्यालयले शैक्षिक भ्रमणको आयोजना गरेको बताईएकाे छ । भ्रमणको क्रममा दाङ्गको धारापानी स्थित पाण्डेशवरी मन्दिर र ताल-तलिया लगायत क्षेत्रको अवलोकन गरिएको विद्यालयका प्रधानाध्यापक मो. आलमीन राईले बताउनु भएको छ ।हामी जम्मा भ्रमणमा समावेश साथीहरू र शिक्षक गरी करिब ४० जना रहेका थियो । भ्रमणका लागि हामी बिहान ६ बजे विद्यालयमा भेला भई नास्ता गरेर ठिक ७ बजे विद्यालयबाट बस चढेर यात्रा सुरु गरेको प्राआ राईले बताउनु भयाे । उनले यात्राको क्रममा निकै रमाइलोका साथ बसबाट विभिन्न प्राकृतिक दृश्यको अवलोक...