Saturday, July 11सत्यम खबर
Shadow

आस्था

त्रिपाठीको नेतृत्वमा मधेश मिडिया मिसन नेपाल बाँके शाखा

त्रिपाठीको नेतृत्वमा मधेश मिडिया मिसन नेपाल बाँके शाखा

अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १ फागुन – मधेश मिडिया मिसन नेपाल बाँके शाखाको जिल्ला अधिवेशनको बन्द सत्रबाट पुनः चन्द्रेश्वरराज त्रिपाठीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ ।मंगलबार श्री सत्यराम तपसी बाबा मन्दिर प्रा·णमा सम्पन्न जिल्ला अधिवेशनबाट उपाध्यक्षमा मनोज कौशल, सचिवमा सन्ध्या शर्मा, कोषाध्यक्षमा चन्दा सिंहलाई चयन गरिएको छ । यसैगरी सदस्यहरुमा क्रमशः शुभम् शर्मा, धर्मप्रकाश जयसवाल, प्रदीप गुप्ता, आकाश गुप्ता, उमेश मिश्रलाई चयन गरिएको अध्यक्ष त्रिपाठीले जानकारी गराउनुभयो ।मधेश मिडिया मिसन बाँके शाखा अन्तर्गत रहेको नागरिक अधिकार मञ्चको नेतृत्व समिर अलीलाई दिने निर्णय गरिएको तथा मञ्चमा निष्कृय रहेका पदाधिकारीहरुलाई हटाई नयाँ सक्रिय पदाधिकारीलाई चयन गर्न होली मिलन कार्यक्रम लगत्तै छलफल चलाउने समेत अध्यक्ष त्रिपाठीले बताउनुभयो ।...
तपसी बाबा मन्दिरमा मधेश मिडिया मिसनको जिल्ला अधिवेशन भब्य रुपले सम्पन्न

तपसी बाबा मन्दिरमा मधेश मिडिया मिसनको जिल्ला अधिवेशन भब्य रुपले सम्पन्न

अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १ फागुन – मधेश मिडिया मिसन नेपाल बाँके शाखाको जिल्ला अधिवेशन तथा वनभोज कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।पर्यटनलाई बढावा दिने उद्देश्यका साथ मधेश मिडिया मिसन नेपाल बाँके शाखाद्वारा आयोजना गरिएको जिल्ला अधिवेशन डुडुवा गाउँपालिका वडा नं. ५ कम्दी स्थित धार्मिक स्थल श्री सत्यराम तपसी बाबा मन्दिर प्रा·णमा भब्य रुपले सम्पन्न गरिएको हो ।अवधी क्षेत्र, अवधी भाषा, अवधी सांस्कार लगायत आफ्नै कारणले पछाडी परेको भनाई राख्दै उद्घाटन सत्रका विशिष्ट अतिथि तथा संस्थाका सल्लाहकार नन्दलाल वैश्यले अब हामी अवधी क्षेत्रलाई बढावा दिन आफ्नो आसपास भए रहेका धार्मिक स्थल, अवधी भाषा, अवधी सांस्कारलाई विभिन्न सञ्चारमाध्यम मार्फत जनमानस माझ प्रस्तुत गर्नु पर्ने बताउनुभयो । यस तपसी बाबा मन्दिरमा कार्यक्रमको आयोजना गरी मधेश मिडिया मिसनले सराहनीय कार्य गरेको हुँदा अन्य गैर सरकारी, सामाजिक संघ संस्थाहरुले ...
४ महिलासहित ३२ जनाले गरे रक्तदान

४ महिलासहित ३२ जनाले गरे रक्तदान

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
खजुरा, २९ माघ – खजुरा गाउँपालिका वार्ड नं.–४ मा रहेको सहायताका लागी सहयोगी हातहरुद्वारा “रक्तदान जीवनदान, जीवनदान महादान” मुख्य उद्देश्यका साथ आयोजित रक्तदान कार्यक्रममा ४ महिला सहित ३२ जनाले रक्तदान गरेका छन् । सुशील कोइराला प्रखर क्यानसर अस्पताल खजुरा, खजुरा प्रखर परोपकार मिसन नेपाल, आर्दश युवा सञ्जाल खजुराको संयुक्त सहकार्यमा आयोजित रक्तदान कार्यक्रममा धु्रव क्षेत्री, उत्सव सिजाली, अशोककुमार घर्तीमगर, यामबहादुर बिष्ट, मनिक केसी, केशवबहादुर केसी, लालजंग भण्डारी, बिष्णु बिक, युवराज अधिकारी, सुभम् श्रेष्ठ, रामेश्वर गौतम, अभूषण जंग शाह, आशीष खडका, निखिल गुप्ता, अमित गुरुङ्ग, बिष्णु बुढाथोकी, कमल पुन, भरत बुढा, रोहित सिंह ठकुरी, नरेन्द्र शाही, रेशम सिंह ठकुरी, धु्रव बिसी, अरुनु गुरुङ्ग, श्रृष्टि चन्द ठकुरी, श्याम, बिशाल सुनार, प्रशन्न गिरी, दीपक खडका क्षेत्री, सृर्जना रानामगर, कुन्तुक...
मधेश मिडिया मिसनको जिल्ला अधिवेशन भोलि हुने

मधेश मिडिया मिसनको जिल्ला अधिवेशन भोलि हुने

अवधी, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २९ माघ – मधेश मिडिया मिसन नेपाल बाँके शाखाको जिल्ला अधिवेशन तथा वनभोज कार्यक्रम भोलि मंगलबारका दिन हुने भएको छ ।मिसन नेपालका अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठीले दिएको जानकारी अनुसार पर्यटनलाई बढावा दिने उद्देश्यका साथै डुडुवा गाउँपालिका वडा नं. ५ स्थिति रहेको श्री सत्यराम तप्सी बाबा मन्दिर प्रा·णमा जिल्ला अधिवेशन तथा वनभोज कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।जिल्ला अधिवेशन उद्घाटन सत्रको प्रमुख अतिथि डुडुवा गाउँपालिका प्रमुख नरेन्द्र कुमार चौधरी रहने जानकारी गराउँदै पर्यटनलाई कसरी बढावा दिन सकिन्छ, त्यसतर्फ सहभागी सञ्चारकर्मीहरुले आ–आफ्नो स्तरबाट कलम चलाउने विश्वास रहेको बताउनुभयो ।...
जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डः विभिन्न विधाका खेलहरु सम्पन्न, कोहलपुरले ह्याट्रीक गर्ने पक्कापक्की

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डः विभिन्न विधाका खेलहरु सम्पन्न, कोहलपुरले ह्याट्रीक गर्ने पक्कापक्की

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज २८ माघ – नेपालगन्जको रंगशालामा शनिबारबाट जारी ‘१५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता’ अन्र्तगत दोस्रो दिन आईतबार विभिन्न विधाका खेलहरु सम्पन्न भएकाछन् ।बाँके जिल्ला खेलकुद विकास समितिको आयोजनामा नेपालगन्ज रंगशालामा उक्त प्रतियोगिता सुरु भएको हो ।प्रतियोगिता अन्र्तगत आईतबार सम्पन्न छात्र पुरुषतर्फको कबड्डीमा जानकीलाई हराउँदै नेपालगन्ज उपमहानगरपालिका विजयी हुन सफल भएको छ । भने कबड्डी छात्रातर्फ खजुरा गाउँपालिकासँगत पराजित हुँदै नेपालगन्ज उपमहानगरपालिका दोस्रो भएकोछ ।छात्र तर्फको कबड्डीमा जानकी गाउँपालिका दोस्रो स्थान प्राप्त गर्न सफल हुँदा कोहलपुर र बैजनाथ गाउँपालिकाले तेस्रो स्थान प्राप्त गर्न सफल भए । यस्तै छात्रा कबड्डीतर्फ खजुरा गाउँपालिका दोस्रो हुँदा कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाले तेस्रो स्थान प्राप्त गरे ।४०० मिटर छात्रतर्फको दौडमा कोहल...
जिभिएन स्कुललाई दुई वर्ष कारबाही, बाँकेले कैलालीसँग मैत्रीपुर्ण फुटबल खेल्ने

जिभिएन स्कुललाई दुई वर्ष कारबाही, बाँकेले कैलालीसँग मैत्रीपुर्ण फुटबल खेल्ने

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २८ माघ – बाँके जिल्ला फुटबल संघले मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिताको दौरान अनुशासन उल्घन गरेको भन्दैं जिभिएन स्कुललाई दुई वर्षको लागि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । संघको शनिबार बसेको बैठकले प्रतियोगिताको दौरान जिभिएन टिमका अफिसियल, प्रशिक्षक र खेलाडीले खेल भावना विपरितको क्रियाकलाप गरेको भन्दैं दुई वर्ष र १० हजार जरिवाना समेत गर्ने निर्णय गरेको हो । कारबाहीमा परेको जिभिएनले दुई वर्षसम्म संघले आयोजना गर्ने प्रतियोगितामासहभागिता जनाउन पाउनेछैन ।खेल रेफ्री, म्याच कमिसनर र प्रतियोगिता संयोजक तथा संघका उपाध्यक्ष निर्मल चन्दको प्रतिवेदनका आधारमा संघले कारबाही गरेको हो । बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीको अध्यक्षमा बसेको बैठकले अन्य महत्वपुर्ण निर्णय समेत गरेको छ । संघले बाँके जिल्ला स्तरको मेयर कप च्याम्पियन टिम नेपालगन्ज सेन्ट जेभियर्स छात्र टिम र...
मासिक उर्दु गजल गोष्ठी सम्पन्न

मासिक उर्दु गजल गोष्ठी सम्पन्न

अवधी, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २८ माघ – गुल्जार–ए–अदबको नियमित मासिक गजल गोष्ठी उर्दू शनिवार सम्पन्न भएको छ ।गुल्जार–ए–अदबद्वारा प्रत्येक महिनाको अन्तिम शनिवार उर्दू साहित्यकारद्वारा मासिक गजल गोष्ठी गर्दै आईरहेको छ सोही आनुसार महेन्द्र पुस्तकालको सभाहलमा साहित्यकारहरुले गजल वाचन थिए । गजल गोष्ठीमा “अन्जाम–ए–जफा क्या है यह वकत बताएगा” मिश्ररामा उर्दू साहित्यकारहरुले गजल वाचन गरेका थिए । वरिष्ठ उर्दू शायर तथा गुल्जार–ए–अदब बाँकेका अध्यक्ष हाजी अब्दुल लतीफ शौकको अध्यक्षतामा सर्वर नेपाली, सचिव मोहम्मद मुस्तफा अहसन कुरैशी, हाजी अब्दुल लतीफ शौक लगायतले गजल वाचन गरेका थिए । सो कार्यक्रममा बव्बु फारुकीको पनि सहभागिता रहेको थियो ।...
डुडुवामा सरसफाई अभियान

डुडुवामा सरसफाई अभियान

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
डुडुवा, २८ माघ – बाँकेको डुडुवा गाउँपालिकाले सरसफाई अभियान संचालन गरेको छ । गाउँपालिकाले प्रत्येक शुक्रबारका दिन सबै कार्यालयको सरसफाई गर्ने अभियान सुरु गरेको हो ।पालिका माताहतका वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालय लगायतका सबै कार्यालयहरुहरुमा सरसफाई गर्न सुरु गरिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । उहाँका अनुसार हप्ताको एकदिन कार्यालयको सरसफाई गरिने छ । कार्यालयलाई सफा, स्वच्छ र हराभरा बाताबरण बनाउने उद्देश्यले सरसफाई अभियान सञ्चालन गरिएको हो । अध्यक्ष चौधरीले भन्नुभयो,– ‘जुन सुकै काम आफैबाट सुरुआत गर्नुपर्दछ, त्यसैले हामी आफ्नै कार्यालयबाट सरसफाई सुरु गरेका छौ ।’ यो अभियानलाई पालिकाका सम्पुर्ण नागरिकहरु समक्ष सन्देश प्रवाह हुनेछ, र उनीहरुले पनि आ–आफ्नो घर वरिपरि गाउँटोलको सरसफाई गर्ने उहाँको विश्वास छ ।सरसफाई भनेको घर, समुदाय, गाउँटोलसंगै कार्यालयको सफा र स्...
१५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

१५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

आस्था, खेल, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज २८ माघ – नेपालगन्जमा शनिबारबाट ‘१५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता–२०८०’ सञ्चालनमा आएको छ । बाँके जिल्ला खेलकुद विकास समितिको आयोजनामा नेपालगन्ज रंगशालामा उक्त प्रतियोगिता सुरु भएको हो ।प्रतियोगिताको कार्यक्रमका प्रमुख अतिथी एवम् लुम्बिनी प्रदेश सांसद माया पुनले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राष्ट्रलाई चिनाउने गौरवको क्षेत्र खेलकुद नै राज्यको आँखाबाट ओझेलमा परेको बताउनुभयो ।जीवनभर खेलेपनि खेलाडीलाई जीवन यापन गर्न समस्या हुने गरेको बताउँदै उहाँले खेलकुदका भौतिक संरचनालाई संरक्षण गर्नुपर्ने अवस्था रहेको औल्याउनुभयो । उहाँले जिल्लाका खेलकुदलाई अगाडी बढाउन आफूले आवश्यक पहल गर्ने प्रतिवद्धता समेत ब्यक्त गर्नुभयो ।प्रतियोगितामा जिल्लाका ७ वटा स्थानीय तहबाट छनोट भएर आएका खेलाडीले सहभागिता जनाएको जिल्ला खेलकुद विकास समिति बाँकेका अ...
रेडक्रसको ४२औं जिल्ला सभा सम्पन्न

रेडक्रसको ४२औं जिल्ला सभा सम्पन्न

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, २६ माघ - नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको ४२औं जिल्ला बार्षिक साधारण सभा नेरेसो सोनारी उपशाखाको अतिथ्यतामा ने.रा.मा.वि. गुलरीमा शुक्रवार सम्पन्न भएको छ ।सभाको उद्घाटन गर्दै नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष एवं प्रमुख अतिथि प्रा.सुदर्शन प्रसाद नेपालले देशभरीका रेडक्रस स्वयंसेवकहरु हरक्षण मानवीय सेवा प्रदान गर्दै आएको बताउँदै रेडक्रसको बिधान संशोधन हुने क्रममा रहेको र प्रदेश स्तरीय सुझाव संकलन कार्यशाला भै रहेको कुरा स्पष्ट पार्नु भयो ।नेपाल रेडक्रस सोसाइटीका महामन्त्री भूपति लाल श्रेष्ठले विगतमा रेडक्रसको बैधानिकतामा आएका कठिनाई हाल समाधन भएको कुरा उल्लेख गर्नु भयो ।नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले सुपर कार्यक्रमद्वारा नेपालगन्जमा भैरहेको सहयोगको खुलेर प्रंशसा गर्नु भयो ।राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले यो पालिका विपद्को उच्च ...