नेपालगन्ज, २० (पौष) – नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ को स्प्रीङडेल बोर्डिङ स्कुलबाट उत्तर मोहन आचार्यको घर हुँदै भुवन गैरेको घरसम्म दुबैतर्फ पक्की (कङ्क्रीट) नालासहितको बाटो निर्माण गर्न आज बुधबार शिलान्याय गरिएको छ ।
धार्मिक परम्परा अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ का वडा अध्यक्ष दिपककुमार बर्माले पुजा गरी उक्त दुबै तर्पm नालासहितको बाटो शिलान्यास गरेको जानकारी गराएका छन् ।
वडाध्यक्ष बर्माका भनाई अनुसार अन्य सेवा सुविधाहरु वडाबासीहरुको घरआँगनमा पुर्याउने हाम्रो प्रयास जारी रहनुका साथै यस कार्यको लागि हामी हाम्रो टिमसहित लागि परेको बताउनु भयो ।
वडा नं. १८ को स्प्रीङडेल बोर्डिङ स्कुलबाट उत्तर मोहन आचार्यको घर हुँदै भुवन गैरेको घरसम्म दुबैतर्फ पक्की (कङ्क्रीट) नालासहितको बाटो निर्माण कार्य आजबाट विधिवत थालनी गरिएको हुँदा छिटोभन्दा छिटो निर्माण कार्य सम्पन्न गर्न सम्बन्धित पक्षलाई वडाध्यक्ष बर्माले अनुरोध गरेको बताउनुभयो ।