
नेपालगन्ज, १९ जेठ – अखिल नेपाल महिला संघ लुम्बिनी प्रदेश कमिटिको प्रथम प्रदेश स्तरीय सम्मेलन जेठ २७ गते कपिलवस्तु जिल्लामा हुने अनेमसंघ केन्द्रिय सदस्य एवं बाँके इन्चार्ज अछरी पोखरेलले जानकारी गराइन ।
अनेमसंघ प्रदेश कमिटिको बुटवलमा सम्पन्न पुर्ण बैठकले प्रथम प्रदेश सम्मेलन सम्पन्न गर्नको निम्ति विभिन्न उपसमिति समेत चयन गरीसकेको अनेमसंघ केन्द्रिय सचिव विना ज्ञवालीले जानकारी गराइन । जसमा प्रतिनिधि व्यवस्थापन उपसमिति संयोजक शारदा शर्मा सदस्यद्धय गिता पाण्डे तुल्सा के.सी., प्रतिवेदन लेखन उपसमिति संयोजक विना ज्ञवाली, सदस्यहरुमा मैना भण्डारी, लक्ष्मी कोइराला र विजुला रायमाझी, प्रचार प्रसार उपसमिति संयोजक अछरी पोखरेल सदस्यहरु, आशा स्वर्णकार, रचना पन्त, दुर्गादेवि राना, पार्वता आर्चाय, कल्पना थापा, माया भुसाल, कृष्णी गौतम मन्च, व्यवस्थापन संयोजक शान्तिदेवि चमार सदस्यहरु शारदा शर्मा, शान्ता पाण्डे, आर्थिक व्यवस्थापन संयोजक जानकी न्यौपाने सदस्यहरुमा ज्ञानु केसी, सरिता पौडेल, ललिता गौतम, पम्फादेवि खनाल, अथिति सत्कारमा संयोजक रीमा नेपाली सदस्यहरुमा शारदा शर्मा, मधुकला कुवर, विष्णु आचार्य रहेका छन् ।
यसैगरी खाद्यान्न तथा आवास : संयोजक थानकुमारी थापा, सदस्यहरुमा रिता कृमारी चौधरी, राधा ढकाल लक्ष्मि पन्त, लक्ष्मी थापा, मन्च व्यवस्थापनःसंयोजक शान्तिदेवि चमार, सदस्यहरुमा शारदा शर्मा र शान्ता पाण्डे रहेका छन् ।
यसैगरी प्रतिनिधि व्यवस्थापन सम्बन्धमा : आयोजक कमिटि सबै, जिल्ला कमिटिका अध्यक्षहरु,हरेक जिल्लाबाट १जना युवा अनिवार्य, उपमहानगरपालिकाबाट ४ जना, नगरपालिकाबाट २जना, गाउँपालिकाबाट १।१ जना प्रनिनिधि सहभागी हुने छन् । अनेमसंघ प्रदेश कमिटिको बुटवलमा बसेको पुर्ण बैठकले जेठ २७ गते प्रदेशस्तरीय सम्मेलनको मिति तय गरेको हो । बैठकमा रीपोटिड., सम्मेलनको तयारी, व्यवस्थापन, आर्थिक, सदस्यता संख्या, जस्ता विषयमा छलफल गरीएको थियो ।
अनेमसंघ केन्द्रिय सदस्य एवं प्रदेशकमिटि कार्यवहाक संयोजक लक्ष्मी कोइरालाको अध्यक्षता र पार्टी केन्द्रिय सदस्य एवं अनेमसंघ केन्द्रका का.वा. अध्यक्ष मेनका पोखरेलको प्रमुख आथित्यमा बैठक बसेको वैठकमा पाटी केन्द्रिय सदस्य गोमा आर्चाय, पार्टी प्रदेश कमिटि अध्यक्ष राधाकृष्ण कडेल, अनुसासन आयोगका सदस्य सरस्वति गौतम, अनेमसंघ केन्द्रिय सचिव विना, स्थाइकमिटि सदस्य जानकी न्यौपाने, विजुला रायमाझी, रिमा नेपाली, थमकुमारी ज्ञवाली थापा तथा अनेमसंघ केन्द्रिय सदस्यहरु, प्रदेश कमिटिका सदस्यहरु लगायतको बाक्लो उपस्थिति रहेको थियो ।
पार्टी केन्द्रिय सदस्य तथा अनेमसंघ केन्द्रका का. वा. अध्यक्ष मेनका पोखरेलले जेठ २७गते हुने प्रदेश स्तरीय सम्मेलनमा सबैको सक्रिय सहभागीताका साथै अनेमसंघले समाजमा रहेका विकृति र विसंगतिका विषयमा आवाज उठाउनु पर्नेमा निर्देशन गर्नु भयो । उहाँले प्रदेश भरी छरिएर रहेका महिलाहरुलाई जिल्ला, क्षेत्र र वडावडासम्म पुगेर समेट्दै अभिलेखिकरणलाई चुस्तदुरुस्त राख्नुपर्नेमा जोड दिनु भयो । यसैगरी नेकपा एमाले पार्टी प्रदेश अध्यक्ष राधाकृष्ण कडेलले सम्मेलन लुम्बिनीमा राख्न सुझाव दिदै सम्मेलनको व्यवस्थापनको निम्ति माननिय सांसदहरुसंग पनि सहयोग लिन सकिने बताउनु भयो । अनेमसंघ केन्द्रिय सचिव विना ज्ञवालीले अनेमसंघमा भएका महिलाहरु अनुशासीत हुन पर्ने भन्दै उपसिमितिमा रहेका महिलाहरुले आ आफ्नो ठाउँबाट आफुले पाएको जिम्मेवारीलाई इमान्दारीताका साथ निभाउन पनि निर्देशन गर्नु भयो ।
