
नेपालगन्ज, २७ माघ – नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ स्थित सडक डिभिजनकाे प्राङ्गण भित्र सञ्चालन रहेकाे मेलामा डान्स प्रतियाेगितामा पैसाकाे चलखेल गरि प्रथम गराएकाे आराेप लगाईएकाे छ ।
नेपालगन्ज महाेत्सवमा सञ्चालन गरिएकाे डान्स प्रतियाेगिताकाे आज अन्तिम दिन विवाद हुँदा गरिएकाे निर्णाय तथा मेला आयाेजकद्वारा नै पैसा खाएर प्रथम गराएकाे आराेप लगाउनुका साथै विजय भएकाबाट सार्वजनिक रूपमा डान्स गरेर त्यसकाे निर्णय आम जनताले गर्न चुनाैति समेत सहभागी एक जनाले दिए
का छन् ।
मेला आयाेजकद्वारा त्यसाे भएकाे हुन सक्ने धेरै तथ्यहरू रहेका छन् । जसमा प्रमुख रूपले विवाद समाधान हुनु अगावै आयाेजकद्वारा निर्णय गरि प्रथम, द्वितृय लगायत घाेषणा गर्नुलाई लिन सकिन्छ ।
सहभागीहरूका अनुसार आयाेजक सही भएकाे अवस्थामा नतिजा स्थागित गरि टिकट बिक्री, निर्णायककाे मत लगायत एक स्थानमा राखी वास्तविक सत्यतथ्य बताउन सक्ने अवस्था भएतापनि आजै डान्सकाे विवादित नतिजा सार्वजनिक गर्नु पैसाकाे चलखेल भएकाे बुझिन्छ भनी डान्समा सहभागी एकजना अभिभावकले बताएका छन् ।
मेला आयाेजक तथा डान्समा सहभागीहरू बीच हानाहान हुँदा समेत नतिजा सार्वजनिक हुनुले पैसा कै चलखेल रहेकाे प्रष्ट बुझ्न सकिन्छ । त्यस लगत्तै पुगेकाे प्रहरीले समेत सञ्चारकर्मीहरूलाई राेक लगाएकाे थियाे । आयाेजक कै पक्षपाेषण गर्नुले प्रहरी समेत मिलेकाे डान्समा सहभागी तथा आराेप लगाउनेहरूकाे तर्क रहेकाे छ ।
