Friday, July 3सत्यम खबर
Shadow

आस्था

महाेत्सवले व्यापारिक लक्ष्य पुरा गर्ने थलाेकाे रुपमा व्यापकता दिदैँ

महाेत्सवले व्यापारिक लक्ष्य पुरा गर्ने थलाेकाे रुपमा व्यापकता दिदैँ

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ५ माघ - बाँकेको नेपालगन्जमा हुन लागेको प्रादेशिक महोत्सवलाई रमाईलोको थलो, जमघट हुने थलो र व्यापार गर्न सक्ने तथा सम्भावित लक्ष्यहरु पुरा गर्न सक्ने थलोको रुपमा व्यापकता दिईदै छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ कारकाँदो स्थित रहेको सडक डिभिजन कार्यालयको परिसरमा हुन गइरहेको ‘चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सव २०७९’को तयारी बिषयमा प्रमुख आयोजक संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेले यस्तो जनाएको हो । मिडियासँगको अन्तरवार्तामा महासंघका महासचिव जिआर भुसालले भने, ‘हामीले गुणस्तरको महोत्सव हुनुपर्छ भन्ने हिसाबले प्रचारप्रसारलाई तिब्रता दिएका छौं ।’ उनले थप भने, ‘हामीले थप व्यवस्थित गर्ने किसिमको महोत्सव गराउन सक्छौं भन्ने हिसाबले गम्भिर रुपमा लिएर व्यापकता दिईरहेका छौं ।’ ‘महोत्सलाई व्यापक रुप दिएर एउटा व्यापारिक थलो,...
माघ १० गते हुन गईरहेकाे पर्यटन महोत्सवकाे ८० प्रतिशत स्टल बुकिङ्ग

माघ १० गते हुन गईरहेकाे पर्यटन महोत्सवकाे ८० प्रतिशत स्टल बुकिङ्ग

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ४ माघ - बाँकेको नेपालगन्जमा हुन गईरहेको ‘चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सव २०७९’को तयारी तीब्र रुपमा अगाडि बढेको छ । हाल सम्म महोत्सवको करिब ८० प्रतिशत स्टल बुकिङ्ग भइसकेको बताइएको छ । महोत्सवमा स्टलहरु धमाधम बुकिङ्ग भइरहेको सचिवालयले जनाएको छ । हाल सम्म करिब ८० प्रतिशत स्टलहरु बुकिङ्ग भईसकेको मुख्य आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेका महासचिव जिआर भुसालले जानकारी दिए । मिडियालाई जानकारी दिदैँ महासचिव भुसालले भने, ‘हाल सम्मको अवस्था हेर्दा हामी संग करिब ८० प्रतिशत स्टलहरु बुकिङ्ग भईसकेका छन । जसमा होटल लाईनको सबै स्टल बुकिङ्ग भईसकेको छ । स्थानिय उद्योगहरुको स्टल बुकिङ्ग हुने क्रम जारी नै छ ।’ स्थानिय उद्योगहरुलाई बढी प्रवद्र्धनका लागि महोत्सवमा धेरै स्टलहरु छुट्याइएको छ । औद्यौगीक र व्यापारिक स्टलहरु केही मात्र ब...
दादुरा–रुबेला खोप अभियानलाई तिब्रता

दादुरा–रुबेला खोप अभियानलाई तिब्रता

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ४ माघ – बाँके जिल्लामा दादुरा–रुबेलाको प्रभाव देखिएसँगै त्यसलाई निर्मूल पार्न प्रभावकारी ढंगले अभियानलाई तिब्रता दिई सञ्चालन गरिएको छ ।हालसम्म ७० हजार ५ सय डोज खोप मध्ये ३३ हजार ३ सय डोज खोप मौज्दात रहेको जानकारी गराउ“दै बुधबार बिहान १० बजेदेखि अन्य खोप केन्द्रमार्फत उक्त खोप लगाईने जनाईएको छ ।अभियानका क्रममा मंगलबारसम्म नेपालगन्जमा २२ हजार बालबालिकाहरुलाई दादुरा खोप लगाई सकिएको छ । दादुरा–रुबेला खोप अभियान सञ्चालन गरेको बाह्रौ बुधबार बिहान १० बजेसम्म ६ महिनादेखि १५ वर्षसम्मका २२ हजार १० जना बालबालिकाहरुलाई दादुरा रुबेला खोप लगाइएको सुचना सार्वजनिक गरिएको छ ।सोमबार मात्रै ४ हजार ४ सय ४० बालबालिकालाई खोप लगाईएको नेपालगन्ज उपमहानगरपालिकाका जनस्वास्थ्यद्वारा जनाईएको छ । जस अनुसार मंगलबार १६ वटा वडाका १६ स्थानमा खोप केन्द्र सञ्चालन गरिएको थियो ।मंगलबारदेखि नेपालगन्ज र खजुरका ४७ खोप ...
प्रदेश स्तरीय महोत्सवको तयारी तीब्र

प्रदेश स्तरीय महोत्सवको तयारी तीब्र

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ४ माघ – नेपालगन्जमा हुन गईरहेको ‘चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सव २०७९’ को तयारी तीब्र रुपमा अगाडी बढेको छ ।नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको आयोजना र सिवालय सेक्युरिटी एण्ड मल्टी प्रपोज कम्पनी प्रा.लि. को सहआयोजनामा यहीँ माघ १० गते देखि २४ गते सम्म नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ स्थित सडक डिभिजन कार्यालय कारकादोको परिसरमा ‘चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सव २०७९’ को सम्पूर्ण तयारी तीब्र रुपमा अगाडि बढेको प्रचारप्रसार समितिले जनाएको छ ।प्रचारप्रसार समिति अनुसार महोत्सवका लागि सम्पुर्ण फिल्डका कार्यहरुलाई तीव्रता दिईएको छ । स्टल निर्माण, वाल उद्यान निर्माण र सजावटको कामलाई तिव्र पारिएको हो । महोत्सव परिसर टिनले बार्ने कार्य भइसकेको छ भने आज देखि मुख्य आकर्षण स्टेज समेत निर्मा...
हिन्दु युवा बाहिनीको डुडुवा प्रमुखमा गंगासागर बर्मा

हिन्दु युवा बाहिनीको डुडुवा प्रमुखमा गंगासागर बर्मा

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३ माघ – सनातनीहरुको हकहित तथा धर्म, संस्कार, संस्कृति, आस्था र परम्पराको संरक्षण तथा सम्बद्र्धन गर्ने उद्देश्यका साथ डुडुवा गाउँपालिका वडा नं. १ होलियाको नयाँबस्ती टोलबासीहरुको उपस्थितिमा ‘हिन्दु युवा बाहिनी’ नेपाल डुडुवा गाउँपालिका, बाँके कार्य समिति गठन गरिएको छ ।बाँके जिल्ला संयोजक मदनराज शर्माको संयोजकत्व तथा गंगा सागर बर्माको अध्यक्षतामा ५४ सदस्यीय डुडुवा गाउँपालिका कार्य समिति गठन गर्नुका साथै डुडुवा गाउँपालिका कार्य समिति अन्तर्गत बराती यादवको अध्यक्षतामा २१ सदस्यीय संगठन विभाग विस्तार गरिएको हिन्दु युवा बाहिनी बाँके संयोजक शर्माले जानकारी गराउनुभयो ।गंगा सागर बर्मा अध्यक्ष रहेको डुडुवा गाउँपालिका कार्य समितिको उपाध्यक्षहरुमा नागेश्वर यादव, राजेन्द्रकुमार शर्मा, मुन्ना धोबी, सचिवमा अयोध्द्धाप्रसाद बर्मा (पुजारी), सहसचिवमा संजय चौधरी (बर्मा) तथा कोषाध्यक्षमा कमईलाल लोनियाल...
दादुरा रोग के हो, कसरी सर्छ ?

दादुरा रोग के हो, कसरी सर्छ ?

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
दादुरा खोप किन ?६ महिना देखि १५ वर्ष मुनिका सबै बालबालिकाहरुलाई दादुरा खोप लगाऔं समयमै खोप लगाई आफ्ना बालबालिकाहरुलाई विभिन्न रोगहरु लाग्नबाट बचाऔं । १. अतिरिक्त दादुरा खोप अभियान किन संचालन गरिएको हो ?मिती २०७९ पौष २२ गते देखि बाँके जिल्ला, नेपालगन्ज उप-महानगरपालिकाका केही वडाका बालबालिकाहरुमा दादुरा रोग देखिएको छ । यो रोग अत्यन्त संक्रामक र अरु बालवालिकाहरुलाई पनि छिटो सर्ने जोखिम भएकाले यस्तो जोखिम न्युनीकरण गर्न यो अभियान सञ्चालन गर्नुपरेको हो ।२. दादुरा रोग के हो ?दादुरा निकै छिटो सर्ने सरुवा रोग हो । यो रोग सामन्यतया ५ वर्ष मुनिका वालवालिकाहरुलाई धेरै लाग्दछ र त्यसले छिट्टै महामारीको रुप पनि लिन सक्दछ । दादुरा रोग लाग्यो भने यसका जटिलताहरु जस्तै निमोनिया, झाडापखाला, जलवियोजन र कुपोषणको कारणले विरामीको मृत्यु समेत हुन सक्छ ।३.दादुरा रोग कसरी सर्दछ ?दादुराको भाइरस मानिसबाट मानिसमा मात्...
चिनियाँ राजदूतले भेटे प्रधानमन्त्री प्रचण्डलाई

चिनियाँ राजदूतले भेटे प्रधानमन्त्री प्रचण्डलाई

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २ माघ - नेपालका लागि चीनका नयाँ राजदूत छन सोङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन्।  सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवासमा राजदूत सोङले प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका हुन्।  भेटमा राजदूत सोङले चिनियाँ राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट प्रधानमन्त्री प्रचण्डलाई बधाई, नयाँ वर्षको शुभकामना सन्देश हस्तान्तरण गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। साथै उनले नेपालको स्थायित्व, विकास र समृद्धिको बाटोमा चीन सधैँ साथमा रहने बताएका थिए। प्रधानमन्त्री प्रचण्डले चिनियाँ सहयोग, सद्भाव र भातृत्वको लागि धन्यवाद व्यक्त गर्दै आफ्नो तर्फबाट चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्रीलाई सफलता र प्रगतिको शुभकामना व्यक्त गरेका थिए।  राजदूत सोङले गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ...
‘चीनले नेपाली भूमि अतिक्रमण गरेको सम्बन्ध मा सरकार मौन बस्न नहुने

‘चीनले नेपाली भूमि अतिक्रमण गरेको सम्बन्ध मा सरकार मौन बस्न नहुने

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, २ माघ - चीनले नेपालको भूमि अतिक्रमण गरेकोप्रति नेपाल सरकार मौन किन भन्दै नागरिक समाजका अगुवाहरुले प्रश्न गरेका छन् । उनीहरुले नेपालका विभिन्न भुभाग अतिक्रमणमा परेकोले यसप्रति सरकार गम्भिर हुनुपर्नेमा जोड दिएका छन् । नागरिक समाज, रुपन्देहीले मंगलबार भैरहवामा आयोजना गरेको चीनद्वारा नेपालको भूमि अतिक्रमण सम्बन्धमा नेपाल सरकार मौन किन ? विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने अगुवाहरुले भूमि अतिक्रमण जुनुसकै मुलुकले गरे पनि त्यो गलत भएको बताएका छन । भारतले सीमा अतिक्रमण गर्दा चर्को आवाज उठाउने तर चीनले भूमि अतिक्रमण गर्दा चुप लागेर बस्ने प्रवृत्ति ठीक नभएको बताएका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पूर्व कृषि राज्यमन्त्री ओमप्रकाश यादव (गुल्जारी)ले राष्ट्रियताको सवालमा सबै एकजुट हुनुपर्ने बताएका छन । उनले भने, ‘भारतले सीमा अतिक्रमण गर्दा बोल्छौ, त्यो ठीक छ तर चीनले अतिक्रमण गर...
चीनीया इंटेलिजेंस सर्विसेजको जासुसि जालो

चीनीया इंटेलिजेंस सर्विसेजको जासुसि जालो

आस्था, प्रदेश ५, बिचार, राजनीति, शिक्षा/स्वास्थ्य
काठमाण्डौ, २ माघ, सोमबारनारद मधेसीबितेको ६ अप्रिल २०२२ मा अमेरिकी साइबर सुरक्षा फर्म रिकार्डेड फ्यूचरले एउटा आश्चर्यजन कुरा खुलासा गरेको थियो । उसको आरोप थियो, चीनीया राज्यसत्ताले आफ्ना प्रायोजित हैकर्सको माध्यमबाट लद्दाखमा भारतको बिजली ग्रिडहरुलाई नै निशाना बनाएको छ । यी बिजली ग्रिडहरुमा माथीको आक्रमण चीनको साइबर जासूसी अभियानको एउटा टेलर मात्र थियो । उक्त जासुसी अभियानको मुख्य उदेश्य भारतको इलेक्ट्रोनिक संजाल माथीको अक्रमणसंगै त्यसभित्र रहेको संकलित डाटालाई हत्याउनु नै मुख्य उदेश्य भएको भारतीय बुझाइ थियो । यसका साथै पुन भविष्यमा युद्धको समय आइपर्यो भने त्यसलाई पुर्णरुपले निश्कृय पार्न सकिन्छ कि ? को तैयारी पनि हो । साइबर जासूसी मुहिम चीनको ठुलो वैश्वीक जासुसीको ठुलो रणनीतिको मुख्य भाग पनि हो । मुख्यत लगभग एक दशक देखि चीन आफ्ना प्रतिद्धन्दी भारत, अमेरिक, जपान बृटेन लगायतका मुलुकहरुम...
भारतसँग सहकार्य गरेको भन्दै भुटानलाई चीनको धम्की

भारतसँग सहकार्य गरेको भन्दै भुटानलाई चीनको धम्की

अपराध, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २ माघ – भूटानलाई भारतसँग गठबन्धन गरेको र सहकार्य गरेको भन्दै चीनले धम्की दिएको छ। भारतसँगको सहकार्यको दण्ड भुटानले व्यहोर्नुपर्ने भन्दै चीनले धम्की दिएको हो। बेइजिङले आफ्नो देशको लागि थिम्पुको विदेश नीति नयाँ दिल्लीको प्रभुत्व र नियन्त्रणबाट प्रभावित भएको ठानिएको रिपोर्ट गरिएको छ। चीन र भुटानबीच राम्रो सम्बन्ध थियो तर सन् १९४९ मा बेइजिङले तिब्बतमाथि आक्रमण गरेपछि सम्बन्ध तनावग्रस्त भयो र चिनियाँ नेता माओ त्सेतुङको भुटानलाई आफ्नो क्षेत्र भएको दाबीले स्थितिलाई झनै खराब बनायो। सन् १९५४ र १९५८ को चीनको नयाँ नक्सा र ३०० वर्ग माइल भुटानी क्षेत्रको अवैध कब्जाले भुटानमा चिनियाँ डिजाइनको आशंकालाई अझ बढाएको छ। त्यस अवधिमा भारतले भुटानमा आफ्नो सैन्य तालिम टोली (आईएमटीआरएटी) तैनाथ गरेर भुटानी सुरक्षा बललाई सन् १९६१ मा तालिम दिएर सहयोग गर्यो र त्यसबेलादेखि नै देशको सुरक्षा गर्दै आएको छ...