Thursday, May 7सत्यम खबर
Shadow

नेपालगन्जमा गुल्मेली समाजको क्यालेण्डर विमोचन

नेपालगन्ज, ६ बैशाख – बाँकेको नेपालगन्जमा गुल्मेली समाज सेवा समितिले शुभकामना आदान प्रदान तथा आफ्नो समितिको भित्तो पात्रो नयाँ वर्ष २०८० को क्यालेण्डर आज बुधवार विमोचन गरेको छ ।
समाजका अध्यक्ष हरिलाल न्यौपानेको अध्यक्षता र समाजका संस्थापक संयोजक पूर्णलाल चुकेको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विशिष्ट अतिथि आन्तरिक राजस्व कार्यालय नेपालगन्जका प्रमुख सुदिसकुमार आचार्य, निर्वतमान अध्यक्ष भाष्कर काफ्ले अध्यक्ष हरिलाल न्यौपानेले संयुक्त रुपमा क्यालेण्डरको विमोचन गर्नु भएको हो ।
सो कार्यक्रममा प्रमुख अतिथि संस्थापक संयोजक तथा वरिष्ठ पत्रकार पूर्णलाल चुकेले क्यालेण्डर विमोचन गर्दै क्यालेण्डरमा विक्रम सम्वत् २०८० सालको तिथि मितिको लागि मात्र होइन गुल्मी जिल्लाको पहिचान गराउने जानकारी मूलक सन्देश प्रवाह गर्ने खालको पनि भएको बताउनु भयो । प्रमुख अतिथि चुकेले क्यालेण्डरमा कानूनले निषेध गरेको मदिराजन्य उत्पादनको विज्ञापन नछाप्न सुझाव दिनुभयो ।
विशिष्ट अतिथि आन्तरिक राजस्व कार्यालय नेपालगन्जका प्रमुख सुदिश कुमार आचार्य, निवर्तमान अधयक्ष भाष्कर काफ्ले, रुपन ज्ञवाली लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
समाजका सचिव हिमनाथ पौडेलद्वारा सञ्चालित कार्यक्रममा उपाध्यक्ष भिमलाल कँडेल स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।
सो कार्यक्रममा समाजका कोषाध्यक्ष प्रदिपकुमार सापकोटा, सल्लाहकार गोबिन्दप्रसाद घिमिरे, नारायण ज्ञवाली, पिताम्बर मरासेनी, सदस्य कुन्जर मणि पोख्रेल, महेश ज्ञवाली, दुर्गाप्रसाद काफ्ले, झवीलाल शर्मा, आरती भण्डारी, निलम ज्ञवाली, बलबहादुर कमला गौतम, मीना ज्ञवाली, हुमबहादुर बस्नेत, विष्णुप्रसाद गौतम लगायत आजीवन सदस्य तथा कार्यसमितिका पदाधिकारी समेत तीन दर्जन बढीको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *