Thursday, May 7सत्यम खबर
Shadow

सत्यमखबरका सम्पादक ढकाललाई मातृ शोक

नेपालगन्ज, ६ बैशाख – बाँके जिल्लाबाट साप्ताहिक रूपमा निरन्तर प्रकाशित हुँदै आईरहेकाे समाज जागरण साप्ताहिकका कानुनी सल्लाहकार तथा सत्यमखबर डटकम अनलाईनका सम्पादक एवम कानुन ब्यवसायी पूर्णप्रसाद ढकाललाई मातृ शोक परेको छ ।

सम्पादक ढकालकी आमा सितादेवीको ६० वर्षको उमेरमा मंगलबार बिहान सवा ५ बजेतिर निधन भएको जानकारी गराईएकाे छ ।

पारिवारिक स्राेतका अनुसार विगत ११ वर्षदेखि क्यान्सर रोगबाट पीडित उनको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार चलिरहेको थियो । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर-१८ निवासी उनको मंगलबार दिउँसो धार्मिक विधिपूर्वक अन्त्येष्टी गरिएको छ । 
यसैबीच नेपाल प्रेस युनियन बाँकेका साधारण सदस्य समेत रहेका ढकालको आमाको निधन भएकोप्रति युनियन बाँकेले स्तब्ध भएको जनाएको छ ।

जिल्ला सचिव विजय मल्लले एक शोक वक्तब्य जारी गर्दै यस दुःखद घडीमा दिवंगत आत्माको चिर शान्तिको कामनासहित श्रद्धाञ्जली ब्यक्त गरेका छन् । साथै शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोन् भनि समवेदना प्रकट गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *