Monday, July 13सत्यम खबर
Shadow

आस्था

रेडक्रस उपशाखालाई सोफा, टिटेबुल हस्तान्तरण

रेडक्रस उपशाखालाई सोफा, टिटेबुल हस्तान्तरण

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ६ असार – नेपालगन्ज उपमहानगरपालिका वडा नं. २१ को वडा कार्यालयले मानवीय सहकार्यमा सदैव अग्रणी भूमिका निर्वाह गर्दै आईरहेको नेपाल रेडक्रस सोसाईटी बाँकेको पुरैनी उपशाखालाई सोफा, टि–टेबुल हस्तान्तरण गरेको छ ।नेपालगन्ज उपमहानगरपालिका वडा नं. २१ का वडाअध्यक्ष राजकुमार साहूले दिएको जानकारी अनुसार नेपाल रेडक्रस सोसाइटी पुरैनी उपशाखालाई आज १ थान सोफा र १ थान टि टेबुल करीब ५० हजार मूल्य बराबर सामग्री हस्तान्तरण गरेको बताए । नेपालगन्ज उपमहानगरपालिका वडा नं. २१ को वडा कार्यालय सचिव र अध्यक्षको रोहवरमा उपशाखा सभापति शिवकुमार बर्माले उक्त सामान बुझाएको बताए ।वडा नं. २१ द्वारा प्रदान गरिएको सामान अफिस प्रयोजनको लागि भएको जानकारी गराउँदै सभापति बर्माले उक्त सामान नभएको अवस्थामा कार्यालयमा पहुनाहरुलाई उठबस गर्न समस्या भएको हुँदा आफूहरुले मांग गरे अनुसार आज २१ नं. वडा कार्यालयले सहयोग गरेको...
डुडुवा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

डुडुवा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
डुडुवा, ५ असार – बाँकेको डुडुवा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले बुधबार एक कार्यक्रमका विच डुडुवालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नुभयो ।जिल्ला खोप समन्वय समितिका संयोजक समेत रहनु भएका चौधरीले पुर्ण खोप घोषणा गर्दै पालिकाका सबै बालबालिकालाई खोपको पहुँचमा ल्याउन स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहेको भन्दै उहाँले सबै सरोकारवालाको सहयोगमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणाको कार्यले पुर्णता पाएको बताउनुभयो । डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले डुडुवाले पशु स्वास्थ्य उपचारमा अधिराज्य कै नमूना पालिकाको रुपमा काम गरिरहेको दाबी गर्दै स्वास्थ्य क्षेत्र पनि मुख्य प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो । स्वास्थ्य लगायतका सेवालाई प्रभावकारी बनाउन सिसि क्यामराम...
न्यु डाँफे स्पोर्टस क्लबको जित

न्यु डाँफे स्पोर्टस क्लबको जित

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
कोहलपुर, ५ असार – न्यु डाँफे स्पोर्टस क्लबले बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबलमा जित हासिल गरेको छ ।मंगलबार कोहलपुर स्थित १३ विगाहा फुटबल मैदानमा भएको खेलमा न्यु डाँफेले रोयल नेपालगन्ज फुटबल क्लबलाई १–० ले हरायो । न्यु डाँफेका लागि अभय थापाले २८ औं मिनेटमा गरेको गोल निर्णायक बनेको थियो । खेलमा थापा प्लेयर अफ द म्याचबाट पुरस्कृत भए । यसैगरी ओशोनिक क्लब र जय किसान स्पोर्टस क्लबबिचको खेल गोल रहित बराबरीमा सकिएको छ । खेलमा जय किसानका मिलन बाठा मगर प्लेयर अफ द म्याचबाट पुरस्कृत भए । बाँके जिल्ला फुटबल संघको आयोजनामा भैरहेको प्रतियोगिता असारको १३ गते सम्म चल्ने छ । लिगकम नकआउटको आधारमा भैरहेको प्रतियोगितामा सहभागि क्लबलाई दुई समुहमा विभाजन गरिएको छ । प्रतियोगिताको समुह ‘ए’ मा कोहलपुर रेसिङ सहारा क्लब, धम्बोझी क्लब, नवदुर्गा युवा क्लब, कारकादो युवा स्पोर्टस् क्लब, मिलन युवा स्पोर्टस क्लब र...
मेनपावरको आडमा गुण्डागर्दी, न्याय माग्न पुगेका पीडितलाई महेश बस्नेतको टोलीले गरे रामधुलाई

मेनपावरको आडमा गुण्डागर्दी, न्याय माग्न पुगेका पीडितलाई महेश बस्नेतको टोलीले गरे रामधुलाई

अपराध, आर्थिक, आस्था, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, ५ असार – नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसियसनका महासचिव हुँ भन्दै अलाइन्स ह्युमन रिसोर्सका सञ्चालक महेश कुमार बस्नेतले वैदेशिक रोजगारका नाममा ठगिएका पीडितहरुलाई बन्द कोठामा थुनेर कुटपिट गरेको पाइएको छ ।सोमबार काठमाडौं, भीमसेनगोलास्थिन बिजयचोकमा रहेको एचआर वल्र्ड सर्भिसेजको कार्यालयमा मेनपावर व्यवसायीको आडमा गुण्डागर्दी चलाइरहेका बस्नेतको नेतृत्वमा पुगेका झण्डै २ सय जना मेनपावर व्यवसायी भनिने गुण्डागर्दीमा संलग्न व्यक्तिहरु बोलाएर एचआर वल्र्ड सर्भिसेज बाट ठगिएका पीडितहरुलाई कुटपिट गरेको पाइएको हो । काठमाडौंस्थित मेनपावर व्यवसायीहरुको व्हाटसएप ग्रुपमार्फत् बस्नेतले तुरुन्त मेन पावरमा पुग्नका लागि उर्दी जारी गरेका थिए । सँगै उनी सबैभन्दा पहिले मेनपावर पुगेका थिए । मेनपावर पुगेलगत्तै उनले ‘तँहरु यहाँ किन आएको’ भन्दै कठालो समातेर पीडितहरुलाई...
पुष्पा- २ को नयाँ रिलिज मिति सार्बजनिक

पुष्पा- २ को नयाँ रिलिज मिति सार्बजनिक

आर्थिक, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, ४ असार – बलिवुडको बहुप्रतिक्षित चलचित्र ‘पुष्पा २’ को रिलिज मिति सार्वजनिक भएको छ । फिल्म ६ डिसेम्बर २०२४ मा थिएटरहरूमा रिलिज हुने भएको हो ।फिल्मको निर्माण पक्षले यस अघि अगस्ट १५ को प्रदर्शन मितिलाई परिवर्तन गर्दै डिसेम्बर ६ मा रिलिज हुने जानकारी दिएका हुन् । निर्माण पक्षले फिल्मको गुणस्तरमा सम्झौता गर्न नचाहेकाले रिलिज मिति परिवर्तन गर्नुपरेको बताएको छ । फिल्मको गीत र टिजरले नै अहिले दर्शकमात कौतुहलता देखाएको छ । भर्खरै रिलिज भएको फिल्मको ‘पुष्पा पुष्प’ र ‘अंगारौं’ गरि दुई गीत युट्युबमा हिट भएका छन् । रिलिज मिति परिवर्तनले पनि फिल्मलाई ठूलो नोक्सान पुर्‍याएको रिपोर्टमा बताइएको छ । एक रिपोर्टका अनुसार अगस्त १५ मा सार्बजनिक बिदामा रिलिज गरेको भए फिल्मले ओपनिङ डेमा हिन्दी बेल्टमा मात्र करिब ९५ करोड कमाउन सक्ने थियो । तर अब फिल्मले हिन्दी बेल्टमा मात्रै ६५ करोड रुपै...
बालबालिका खोजतलास कार्य अझै तीव्र बनाउन मन्त्री चौधरीको निर्देशन

बालबालिका खोजतलास कार्य अझै तीव्र बनाउन मन्त्री चौधरीको निर्देशन

आस्था, प्रदेश २, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
जनकपुर, ४ असार – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बालबालिकाको खोजतलास कार्यलाई अझ तीव्र बनाउन निर्देशन दिनुभएको छ ।राष्ट्रिय बालअधिकार परिषद्ले बालबालिका खोजतलास (१०४) का सम्बन्धमा मधेश प्रदेशका सुरक्षा निकायका प्रतिनिधिहरूका निम्ति आयोजना गरेको गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो निर्देशन दिनुभएको होइन । ‘मुख्य विषय हराएका बालबालिकाको खोजी गर्नु नै हो । थुप्रै बालबालिका अहिले पनि हराइरहेका छन् । ती बालबालिकाको अवस्था के छ ?’, मन्त्री चौधरीले भन्नुभयो, ‘त्यसैले ती बालबालिका कहाँ कुन अवस्थामा छन् ? तीनको पनि खोजी गर्नुस् । बालबालिकाको खोजतलासको कार्य अझै बढाउनुस् । बालबालिकाको खोजी नै हाम्रो पहिलो प्राथमिकता हो ।’ अहिलेको आँकडा अनुसार सबैभन्दा मधेश प्रदेशमै बालबालिकाहरू हराउने गरेको भन्दै उहाँले ६ हजार बालबालिका हराएकामध्ये ५ हजार २ सय जना मात्रै फेला पर...
कोहलपुर रेसिङ सहाराको सहज जित

कोहलपुर रेसिङ सहाराको सहज जित

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
कोहलपुर, ४ असार – कोहलपुर रेसिङ सहारा क्लबले बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा जित हासिल गरेको छ । सोमबार भएको खेलमा कोहलपुर रेसिङ सहाराले कारकादो युवा स्पोर्टस क्लबलाई ४–१ ले पराजित गरेको छ ।बाँकेको कोहलपुर स्थित १३ विगाहा फुटबल मैदानमा भएको खेलमा कोहलपुर रेसिङको जितमा आयुश घर्तीमगर, हेमन्त घर्तीमगर, ईश्वर श्रेष्ठ, महेश विकले १–१ गोल गर्नु भयो । आयुशले ७ मिनेट, हेमन्तले १२ मिनेट, ईश्वरले १६ मिनेट र महेशले ६० औं मिनेटमा गोल गर्नु भएको थियो । कारकाँदोका लागि सुदिप केसीले ५२ औं मिनेटमा गोल गर्नु भएको थियो । खेलमा कोहलपुर रेसिङका कप्तान सुनिल थापा प्लेयर अफ द म्याचबाट पुरस्कृत हुनु भयो । थापालाई स्वेता सेनिटरी सुपर लेसका प्रोपाइटर उपेन्द्र बुढाथोकी, शिवशंक्ति नमुना आधारभुत विद्यालयका प्रअ बद्रीनाथ सापकोटाले पुरस्कार प्रदान गर्नु भएको थियो । यसैगरी सोमबार भएको अर्को खेलमा ...
मानसिक तथा योग ध्यान बारे दुई दिने कार्यक्रम सम्पन्न

मानसिक तथा योग ध्यान बारे दुई दिने कार्यक्रम सम्पन्न

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
कपिलवस्तु, ४ असार – कपिलवस्तु आयुर्वेद स्वस्थ केन्द्रको आयोजना तथा नागरिक आरोग्य सेवा केन्द्र कृष्णनगरको समन्वयमा कृष्णनगर् नगर पालिका अन्तर्गत राम जानकी मन्दिरमा दुई दिवसीय मानसिक स्वस्थ सेवा तथा योग ध्यान कार्यक्रम सम्पन्न भएको छ ।वार्ड नं २ को वडाध्यक्ष कृष्णकुमार गुप्ताको अध्यक्षतामा तथा विभिन्न वार्डका जनप्रतिनिधि, नागरिक अभियन्ता तथा समाजसेवी, बुद्धिजीवी र शिक्षकलगायतको उपस्थितिमा योगाभ्यास क्रियाकलाप सहित मनोरोग नियन्त्रणका लागी जीवनशैली परिवर्तन लगायतका प्रशिक्षण लुम्बिनी आयुर्वेदका चिकित्सक डा. प्रवेश श्रीवास्तव, कपिल वस्तु आयुर्वेदका प्रमुख डा. नलिननाथ तिवारी, डा. आशीष चौधरी, बरिष्ठ कबीराज हरीलाल उपाध्याय नागरिक आरोग्य सेवा केन्द्रका कबीराज डा. नागेश्वर मिश्र लगायतले मनोरोग लगायत दीर्घ कालीन नसर्ने रोगको अवस्था नियन्त्रणको उपाय स्वस्थ जीवनशैली दिनचर्या तथा योग ध्यान सत्कर्म सन्तो...
इजरायलका प्रधानमन्त्री नेतन्याहुद्वारा युद्ध क्याबिनेट विघटन

इजरायलका प्रधानमन्त्री नेतन्याहुद्वारा युद्ध क्याबिनेट विघटन

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ३ असार – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ६ सदस्यीय युद्ध क्याबिनेट विघटन गरेका छन् । बेन्नी गान्ट्ज र गाडी इसेनकोटले एक साताअघि युद्ध क्याबिनेटबाट आफूलाई अलग गरेपछि प्रधानमन्त्री नेतान्याहूले युद्ध क्याबिनेटको विघटन गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । यी दुई युद्ध क्याबिनेटबाट अलग भएको करिब एक हप्तापछि नेतान्याहुले युद्ध मन्त्रिपरिषद् विघटन गरेका छन् । इजरायली मिडिया रिपोर्टका अनुसार गाजामा हमाससँग जारी युद्ध जस्ता संवेदनशील मुद्दाहरू अब एउटा सानो प्लेटफर्ममा छलफल गरिनेछ । मन्त्रिपरिषद्मा अति दक्षिणपन्थी सहयोगीहरूको माग बमोजिम युद्ध मन्त्रिपरिषद्को विघटन गरेको बताइएको छ । युद्ध क्याबिनेटमा नेतान्याहूको आलोचना बढेपछि उनको समस्यालाई निरन्तर बढाइरहेको थियो । यसैबीच इजरायली सेनाले यो निर्णयले आफ्नो कार्यमा असर नपर्ने बताएको छ । बेनी गान्ट्ज...

चीनको आरोप : जी-७ को वक्तव्य अहंकार, पूर्वाग्रह र झूट

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ३ असार – आर्थिक शक्तिराष्ट्रहरूको समूह (जी–७)का नेताहरूले रूसमा हतियार नपठाउन चीनलाई चेतावनी दिएपछि बेइजिङले सोमबार यस सम्बन्धमा प्रतिक्रिया जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले सोमबार जवाफमा उक्त वक्तव्यले ‘चीनमाथि निन्दा र आक्रमण’ गरेको बताएका छन् । नियमित पत्रकार भेटघाटमा उनले भने, ‘यसमा कुनै तथ्यगत, कानुनी आधार छैन, साथै यसको नैतिक औचित्य छैन र भनाइ अहंकार, पूर्वाग्रह र झूटले भरिएको छ ।’ गत साता इटालीमा भएको जी–७ का नेताहरूको बैठकमा बेइजिङसँगको तिक्ततापूर्ण व्यापारिक सम्बन्धका साथै युक्रेन र दक्षिण चीन सागरको तनावलाई लिएर छलफल भएको थियो । शिखर सम्मेलनको अन्त्यमा जारी विज्ञप्तिमा भनिएको छ, ‘चीनले युक्रेनमा रूसी युद्धलाई सहयोग पुर्‍याइरहेको र चीनले रूसलाई दोहोरो प्रयोग गर्ने युद्ध सामग्रीहरू पठाइरहेको छ ।’ गत वर्षको शिखर सम्मेलनको तुलनाम...