Sunday, April 26सत्यम खबर
Shadow

गुप्ताको नेतृत्वमा हिन्दू परिषद नेपाल गठन

नेपालगन्ज, ११ चैत – हिन्दू परिषद नेपालको बाँके जिल्ला कार्यसमिति गठन गरिएको छ । बाँकेको नेपालगन्जमा आयोजित परिषदको एक समारोह बीच हिन्दू परिषद नेपाल, बाँके गठन गरिएको हो ।

अतुल कुमार गुप्ताको नेतृत्वमा हिन्दू परिषद नेपाल, बाँकेको ११ सदस्य कार्यसमिति गठन गरिएको हो । शनिवार परिषदको केन्द्रिय सदस्य जि. वि. घिमिरेको सभापतित्वमा बसेको बैठकले बाँके जिल्लामा नेतृत्व विस्तार गर्दै आगामी दिनका केही कार्यक्रम समेत तय गरेको छ ।

हिन्दू परिषद नेपाल, बाँकेको उपाध्यक्षमा रामदिन मोदी, कोषाध्यक्षमा प्रिन्स गुप्ता, महासचिव अजय पाठक, सचिवमा संन्ध्या शर्मा (संगीता पाठक), सहसचिवमा अमन गुप्ता रह्नुभएको छ ।

यस्तै, सदस्यमा करन वर्मा, सुरज साहु, सुभाष वर्मा, रवि जयसवाल, उपकार लखेर रह्नु भएका महासचिव पाठकले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *