Tuesday, July 14सत्यम खबर
Shadow

आस्था

सन्दीपविरुद्ध मुद्धा अगाडी नबढाउन गौशाला- २६ को निवेदन

सन्दीपविरुद्ध मुद्धा अगाडी नबढाउन गौशाला- २६ को निवेदन

आस्था, खेल, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, ११ श्रावण – गौशाला-२६ ले सन्दीप लामिछानेविरुद्ध मुद्धा अगाडी नबढाउन निवेदन दिएकी छन् । गौशाला-२६ ले सरकारी वकिलको कार्यालयमा आफैले निवेदन लेखेर सन्दीपविरुद्ध मुद्धा अगाडी नबढाउन निवेदन दिएकी हुन् । गौशाला-२६ ले आफुलाई मानसिक रुपमा अप्ठ्यारो परेको भन्दै अब यस मुद्धामा लागिरहन नसक्ने निष्कर्षमा पुगेको निवेदनमा उल्लेख गरेकी छन् । उनले आफुलाई अहिले पनि धम्की आइरहेको र सामाजिक सञ्जालमा अनावश्यक टिप्पणी भइरहेकोले त्यसले आफुलाई मानसिक रुपमा असर गरिरहेको निवेदनमा उल्लेख गरेको सरकारी वकिलको कार्यालय स्रोतले बताएको छ । सन्दीपविरुद्धको मुद्धामा उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौँको आदेशलाई उल्टाउदै निर्दोष रहेको फैसला दिएको थियो । उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासले सन्दीपलाई सफाई दिएको थियो । यसअघि जिल्ला अदालत काठम...
चीनमा बढ्दो क्रुर घटनाले पर्दाफास गर्छ सामाजिक स्थायित्वमा भएको दरार

चीनमा बढ्दो क्रुर घटनाले पर्दाफास गर्छ सामाजिक स्थायित्वमा भएको दरार

अपराध, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ११ श्रावण – हालैका महिनामा चीनभरि चक्कु आक्रमण बढेको छ। जसले कम्युनिष्ट पार्टीको सामाजिक सद्भाव र सार्वजनिक सुरक्षाको सावधानीपूर्वक निर्माण गरेको छविलाई चकनाचुर पारेको छ। चीनले विश्वको सबैभन्दा कम हिंसात्मक अपराध दरमध्ये एक हो भन्ने सरकारको दाबीको बाबजुद पनि क्रुर घटनाहरूको शृङ्खलाले चिनियाँ समाज र शासनभित्रका गहिरो समस्यालाई उजागर गरेको छ। सांघाई नजिकै जापानी बालबालिकाले भरिएको स्कुल बसमा भएको आक्रमण हिंस्रक विष्फोटको एक श्रृंखलामा भर्खरै मात्र हो जसलाई चिनियाँ अधिकारी असक्षम मात्र भएनन् प्रभावकारी रूपमा सम्बोधन गर्न सकेनन्। यो घटनाले त्रासदी मात्र नभई चीन र यसका छिमेकीबीचको बढ्दो तनावलाई पनि उजागर गर्‍यो, जुन राज्यद्वारा अनुमोदित जापान विरोधी बयानबाजीले उत्तेजित भयो। चीनमा रहेका जापानी नागरिकहरूलाई अब उनीहरूको वाणिज्य दूतावासबाट चेतावनी चाहिन्छ भन्ने तथ्यले विदेशी नागरिकका ...
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण: महानिर्देशक बिरुद्द खनिए पोखराबासी

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण: महानिर्देशक बिरुद्द खनिए पोखराबासी

अपराध, आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
पोखरा, १० साउन – राष्ट्रिय एकता अभियानका उपाध्यक्ष टिका कुमारी छिरिंगले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र पठाएका छन्। उक्त पत्रमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण संचालनमा ढिलाई र निर्माणमा भएका भ्रष्टाचारका सम्बन्धमा गम्भीर चिन्ता व्यक्त गरिएको छ। टिका कुमारी छिरीङको नेतृत्वमा भएको प्रतिनिधिमण्डलको बैठकमा ध्रुवराज चालिसे, विष्णु प्रसाद तिवारी, चित्र कुमारी गुरुङ, इन्द्र गुरुङ, नारायण गिरी, र रामेश्वर अधिकारी उपस्थित थिए। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको डेढ वर्ष बितिसक्दा पनि पूर्ण रुपमा सञ्चालनमा नआउँदा पोखराबासी निकै आक्रोशित भएका छन्। विमानस्थलको निर्माणका क्रममा उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले ठेकेदार कम्पनीहरूसँग मिलेर कमिशनको लागि प्रविधिक त्रुटिहरूलाई बेवास्ता गरेको आरोप पत्रमा लगाइएको छ। संसदीय छानव...
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण: महानिर्देशक विरुद्ध पोखराबासी आक्रोशित

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण: महानिर्देशक विरुद्ध पोखराबासी आक्रोशित

अपराध, आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
पोखरा, १० साउन – पोखरा अन्तर्राष्ट्रिय विमान स्थलको पूर्ण सञ्चालनमा भएको ढिलाइ र निर्माणमा भएको भ्रष्टाचारको आरोपमा पोखराबासी आक्रोशित भएका छन्। राष्ट्रिय एकता अभियानका उपाध्यक्ष टिका कुमारी छिरिंगले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र पठाएका छन्, जसमा विमानस्थलको निर्माणमा भएको भ्रष्टाचार र प्रविधिक त्रुटिहरूलाई लिएर गम्भीर चिन्ता व्यक्त गरिएको छ। ज्ञापन पत्रमा विमानस्थल उद्घाटन भएको डेढ वर्ष बितिसक्दा पनि पूर्ण रुपमा सञ्चालनमा नआउँदा पोखराबासीमा निराशा र आक्रोश बढेको उल्लेख छ। उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि ठेकेदार कम्पनीहरूसँग मिलेर कमिशनको लागि प्रविधिक त्रुटिहरूलाई बेवास्ता गरेको आरोप लगाइएको छ। संसदीय छानवीन उपसमितिले सार्वजनिक सुनुवाइका क्रममा प्रदीप अधिकारी कार्यक्रममा उठेर भागेको घटनाले पोखराबासीलाई अपमानित गरेको र उ...
बीआरआई परियोजना कार्यान्वयनको मोडलबारे छलफल जारी छ : परराष्ट्रमन्त्री डा राणा

बीआरआई परियोजना कार्यान्वयनको मोडलबारे छलफल जारी छ : परराष्ट्रमन्त्री डा राणा

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, ९ श्रावण – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले चिनियाँ परियोजना बीआरआईको सञ्चालन एवं कार्यान्वयनका बारेमा छलफल जारी नै रहेको र यसबारेमा निर्णय भइनसकेको बताएकी छन् । संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको आजको बैठकमा सांसदहरुले राखेका जिज्ञासामा उनले सो स्पष्ट पारेकी हुन् । सांसदहरुले नेपाल सरकारले चिनियाँ परियोजना बीआरआई ऋण या अनुदान कुन मोडलमा के कसरी सञ्चालन गर्न चाहेको हो भन्ने बारेमा परराष्ट्रमन्त्री डा. राणासँग सो प्रश्न गरेका हुन् । परराष्ट्रमन्त्री डा राणाले नेपालले परराष्ट्र नीति निर्माण तथा कार्यान्वयन गर्दा नेपालको राष्ट्रियता, नेपालको हित र नेपाली नागरिकलाई केन्द्रमा राखेर बनाइने स्पष्ट गर्दै नेपालमा निर्माण हुने वैदेशिक सहायताका परियोजनाहरूमा पनि यो पक्षलाई राम्रोसँग ध्यान दिइने धारणा राखिन । सांसदहरूको जिज्ञासामा मन्त्री डा राणाले नेपाल...
प्रधानमन्त्री ओली भन्छन्- संविधान संशोधन हुन्छ तर धर्मनिरपेक्षता तलमाथि हुँदैन

प्रधानमन्त्री ओली भन्छन्- संविधान संशोधन हुन्छ तर धर्मनिरपेक्षता तलमाथि हुँदैन

आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, ९ श्रावण – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनका क्रममा धर्म निरपेक्षता तलमाथि नहुने बताएका छन् । बुधबार डा. अजय क्रान्ति शाक्यद्वारा लिखित ‘बुद्धका मौलिक दर्शन’ पुस्तकको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यो देश सबै धर्मावलम्बीको साझा थलो रहिरहने बताए । ‘यो देश, यो देशको राज्य सिङ्गै नेपाली जनताको हो । कुन धर्म मान्छ, कुन धर्म मान्दैन, बेग्लै कुरा हो । सबै धर्मावलम्बीहरूको साझा देश हो । तसर्थ यो देश यस धर्मको हुन्छ, त्यस धर्मको हुँदैन भन्ने कुरा होइन,’ ‌ओलीले भने । ओलीले नेपाली भूमिका जन्मिएका सिद्धार्थ गौतमको ध्यानबाट सिर्जित बुद्धदर्शन वैज्ञानिकतामा आधारित भएको बताए । ‘नेपाल विश्वमा मानवतावादको चेतना फैलाउने र बौद्ध दर्शन दिने बुद्ध जन्मेको देश हो । सबै मानव र प्राणी जातिको भलो र करुणाको दर्शन दिने देश हो । बुद्धका शिक्षालाई प्राप्त गरेर विस्तार गर्...
अस्पताल चलाउने भन्दै झुक्याएर चर्च स्थापना, संसदमा उठ्यो कारबाहीको माग

अस्पताल चलाउने भन्दै झुक्याएर चर्च स्थापना, संसदमा उठ्यो कारबाहीको माग

आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, ९ श्रावण – कैलालीकोे धनगढीमा अस्पताल चलाउने भनी झुक्याएर चर्च सञ्चालन गरिएको पाइएको छ । लेट मेइन धनगढी प्रालि नामक संस्था खोलेर अस्पताल, व्यवसाय सञ्चालन गर्ने भन्दै नक्सा पास तथा व्यवसाय दर्ता गरेर चर्च सञ्चालन गरिएको हो। प्रभाकर भण्डारीको साढे चार कट्ठा जग्गा वार्षिक ३ लाख भाडा दिने गरी लिजमा लिएर निर्माण गरी अस्पताल चलाउने भन्दै भवन बनाइएको थियो। तर, अहिले कोरियन मिसनरीको सहयोगमा नेपाल लाइफ वर्ड मिसनले चर्च चलाएको हो। मनेहराका वडाअध्यक्ष मोति रानाले स्थानीयले चर्च बन्न लागेको गुनासो गरेपछि संस्था सञ्चालकसँग बुझ्दा व्यवसाय चलाउन भवन बनाउन लागेको जवाफ मिलेको बताए। यसरी झुक्याएर चर्च चलाइएपछि कारबाहीको माग गर्दै संसदमा आवाज उठेको छ। राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले झुटो विवरण पेस गरेर भवन र गाडी खरिद समेत गरिए पनि पछि त्यहाँ चर्च बनाइएको र स्थानीयहरू विरोधमा उत्...
भारतले बढायो नेपाललाई दिने अनुदान, नेपालले ७ सय करोड भारु अनुदान पाउने

भारतले बढायो नेपाललाई दिने अनुदान, नेपालले ७ सय करोड भारु अनुदान पाउने

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, ९ श्रावण – भारत सरकारले नेपाललाई दिँदै आएको अनुदान बढाएको छ। आर्थिक वर्ष २०२४र०२५ का लागि ७ सय करोड भारतीय रुपैयाँ अनुदान दिने घोषणा भारतले गरेको हो। मंगलबार भारतीय अर्थमन्त्री निर्मला सीतारमणले संसद्‍मा प्रस्तुत गरेको वार्षिक बजेटमा नेपाललाई गत वर्षभन्दा ५० करोड भारतीय रुपैयाँ बढी अनुदान दिने उल्लेख छ। चालु आवमा भारतले नेपाललाई भारतले ६ सय ५० करोड भार उपलब्ध गराउने संशोधित अनुमान छ। भारतले भुटानलाई भारतले २ हजार ६८ करोड, मालदिभ्सलाई ४ सय करोड, म्यानमारलाई २ सय ५० करोड, श्रीलंकालाई २ सय ४५ करोड, अफगानिस्तानलाई २ सय करोड, बंगलादेशलाई १ सय २० करोड, अफ्रिकी मुलुकहरूलाई २ सय करोड र मंगलोलियालाई ५ करोड भारतीय रुपैयाँ अनुदान उपलब्ध गराउने उल्लेख छ। नेपाल पाना...
उड्ने बित्तिकै दाहिनेतिर मोडिने क्रममा विमान दुर्घटना, १८ जनाको मृत्यु भएको पुष्टि

उड्ने बित्तिकै दाहिनेतिर मोडिने क्रममा विमान दुर्घटना, १८ जनाको मृत्यु भएको पुष्टि

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, ९ श्रावण – नेपाल नागरिक उड्डयन प्राधिकरणले सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जना मृत्यु भएको पुष्टि गरेको छ । बु्धबार बिहान जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु र एक जना घाइते भएको प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले विज्ञप्तिमार्फत जानकारी दिएको हो । प्राधिकरणका अनुसार अनुसार बिहान ११:११ बजेमा पोखरा उडानको क्रममा उड्ने बितिकै दाहिनेतिर मोडिने क्रममा रनवेको पूर्वतिर दुर्घटनाग्रस्त भएको उल्लेख गरेको छ । विमानमा पाइलट मनिष रत्न शाक्य र को-पाइलट एस कटवाल रहेका थिए । पाइलट मनिषको हाल केएमसी अस्पतालमा उपचार भइरहेको छ । त्यसैगरी जहाजमा अमितमान महर्जन, सागर आचार्य, दिलिप बर्मा, मनुराज शर्मा, अस्बिन निरौला, सुदिपलाल जोशी, सर्वेश मरासैनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिज्जा खतिवडा ,अधिराज शर्मा, उद्वव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महतो, पून्यरत...
लुम्बिनीमा ९ सदस्यीय मन्त्रिपरिषद् गठन

लुम्बिनीमा ९ सदस्यीय मन्त्रिपरिषद् गठन

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
बुटवल, ९ श्रावण – लुम्बिनीमा ९ सदस्यीय मन्त्रिपरिषद गठन भएको छ । नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुले आज प्रदेश प्रमुखको कार्यालय बुटवलमा शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यले एमालेका र कांग्रेसका चार/चार जना मन्त्रीहरुलाई नियुक्त गरी मन्त्रिपरिषद गठन गरेका हुन् । मन्त्रीहरुको जिम्मेवारी तोकिएको छैन । साना दलहरुलाई पनि समेट्ने प्रयास भइरहेकाले केही दिनपछि मात्र जिम्मेवारी तोकिने स्रोतले बतायो । नेकपा एमालेबाट भूमिश्वर ढकाल, दिनेश पन्थी, खेमबहादुर सारु मगर र सीता शर्मा चौधरीले मन्त्रीको शपथ ग्रहण गरेका छन् । यसैगरी नेपाली कांग्रेसबाट गुल्मीका धनेन्द्र कार्की, प्यूठानका सरोज थापा (रोज राणा), दाङका प्रचण्डविक्रम न्यौपाने र बाँकेका बादशाह कुर्मीले मन्त्री पदको शपथ ग्रहण गरेका छन् । एमाले दलका उपनेता समेत रहेका आचार्यले शपथ लिएकै दिन दलका नेता लीला गिरीले भने पदबाट ...