
नेपालगन्ज, ३ माघ – सनातनीहरुको हकहित तथा धर्म, संस्कार, संस्कृति, आस्था र परम्पराको संरक्षण तथा सम्बद्र्धन गर्ने उद्देश्यका साथ डुडुवा गाउँपालिका वडा नं. १ होलियाको नयाँबस्ती टोलबासीहरुको उपस्थितिमा ‘हिन्दु युवा बाहिनी’ नेपाल डुडुवा गाउँपालिका, बाँके कार्य समिति गठन गरिएको छ ।
बाँके जिल्ला संयोजक मदनराज शर्माको संयोजकत्व तथा गंगा सागर बर्माको अध्यक्षतामा ५४ सदस्यीय डुडुवा गाउँपालिका कार्य समिति गठन गर्नुका साथै डुडुवा गाउँपालिका कार्य समिति अन्तर्गत बराती यादवको अध्यक्षतामा २१ सदस्यीय संगठन विभाग विस्तार गरिएको हिन्दु युवा बाहिनी बाँके संयोजक शर्माले जानकारी गराउनुभयो ।
गंगा सागर बर्मा अध्यक्ष रहेको डुडुवा गाउँपालिका कार्य समितिको उपाध्यक्षहरुमा नागेश्वर यादव, राजेन्द्रकुमार शर्मा, मुन्ना धोबी, सचिवमा अयोध्द्धाप्रसाद बर्मा (पुजारी), सहसचिवमा संजय चौधरी (बर्मा) तथा कोषाध्यक्षमा कमईलाल लोनियालाई सर्वसम्मात चयन गरिएको थियो ।
यसैगरी सदस्यहरुमा क्रमशः भग्गन बाहुन (महाराज), तिलकराम बर्मा, किशुन यादव, पाटनदीन यादव, सुरेन्द्रकुमार कुर्मी, वकिल बाहुन, बराती यादव, हेमराज बर्मा, बंबन चौहान, सतिराम यादव, अर्जुन सिंह, सुभाष सोनी, तिरथराम बाहुन, बाबादीन गोडिया, राजिन्दर गोडिया, मञ्जु खटिकिनी, सुनिता चौहान, सिता देवी यादव, राम बहोरी बनिया, जोगराज विश्वकर्मा, रामविनोद बर्मा (कुर्मी) रामराज बर्मालगायतलाई सर्वसम्मात चयन गरिएको थियो ।
यसैगरी बराती यादवको नेतृत्वमा हिन्दु युवा बाहिनी नेपाल डुडुवा गाउँपालिका कार्य समिति गठन गरिएको थियो । उपाध्यक्षमा हेमराज बर्मा, सदस्यहरुमा क्रमशः बंबन चौहान, वकिल बाहुन, तिरथराम बाहुन, कमईलाल लोनिया, राजिन्दर गोडिया, किशुन यादव, सुरेन्द्रकुमार कुर्मी, भग्गन बाहुन राजिन्दरकुमार शर्मा, मञ्जु खटिकिनी, सुनिता चौहान, सितादेवी यादव, गिरवरप्रसाद गोडिया, केशव यादव, हरिराम मौर्या, रामविनोद बर्मा, जोगराज विश्वकर्मा, रामबहोरी बनिया तथा बाबादीन गोडियालाई चयन गरिएको थियो ।
