Sunday, July 12सत्यम खबर
Shadow

आस्था

प्रधानमन्त्री मोदीको थाइल्याण्डको बौद्ध समुदायदायद्वारा प्रशंसा

प्रधानमन्त्री मोदीको थाइल्याण्डको बौद्ध समुदायदायद्वारा प्रशंसा

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १० चैत – थाई-भारतीय समुदायले प्रधानमन्त्री नरेन्द्र मोदीलाई भगवान बुद्धका पवित्र अवशेषहरू थाइल्याण्ड पठाउने जस्ता कामहरुबाट दुई देशहरू बीचको गहिरो धार्मिक र सांस्कृतिक सम्बन्धलाई सुदृढ गर्न महत्वपूर्ण योगदान गरेको भन्दै प्रशंसा गरेका छन्। भारतीय अल्पसंख्यक फाउन्डेसन (आईएमएफ) द्वारा बैंककस्थित भारतीय दूतावासमा आयोजित 'रोल अफ द थाइ-इन्डियन कम्युनिटी फर बिल्डिङ ए रिसिलियन्ट इन्डो-प्यासिफिक फ्यूचर' भन्ने विषयको अन्तर्क्रियामा प्रधानमन्त्री मोदीको प्रशंसा गरिएको हो। स्वतन्त्र, खुला र समावेशी इन्डो-प्यासिफिक राष्ट्रहरूलाई बलियो र प्रगतिशील नेतृत्व प्रदान गरेको भन्दै उनीहरुले इन्डो-प्यासिफिक क्षेत्रमा प्रभुत्वमुक्त शान्ति र स्थिरताका लागि प्रधानमन्त्री मोदीको अडानको पनि प्रशंसा गरेका हुन्। उक्त कार्यक्रममा राज्यसभा सदस्य तथा आईएमएफका संयोजक सतनाम सिंह सन्धु, आईएमएफका सह-सं...
भारत र श्रीलंकाले स्वच्छ ऊर्जामा सहकार्यलाई अझ गहिरो बनाउने

भारत र श्रीलंकाले स्वच्छ ऊर्जामा सहकार्यलाई अझ गहिरो बनाउने

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १० चैत – नवीकरणीय ऊर्जामा संयुक्त कार्य समूह (जेडब्लूजी) को ११ मार्च, २०२४ मा कोलम्बोमा भएको पहिलो बैठकले जेडब्लूजी नवीकरणीय ऊर्जामा सहकार्य गर्न समझदारीपत्रमा भारत र श्रीलंकाले हस्ताक्षर गरेका छन्। उक्त बैठकमा भारतको नयाँ तथा नवीकरणीय ऊर्जा मन्त्रालय, केन्द्रीय विद्युत प्राधिकरण र कोलम्बोस्थित उच्चायोगका प्रतिनिधिहरू सहभागी थिए। उनीहरूसँग भारतीय उद्योग परिसंघ (सीआईआई) को १७ सदस्यीय प्रतिनिधिमण्डलले प्रमुख भारतीय नवीकरणीय ऊर्जा कम्पनीहरूको प्रतिनिधित्व गरेको थियो। श्रीलंकाको प्रतिनिधिमण्डलमा उनीहरुको उर्जा मन्त्रालय, सिलोन विद्युत बोर्ड र विदेश मन्त्रालयका सदस्यहरु रहेका थिए। यो बैठकले स्वच्छ ऊर्जामा भारतले नवीकरणीय ऊर्जा, लगानीका लागि सरकारी प्रोत्साहन र हरित हाइड्रोजन मिसनमा आफ्ना उपलब्धिहरू प्रस्तुत गरेको थियो। श्रीलंकाले प्रस्तावहरूको मूल्यांकन गर्न र अधिकारीहरू...
विश्‍वमञ्‍चमा चीनको घट्दो विश्वसनीयता, बढ्दै भारतसँगको सहकार्य

विश्‍वमञ्‍चमा चीनको घट्दो विश्वसनीयता, बढ्दै भारतसँगको सहकार्य

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १० चैत – हालका वर्षहरूमा विशेष गरी व्यापार साझेदारी र पूर्वाधार परियोजनाहरूको सन्दर्भमा विश्वव्यापी गतिशीलतामा उल्लेखनीय परिवर्तन देखिएको छ। यस संक्रमणको बीचमा एउटा महत्त्वपूर्ण विषय उजागर भएको छ: व्यापार साझेदारको रूपमा चीनको घट्दो विश्वसनीयता हो। विश्‍वका विभिन्‍न विकासशील मुलुकले चीनसँगको आफ्नो संलग्नतामा पुनर्विचार गर्न थालेका छन् र स्थायित्व र विश्वासयोग्यताको प्रतिज्ञा गर्ने विकल्पहरू रोज्न थालेका छन्। यी विकल्पहरू मध्ये, भारत एक आशाजनक दावेदारको रूपमा उभिएको छ, जसले दिगो साझेदारीलाई बढावा दिन आफ्नो विश्वसनीयता र प्रतिबद्धता देखाउँछ। चीनको विश्वसनीयताप्रति बढ्दो आशंकाहरू, रद्द गरिएका सम्झौताहरू र वार्ताहरूबाट प्रमाणित गर्दछ कि चीनले विश्‍वमञ्‍चमा आफ्नो समग्र विश्‍वसनीयता गुमाउँदै गइरहेको छ। विशेष गरी श्रीलंकाले चिनियाँ समकक्षहरू भन्दा भारतीय कम्पनीहरूलाई समर्थन गर्ने...
जलविद्युत र मल कारखानामा लगानी गर्न रुस इच्छुक

जलविद्युत र मल कारखानामा लगानी गर्न रुस इच्छुक

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १० चैत – अर्थमन्त्री वर्षमान पुन अनन्तले ठूला जलविद्युत आयोजना र रासायनिक मल कारखानामा लगानी गर्न रुसलाई आग्रह गरेका छन।बुधबार आफूलाई भेटेर बधाई दिन सिंहदरबारस्थित मन्त्रालय आएका नेपालका लागि रुसी राजदूत अलेक्सेई ए।नोभिकोभलाई पुनले नेपालको जलविद्युत र मल उत्पादनमा लगानी ल्याउन आग्रह गरेका हुन् । ‘हामीले विद्युतका लागि अन्तर्राष्ट्रिय बजारको सुनिश्चितता गरिसकेका छौं । नेपालको जलविद्युत क्षेत्र अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि उपयुक्त क्षेत्र हो’, मन्त्री पुनले भने, ‘सरकारले स्वदेशमै रासायनिक मल कारखाना खोल्ने नीति लिएको छ । रुस मलको कच्चा पदार्थ उत्पादन गर्ने विश्वकै ठूलो देश हो । मल कारखाना खोल्न इच्छुक हुनुहुन्छ भने पनि वातावरण मनाउन हामी तयार छौं ।’ जवाफमा राजदूत नोभिकोभले मन्त्री पुनको प्रस्ताव सकारात्मक रहेको भन्दै रुसी लगानीकर्तासँग कुरा गर्ने बताए । भू–राजनीतिक कार...
भारतको १३ अर्ब ७८ करोड सहयोगमा पुनर्निर्माण भयो जेष्ठ वर्ण महाविहार, नवनिर्मित भवनको उद्घाटन

भारतको १३ अर्ब ७८ करोड सहयोगमा पुनर्निर्माण भयो जेष्ठ वर्ण महाविहार, नवनिर्मित भवनको उद्घाटन

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १० चैत – भारत सरकारको झन्डै १४ अर्ब सहयोगमा ललितपुरस्थित जेष्ठ वर्ण महाविहारको नयाँ भवन निर्माण गरिएको छ। नेपालको साँस्कृतिक सम्पदा क्षेत्रका लागि भारत सरकारले उपलब्ध गराएको भूकम्पपछिको पुनर्निर्माण अनुदान सहयोग अन्तर्गत निर्माण गरिएको महाविहारको नयाँ भवनको शनिबार सहरी विकासमन्त्री धनबहादुर बुढा र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संयुक्त रुपमा उद्घाटन गरेका छन्। मन्त्री बुढाले भूकम्पपछिको पुनर्निर्माणमा गरेको सहयोग र नेपालको आर्थिक विकासमा चालेको प्रयासका लागि भारत सरकारको प्रशंसा गरे। राजदूत श्रीवास्तवले भारत र नेपालबीचको विकास सहकार्यका विभिन्न पक्षबारे चर्चा गर्दै यो सहकार्य दुई देशबीचको द्विपक्षीय साझेदारीको महत्वपूर्ण पक्षको रुपमा रहेको उल्लेख गरे। नेपालको साँस्कृतिक सम्पदा क्षेत्रको पुनर्निर्माणका लागि भारत सरकारले उपलब्ध गराएको भूकम्पपछिको पुनर्नि...
उपप्रधानमन्त्री श्रेष्ठ चीन भ्रमणमा जाँदै

उपप्रधानमन्त्री श्रेष्ठ चीन भ्रमणमा जाँदै

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १० चैत – उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको औपचारिक भ्रमणमा जाने भएका छन् । उनले यही चैत ११ देखि १९ गतेसम्म चीनको भ्रमण गर्ने मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ विदेशमन्त्री वाङसँग चैत १३ गते द्विपक्षीय भेटवार्ता गर्ने छन् । साथै, भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले बेइजिङ र अन्य प्रान्तहरूमा जनवादी गणतन्त्र चीनका उच्च स्तरका विशिष्ट व्यक्तिहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । उपप्रधानमन्त्री श्रेष्ठ भ्रमण सम्पन्न गरी चैत १९ गते स्वदेश फर्किने कार्यक्रम रहेको मन्त्रालयले जानकारी दिएको छ । नेपाल पाना...
बाँकेमा एन्फा कम्युनिटी कोचिङ कोर्ष सम्पन्न

बाँकेमा एन्फा कम्युनिटी कोचिङ कोर्ष सम्पन्न

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १० चैत – बाँके जिल्ला फुटबल संघको आयोजनामा भएको एन्फा कम्युनिटी कोचिङ कोर्ष सम्पन्न भएको छ ।चैत ६ देखि ९ गते सम्म संचालन हुने एन्फा कम्युनिटी कोचिङ कोर्षमा बाँके, बर्दिया, सुर्खेत, दाङ, कैलाल, डोटी, कालिकोट, काठमाडौं लगायतका जिल्लाबाट ४३ जनाको सहभागिता रहेको थियो । कोर्षमा सहभागि भएकाहरुलाई शुक्रबार प्रमाण पत्र प्रदान गरिएको थियो । एन्फा कम्युनिटी कोचिङ कोर्षमा सहभागि भएकाहरुलाई नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् एन्फा केन्द्रिय सदस्य भोजराज शाही, एन्फाका पुर्व उपाध्यक्ष गोवर्धन सिंह सम्झन, राप्रपा नेपालका सहायक महामन्त्री तेजबिक्रम शाह, एन्फा कार्यवहाक प्राविधिक निर्देशक एवम् नेपाली राष्ट्रिय फुटबल टिमका पुर्व कप्तान हरी खड्का, एन्फा हेड अफ कोच एजुकेशन संजित सिंह, लगायतले प्रमाण पत्र प्रदान गर्नु भएको थियो ।चार दिन...
नेपालगन्ज महोत्सवमा दर्शकको उत्साहपूर्ण सहभागिता

नेपालगन्ज महोत्सवमा दर्शकको उत्साहपूर्ण सहभागिता

आस्था, कला/साहित्य, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज ९ चैत्र - नेपालगन्जको वाटरपार्कमा जारी सातौँ प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, व्यापार एवम् पर्यटन महोत्सवमा दर्शकको उत्साहपूर्ण सहभागिता बढेकोछ । चौथो दिन शुक्रबार भएका कारण महोत्सवममा दर्शकको अन्यदिन भन्दा उत्साहपूर्ण सहभागिता भएको हो । यसअघि बिहीबार ज्योती मगरको बेजोड प्रस्तुतीले महोत्सव स्थल तातिएको थियो । दिनहुँ स्थानीय तथा राष्ट्रिय चर्चित कलाकारको प्रस्तुतीमा रम्न दर्शकको संख्या बढ्दै गएको हो ।आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला कार्यसमिति (महिला उद्यमी समिति) बाँकेकी अध्यक्ष मधुकुमारी खड्काले भोलीदेखि लगातार विदा पर्न गएकोले दर्शकको उपस्थिती झनै बढेर जाने बताउनु भयो । ‘मेहनत सृजना उत्पादन र बस्तुः मेरै नेपालको’ भन्ने मूल नाराका साथ सञ्चालित महोत्सवमा शुक्रबार टंक तिमिल्सिना, एमटी महर, सृजना खत्री र करिश्मा ढकालको प्रस्तुतीमा दर्शकहरु झुमे । धम्ब...
सञ्चार माध्यमको निगरानी गराउने निर्णयबाट पछि हट्यो गृह मन्त्रालय

सञ्चार माध्यमको निगरानी गराउने निर्णयबाट पछि हट्यो गृह मन्त्रालय

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, सूचना-प्रबिधि
नेपालगन्ज, ८ चैत – प्रमुख जिल्ला अधिकारीलाई सञ्चार माध्यमको निगरानी गराउने निर्णयबाट गृह मन्त्रालय पछि हटेको छ। सञ्चार माध्यमको कन्टेन्ट अनुगमन गर्न प्रमुख जिल्ला अधिकारीलाई दिएको निर्देशन विवादमा परेपछि गृह मन्त्रालय पछि हटेको हो। ‘मिति २०८० चैत ६ गते मन्त्रालयबाट यस सम्बन्धी परिपत्र नभएको र सञ्चार माध्यममा प्रकाशित सरोकारलाई समेत मध्यनजर गरी मस्यौदामा उल्लेख भएका उक्त बुँदाहरू हटाई अन्य विषयहरू मात्र समावेश गरी मिति २०८० चैत्र ८ गते परिपत्र गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ,’ गृहले जारी गरेको विज्ञप्तिमा भनिएको छ।...
डुडुवाका दुई स्वास्थ्य संस्था ‘किशोर–किशोरी मैत्री’ घोषणा

डुडुवाका दुई स्वास्थ्य संस्था ‘किशोर–किशोरी मैत्री’ घोषणा

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
डुडुवा, ८ चैत – बाँकेको डुडुवा गाउँपालिका अन्र्तगत दुई वटा स्वास्थ्य संस्था किशोर–किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा भएका छन । लुम्बिनी प्रदेश मै पहिलो किशोर–किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा भएको हो ।नेपाल सरकारले निर्माण गरेको ‘किशोर किशोरी मैत्री स्वास्थ्य सेवा सञ्चालन निर्देशिका २०७९’ अनुसार डुडुवाको बेतहनी स्वास्थ्य चौकी र कम्दी स्वास्थ्य चौकीले मुल्याकंनको मापदण्ड अनुरुप घोषणा गरिएको डुडुवाका स्वास्थ्य शाखा प्रमुख हेमन्त शर्माले बताउनुभयो । उहाँका अनुसार नेपाल सरकारको निर्देशिका अनुसार ८ वटा मुख्य सूचक र ४५ वटा उपसुचकलाई मुल्याकनका आधारमा दुबै संस्थाले ल्याएको अंकलाई विशलेषण गरि घोषणा गरिएको हो । युएसएआइडी किशोरकिशोरी प्रजनन स्वास्थ्य परियोजना अन्तर्गत भेरी बाताबरणीय विशिष्टता समुह बी ग्रुप र केयर नेपालको सहयोगमा किशोर–किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा गरिएको हो ।स्वास...